default_image

3 years ago

April 4, 2022

दीपेन्द्र एक हजार रन बनाउने पहिलो नेपाली खेलाडी

268 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टि२० आई क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीविरुद्ध सुरुवाती २१ रन बनाउँदै उक्त सफलता हात पार्ने पहिलो नेपाली खेलाडी बनेका हुन् । दीपेन्द्रले ३९ खेलमा १ शतक र ४ अर्धशतकसहित १ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका हुन् ।

दीपेन्द्रपछि पूर्व कप्तान पारस खड्काले ३३ खेलमा १ शतक र ४ अर्धशतक सहित कुल ७ सय ९९ रन बनाएका छन् । ज्ञानेन्द्र मल्लले ४० खेलमा १ शतक र १ अर्धशतकसहित कुल ७ सय ४८ रन बनाएका छन् । हालसम्म ओडिआईमा पनि कुनैपनि नेपाली खेलाडीले १ हजार रनको पूरा गर्न सकेका छैनन् ।

ओडिआईमा नेपालबाट युवा ब्याटर रोहित पौडेलले १७ खेलमा १ शतक र ४ अर्धशतक सहित कुल ६ सय २३ रनका साथ शीर्षस्थानमा छन् ।
दीपेन्द्रले शनिबार मलेसियाविरुद्ध आफ्नो टि२० आई करिअरको पहिलो शतक प्रहार गरेका थिए । नेपालबाट टि२० आईमा सर्वाधिक रन बनाउने खेलाडी बन्नेक्रममा उनले १ सय १० रनको इनिङ खेलेका थिए ।

समग्रमा उनी पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलपछि टि२० आईमा शतक पूर गर्ने चौथो नेपाली खेलाडी हुन् । दीपेन्द्रले टि२० आईमा २०१८ मा नेदरल्यान्ड्सविरुद्ध लर्ड्समा डेब्यू गरेका थिए । दीपेन्द्र २०१७ देखि नेपाली टोलीबाट मध्यक्रममा पहिलो रोजाईको ब्याटरको रुपमा खेल्दै आएका छन् ।

पछिल्लो समय टोलीको प्रमुख अलराउन्डर हुन् । दीपेन्द्रले स्पिनरमा पार्टटाइम बलरको भूमिका निर्वाह गर्दा नेपालले आफ्नो प्लेइङ ११ मा एक मात्र प्रमुख स्पिनर खेलाउँदै आएको छ । दीपेन्द्रले २०१८ मा नै नेदरल्यान्ड्सविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए । ओडिआईमा दीपेन्द्रले १६ खेलमा १ शतकसहित कुल २ सय ९१ रन बनाएका छन् ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.