3 years ago
April 3, 2022
एजेन्सी – मध्यक्रमका ब्याटर लियाम लिभिङस्टोनको आक्रामक अर्धशतकको सहयोगमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा चेन्नई सुपर किंग्सलाई १ सय ८१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८० रन बनायो । पन्जाबका लियाम लिभिङस्टोनले ३२ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६० रनको योगदान दिए । शिखर धवन २४ बलमा ४ चौका र १ छक्कासहित ३३ रनमा आउट भए ।
ओपनर मयंक अग्रवाल ४ र भानुका राजपक्षे ९ रनमा आउट हुँदा पन्जाब १.२ ओभरमा १४–२ को अवस्थामा थियो । त्यसपछि धवन र लिभिङस्टोनले आक्रामक ब्याटिङ गर्दै विशाल योगफलको आधार तय गरेका थिए । तर तल्लोक्रमका ब्याटर चल्न नसक्दा उक्त योगफलमा पुग्न सकेन ।
तेस्रो विकेटका लागि धवन र लिभिङस्टोनले ९५ रनको साझेदारी गरेका थिए । १० ओभरमै पन्जाबले १ सय ९ रन बनाएको थियो । ड्वेन ब्राभोको बलमा धवन १० औं ओभरको अन्तिम बलमा कप्तान रविन्द्र जडेजाबाट एक्स्ट्रा कभरमा क्याच भएपछि चेन्नई खेलमा फर्किएको थियो । पन्जाबले अन्तिम ६० बलमा ५ विकेट गुमाउँदै ७१ रन मात्र बनाएको थियो ।
थप ६ रन जोड्दा लिभिङस्टोन जडेजाको बलमा अम्बाती रायुडूबाट सर्ट थर्ड म्यानमा क्याच भए । जितिश शर्माले १७ बलमा ३ छक्कासहित २६ रनमा आउट भए । फिनिसर शाहरुख खान ६ र ओडेन स्मिथ ३ रनमा आउट भएका थिए । कागिसो रबाडा र राहुल चाहरले १२–१२ रन बनाए ।
चेन्नईका क्रिस जोर्डनले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । ड्वेन प्रिटोरियसले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । मुकेश चौधरी, ड्वेन ब्राभो र रविन्द्र जडेजाले १–१ विकेट लिए ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]