default_image

2 years ago

March 31, 2022

करण ह्याट्रिक र पाँच विकेट लिने पहिलो नेपाली खेलाडी

107 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसी टि२० आईमा नेपालबाट ५ विकेट लिने र ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । करणले त्रिकोणात्मक टि२० आई सिरिजमा पपुवा न्युगिनीलाई ३७ रनले हराउँनेक्रममा दुई कीर्तिमान बनाएका बनाएका हुन् ।


२ सय ४ रनको विशाल विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.४ ओभरमा १ सय ६६ रनमा अल आउट भयो । करणले २० औं ओभरमा ह्याट्रिक र पाँच विकेट लिँदै दुई कीर्तिमान बनाए । यसअघि नेपालबाट टि२० आईमा कुनैपनि खेलाडीले ह्याट्रिक लिन सकेका थिएनन् । पाँच विकेट पनि लिन सकेका थिएनन् ।

करणले २० औं ओभरको दोस्रो बलमा चाद सोपारलाई २ रनमा रोहित पौडेलबाट थर्डमा क्याच गराए । तेस्रो बलमा विकेटकिपर शिमोन आतीलाई बोल्ड गरे । चौथो बलमा नोसैन पोकनालाई मिडअफमा दीपेन्द्रबाट क्याच गराउँदै नेपालबाट पाँच विकेट लिने र ह्याट्रिक गर्ने दुबै पहिलो खेलाडी बने ।

यसअघि नेपालबाट कुनैपनि खेलाडीले टि२० आईमा ह्याट्रिक गरेका थिएनन् । टि२० आईमा उत्कृष्ट प्रदर्शन ४ विकेट रहँदै आएको थियो । ओडिआईमा भने सोमपाल कामी र सन्दीप लामिछानेले ५ विकेट लिई सकेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट पुरुषतर्फ ह्याट्रिक गर्ने दोस्रो खेलाडी हुन् । सन् २०१२ मा पूर्व स्पिनर शक्ति गौचनले २०१२ को टि२० विश्वकप छनोटमा ग्लोबल छनोटमा डेनमार्कविरुद्ध ह्याट्रिक गरेका थिए ।

नेपालको यो ५० औं टि२० आई खेल हो । करणले ५० औं टि२० आई खेलमा आफ्नो ५० विकेट पनि पूरा गरे । उनले पहिलो ओभरमै लेगा सियाकालाई आउट गर्दै ५० विकेट पूरा गरेका थिए । उनी सन्दीप पछि टि२० आईमा ५० विकेट लिने दोस्रो खेलाडी हुन् । करण केसीले ३.४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए ।

करणको कीर्तिमानी ह्याट्रिकसहित पाँच विकेटमा नेपाल फाइनलमा

दीपेन्द्र र आदिलले बनाए नयाँ कीर्तिमान

July 7, 2024

भारतले जिम्बाब्वेलाई हरायो

एजेन्सी – पाँच टि-२० खेलका लागि जिम्बाब्वे पुगेको भारतीय क्रिकेट टोलीले दोस्रो खेलमा जित हात पारेको छ । हरारेमा भएको खेलमा भारतले घरेलु टोलीमाथि १०० रनको जित हात पर्दै शृंखलामा बराबरी गरेको हो । भारतले दिएको २३५ रनको लक्ष्य पछ्याएको जिम्बाब्वे १८.२ ओभरमा १३४ रनमा समेटियो । घरेलु टोलीका लागि वेस्ली मधुभेरेले ३९ बलमा सर्वाधिक […]

July 6, 2024

भारत जिम्बाब्वेसँग पराजित

एजेन्सी – पाँच टि-ट्वान्टी खेलका लागि जिम्बाब्वे पुगेको भारतीय क्रिकेट टोली पहिलो खेलमा पराजित भएको छ । हरारेमा भएको पहिलो खेलमा भारत घरेलु टोलीसँग १३ रनले पराजित भएको हो । जिम्बाब्वेले दिएको १ सय १६ रनको सामान्य लक्ष्य पछ्याएको भारत १९.५ ओभरमा १ सय २ रनमा समेटियो । भारतका लागि कप्तान शुभमन गिलले २९ बलमा […]

July 6, 2024

महिला एशिया कपका लागि नेपाली टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – एसिसि महिला एशिया कप २०२४ का लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाई भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै टोलीको बिदाई गरेको हो । कार्यक्रममा क्यानका सचिव पारस खड्का सहित अतिथिका रूपमा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङको सहभागिता रहेको थियो । […]

Success

Thank you for your time.