default_image

3 years ago

March 31, 2022

करणको कीर्तिमानी ह्याट्रिकसहित पाँच विकेटमा नेपाल फाइनलमा

106 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसीको कीर्तिमानी ह्याट्रिकसहित पाँच विकेटमा नेपालले पपुवा न्युगिनीलाई ३७ रनले हराउँदै त्रिकोणात्मक टि२० आई सिरिजमा एक खेल अगावै फाइनलमा पुगेको छ ।

२ सय ४ रनको विशाल विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.४ ओभरमा १ सय ६६ रनमा अल आउट भए । करण नेपालबाट टि२० आईमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । त्यस्तै टि२० आईमा पनि पाँच विकेट लिने पहिलो खेलाडी बनेका छन् ।

करणले २० औं ओभरको दोस्रो बलमा चाद सोपारलाई २ रनमा रोहित पौडेलबाट थर्डमा क्याच गराए । तेस्रो बलमा शिमोन आतीलाई बोल्ड गरे । चौथो बलमा नोसैन पोकनालाई मिडअफमा दीपेन्द्रबाट क्याच गराउँदै नेपालबाट पाँच विकेट लिने र ह्याट्रिक गर्ने दुबै पहिलो खेलाडी बने ।
पपुवा न्युगिनीका लागि चाल्र्स अमिनीले ४७ बलमा ९ चौकासहित सर्वाधिक ६२ रनको योगदान दिए ।

तीव्र गतिका बलर करण केसीले पहिलो ओभरको चौथो बलमा लेगा सियाकालाई १ रनमा आसिफ शेखबाट क्याच गराउँदै आफ्नो ५० औं टि२० आई विकेट पूरा गरेका थिए । करणले नै असाद भालालाई सोमपाल कामीबाट १ रनमा क्याच गराउँदा १३–२ को अवस्थामा पुगेको थियो ।
तेस्रो विकेटका लागि अमिनी र टोनी उराले ८४ रनको साझेदारी गर्दै जितको आशा कायमै राखे ।

उरा सोमपाल कामीको १२ औं ओभरको पहिलो बलमा लङअफमा भुर्तेलबाट ४३ रनमा क्याच भए । उनले २२ बलमा २ चौका र ४ छक्का प्रहार गरे । चाल्र्स अमिनी सोमपालकै बलमा लङअनमा भुर्तेलबाट क्याच भएपछि पपुवा न्युगिनीको जित कठिन बनेको थियो ।
अभिनाश बोहराको १८ औं ओभरको दोस्रो बलमा नोर्मन भानुआ लङअफमा १७ रनमा दीपेन्द्रसिंह ऐरीबाट क्यात भएपछि नेपाल जित नजिक पुगेको थियो । लगत्तै अर्को बलमा सेसे बाउ २५ रनमा बोल्ड आउट भए ।


नेपालका करण केसीले ३.४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए ।सन्दीपको नाममा १ विकेट रह्यो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६६ रन बनाए । डेब्यू खेल खेलेका आदिल अन्सारीले ११ बलमा १ चौका र ३ छक्कासहित ३३ रनको विष्फोटक इनिङ खेले ।

चौथो विकेटका लागि दीपेन्द्र र आदिलले ७६ रनको साझेदारी गरेका थिए । दीपेन्द्रले १८ औं ओभरको सुरुवाती तीन बलमा नोर्मन भानुआलाई लगातार तीन छक्का प्रहार गर्दै २९ बलमा अर्धशतक पूरा गरेका थिए । उनको यो टि२० आई करिअरको चौथो अर्धशतक हो । युवा ब्याटर रोहित पौडेल २३ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा आउट भए ।

ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ६.२ ओभरमा ४४ रनको साझेदारी गर्दै नेपाललाई मध्यम सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर राइली हेकुरेको बलमा कुशल एज लागेर कभरमा टोनी उराबाट १७ रनमा क्याच भए । २० बल खेलेका भुर्तेलले २ चौका प्रहार गरे ।

आसिफ नोर्मन भानुआको १० औं ओभरको चौथो बलमा डिप मिडविकेटमा उराबाट क्याच भए । त्यसअघिको बलमा उनले काउकर्नरमा छक्का प्रहार गरेका थिए । आसिफले २९ बलमा ४ चौका र १ छक्कासहित ३८ रन बनाए । रोहित हेकुरेको बलमा स्क्वायर लेगमा सेसे बाउबाट क्याच भएका थिए । तल्लोक्रमका करण केसी १ दीलिप नाथ शून्यमा आउट भए ।

नेपालले १९ औं अ‍ोभरका ४ छक्का र १ चौका सहित कुल ३२ रन जोडेको थियो । जुन नेपालले एकै ओभरमा बनाएको हालसम्मकै धेरै रन हो । पपुवा न्युगिनीका राइली हेकुरेले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । आबुआ मोरेआले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए ।
नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई १५ रन र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।

नेपालले अव शनिबार मलेसियासँग खेल्नेछ । मलेसिया र पपुवा न्युगिनी मध्य एक टोली फाइनलमा पुग्नेछन् । पहिलो खेलमा मलेसियाले पपुवा न्युगिनीलाई ८ रनले हराएको थियो । शुक्रबार मलेसिया विजयी भएमा फाइनलमा जानेछ । पराजित भएमा नेपालसँगको नतिजा पर्खनु पर्ने हुन्छ । फाइनल सोमबार हुनेछ ।

यो पनि : दीपेन्द्र र आदिलले बनाए नयाँ कीर्तिमान

करणको ५० औं विकेट पूरा

October 5, 2024

अस्ट्रेलिया र इङ्ग्ल्यान्डको विजयी सुरुवात

एजेन्सी – युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साविक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको हो । लगातार दोस्रो हार बेहोर्ने क्रममा श्रीलंका अस्ट्रेलियासँग ६ विकेटले पराजित भयो । श्रीलंका पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । ९४ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले १४.२ ओभरमा ४ विकेट गुमाएर […]

October 5, 2024

काठमाडौं गुर्खाजको प्रशिक्षकमा शाही नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली काठमाडौं गुर्खाजले बसन्त शाही ठकुरीलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ। काठमाडौंले शनिवार सामाजिक संजाल मार्फत शाहीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको जानकारी गराएको हो । शाही नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सहायक प्रशिक्षक हुन् । शाही सन् १९९६ मा नेपालले पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल्दाका टोलीका सदस्य हुन् […]

October 5, 2024

ब्याटिङ नचल्दा नेपाली टोली फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – कमजोर ब्याटिङले निरन्तरता पाउँदा नेपाली‌ टोली क्यानडामा फेरि पराजित भएको छ । क्यानडामा भएको शुक्रवार भएको ५० ओभरको अभ्यास खेलमा नेपाली टोली क्यानडा हाईप्रफमेन्ससँग ३ विकेटले पराजित भएको हो । १ सय ४४ रनको सामान्य लक्ष्य क्यानडा हाइप्रफमेन्स टिमले ३६.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । टोलीका लागि युवराज शर्माले ४४, […]

Success

Thank you for your time.