default_image

3 years ago

March 31, 2022

दीपेन्द्र र आदिलले बनाए नयाँ कीर्तिमान

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रम युवा ब्याटर दीपेन्द्रसिंह ऐरी र आदिल अन्सारीले त्रिकोणात्मक टि२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध नयाँ कीर्तिमान बनाएका छन् ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३ रन बनायो । नेपालका दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६६ रनको योगदान दिए । डेब्यू खेल खेलेका आदिल अन्सारीले ११ बलमा १ चौका र ३ छक्कासहित ३३ रनको इनिङ खेले ।

जसक्रममा तीव्र गतिका बलर नोसैना पोकनालाई १९ औं ओभरमा नेपालले कुल ३२ रन जोडेको थियो । जुन नेपालले टि२० आईमा एकै ओभरमा बनाएको सर्वाधिक रन हो । टि२० आई मात्र नभएर सम्भव त अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको यो एकै ओभरमा सर्वाधिक रन हो । विश्वको टि२० आईमा एकै ओभरमा बनाएको चौथो धेरै रन हो ।

एकै ओभरमा ६ छक्का इंग्ल्यान्डका स्टुअर्ट ब्रोड र श्रीलंकाका अकिला धनन्जय खर्चिएका छन् । सन् २००७ को टि२० विश्वकपमा इंग्ल्यान्डका तीव्र गतिका बलर ब्रोडलाई भारतीय ब्याटर युवराज सिंहले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । वेस्टइन्डिजका कप्तान काइरन पोलार्डले २०२१ मा स्पिनर अकिला धनन्जयलाई ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।

आदिल अन्सारीले पहिलो बलमा चौका प्रहार गरेका थिए । दोस्रो र तेस्रो बलमा आदिलले दुई सानदार छक्का प्रहार गरे । तेस्रो नो बलमा पुन छक्का प्रहार गर्दा चौथो बलमा तीन रन बटुलेका थिए । पाँचौं बलमा दीपेन्द्रसिंह ऐरीले सानदार छक्का प्रहार गरेपछि नेपाललाई दुर्लभ विश्व कीर्तिमान बनाउने अवसर बनेको थियो ।

अन्तिम बलमा छक्का प्रहार गरेको भए टि२० आई एकै ओभरमा सर्वाधिक रन बनाउने जोडी बन्न पुग्थें । तर दीपेन्द्र लङअफमा टोनी उराबाट क्याच भएपछि दुर्लभ कीर्तिमानबाट चुकेका थिए । त्यसअघिको १७ औं ओभरमा नेपालले नोर्मन भानुआलाई ३ छक्का र १ चौकासहित कुल २४ रन जोडेका थिए ।

२०२० मा भारतीय शिवम दुबेले न्युजिल्यान्डविरुद्ध एकै ओभरमा ३४ रन खर्चेका थिए । दक्षिण अफ्रिका वेन पार्नेल, अफगानिस्तानका इजातुल्लाह दलतजजाई, भारतीय स्टुर्ट बिन्नी र नेदरल्यान्ड्सका म्याक्स ओडआउडले एकै ओभरमा ३२–३२ रन खर्चेका थिए ।

करणको ५० औं विकेट पूरा

October 5, 2024

अस्ट्रेलिया र इङ्ग्ल्यान्डको विजयी सुरुवात

एजेन्सी – युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साविक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको हो । लगातार दोस्रो हार बेहोर्ने क्रममा श्रीलंका अस्ट्रेलियासँग ६ विकेटले पराजित भयो । श्रीलंका पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । ९४ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले १४.२ ओभरमा ४ विकेट गुमाएर […]

October 5, 2024

काठमाडौं गुर्खाजको प्रशिक्षकमा शाही नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली काठमाडौं गुर्खाजले बसन्त शाही ठकुरीलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ। काठमाडौंले शनिवार सामाजिक संजाल मार्फत शाहीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको जानकारी गराएको हो । शाही नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सहायक प्रशिक्षक हुन् । शाही सन् १९९६ मा नेपालले पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल्दाका टोलीका सदस्य हुन् […]

October 5, 2024

ब्याटिङ नचल्दा नेपाली टोली फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – कमजोर ब्याटिङले निरन्तरता पाउँदा नेपाली‌ टोली क्यानडामा फेरि पराजित भएको छ । क्यानडामा भएको शुक्रवार भएको ५० ओभरको अभ्यास खेलमा नेपाली टोली क्यानडा हाईप्रफमेन्ससँग ३ विकेटले पराजित भएको हो । १ सय ४४ रनको सामान्य लक्ष्य क्यानडा हाइप्रफमेन्स टिमले ३६.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । टोलीका लागि युवराज शर्माले ४४, […]

Success

Thank you for your time.