default_image

3 years ago

March 31, 2022

करणको ५० औं विकेट पूरा

230 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तीव्र गतिका बलर करण केसीले टि२० आई खेलमा ५० औं विकेट पूरा गरेका छन् । करणले त्रिकोणात्मक टि२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध दोस्रो खेलमा पहिलो ओभरमा लेगा सियाकाको विकेट लिँदै ५० विकेट पूरा गरेका हुन् ।

करण नेपालबाट टि२० आईमा ५० विकेट पूरा दोस्रो खेलाडी हुन् । करणले पहिलो ओभरको चौथो बलमा सियाकालाई आसिफ शेखबाट क्याच गराउँदै पूरा गरेका थिए । करणले ३६ खेलमा ५० विकेट पूरा गरेका हुन् । यो नेपालको पनि ५० औं टि२० आई खेल हो । करण अघि सन्दीपले ३६ खेलमानै ६७ विकेट लिएका छन् ।

करणले २०१५ मा नेदरल्यान्ड्सविरुद्ध टि२० आईमा डेब्यू गरेका थिए । करणको टि२० आईमा उत्कृष्ट प्रदर्शन २०१९ मा नेदरल्यान्ड्सविरुद्ध ३.३ ओभरमा १७ रन खर्चेर ४ विकेट लिएका थिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६६ रनको योगदान दिए । डेब्यू खेल खेलेका आदिल अन्सारीले ११ बलमा १ चौका र ३ छक्कासहित ३३ रनको विष्फोटक इनिङ खेले । चौथो विकेटका लागि दीपेन्द्र र आदिलले ७६ रनको साझेदारी गरेका थिए ।

October 6, 2024

क्यानडामा नेपाल टोलीको जित

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानिय टोलीलाई ५० ओभरको अभ्यास खेलमा पराजित गरेको छ । टोरोन्टोको किंग सिटीमा भएको खेलमा नेपाल २० रनले विजयी भयो । १ सय ७७ रनको लक्ष्य पछ्याएको क्यानडाको स्थानिय टोलीले ४५.३ ओभरमा अल आउट हुदै १ सय ५६ रन मात्र जोड्न सक्यो । स्थानिय टोलीका […]

October 5, 2024

अस्ट्रेलिया र इङ्ग्ल्यान्डको विजयी सुरुवात

एजेन्सी – युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साविक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको हो । लगातार दोस्रो हार बेहोर्ने क्रममा श्रीलंका अस्ट्रेलियासँग ६ विकेटले पराजित भयो । श्रीलंका पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । ९४ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले १४.२ ओभरमा ४ विकेट गुमाएर […]

October 5, 2024

काठमाडौं गुर्खाजको प्रशिक्षकमा शाही नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली काठमाडौं गुर्खाजले बसन्त शाही ठकुरीलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ। काठमाडौंले शनिवार सामाजिक संजाल मार्फत शाहीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको जानकारी गराएको हो । शाही नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सहायक प्रशिक्षक हुन् । शाही सन् १९९६ मा नेपालले पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल्दाका टोलीका सदस्य हुन् […]

Success

Thank you for your time.