3 years ago
March 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर आसिफ शेखको अर्धशतकमा नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा मलेसियालाई ६ विकेटले पराजित गरेको छ ।
१ सय १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १३.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर आसिफ शेखले ३८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५७ रनको योगदान दिए । आसिफको यो टि२० आई करिअरको उत्कृष्ट प्रदर्शन हो । आसिफले ३१ बलमा अर्धशतक पूरा गरेका थिए ।
गतवर्ष नेदरल्यान्ड्सविरुद्ध डेब्यू खेलमा आसिफले ५४ रनको इनिङ खेलेका थिए । त्यसपछि टि२० आईमा उनको पहिलो अर्धशतक हो ।दीपेन्द्रसिंह ऐरी १७ बलमा १ चौका र १ छक्कासहित २१ रनमा आउट भए । ओपनर कुशल भुर्तेल स्पिनर पवनदीप सिंहको बलमा ठूलो सट खेल्नेक्रममा लङअनमा विरनदीप सिंहबाट १ रनमा क्याच भए ।
पवनदीपले नै चौथो ओभरको अन्तिम बलमा रोहित पौडेललाई १२ रनमा एलबीडब्लू आउट गरे । तेस्रो विकेटका लागि दीपेन्द्र र आसिफले ७० रनको साझेदारी गर्दै नेपाललाई सहज जितको आधार तय गरे । दीपेन्द्र स्टम्पिङ आउट भएका थिए । टि२० आईमा डेब्यू खेल खेलेका विकेटकिपर दीलिप नाथ ७ बलमा ३ चौकासहित १५ रनमा अविजित रहे ।
कुशल मल्ल २ रनमा अविजित रहे । नाथले मोहम्मद वाफिकलाई कभरमा चौका प्रहार गर्दै जित पक्का गराए । मलेसियाका बायाँ हाते स्पिनर पवनदीप सिंहले ३ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । सैद अजिज र मुहम्मद आमिरले १–१ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियो । मलेसियाका ओपनर ओपनर जुबैदी जुल्किफ्लले १५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३२ रनको योगदान दिए । नेपालका तीव्र गतिका बलर करण केसीले पहिलो ओभरको पहिलो बलमै मलेसिया ओपनर तथा प्रमुख ब्याटर विरनदीप सिंहलाई शून्यमा बोल्ड आउट गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
दोस्रो विकेटका लागि जुबैदी र कप्तान अहमद फैजले ४९ रनको साझेदारी गरेका थिए । बायाँ हाते स्पिनर कुशल मल्लले जुबैदीलाई सातौं ओभरको पाँचौं बलमा जुबैदीलाई बोल्ड गर्दै दोस्रो सफलता दिलाए । मलेसिया मध्यक्रमका प्रमुख ब्याटर सैद अजिज १४ रनमा क्याच आउट भए । दीपेन्द्रसिंह ऐरीको १२ औं ओभरको सुरुवाती चार बल लगातार डट खेलेका अजिज पाँचौं बलमा मिडअनमा सन्दीपबाट क्याच भए ।
डटको दबाबका उनले विकेट दिएका थिए । दीपेन्द्रले उक्त ओभर विकेट मिडन राखेका थिए । अर्को ओभरमा सन्दीपको बलमा कप्तान अहमद फैज लङअफमा कुशल मल्लबाट २४ रनमा क्याच भए । उनले ३८ बलमा ३ चौका प्रहार गरे ।
तल्लोक्रमका शर्विन मुनीआन्दी ९, मोहम्मद आमिर १६, एनुल हफिज ९ र विजयी उन्नीले ३ रन बनाए । नेपालका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । करण केसीले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले १(१ विकेट लिए । पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले हराएको थियो । बिहीबार नेपालले पपुवा न्युगिनीसँग खेल्नेछ ।
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको थियो । शुक्रवारको दोस्रो खेलमा विराटनगरले चितवनमाथि ५१ रनको जित हासिल गर्यो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो । चितवनका […]
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको हो । विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडे । उनले […]
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।