default_image

2 years ago

March 30, 2022

पाकिस्तानमाथि अष्ट्रेलियाको सानदार जित

108 views

0 Bookmark

एजेन्सी – ट्रविस हेडको उत्कृष्ट शतक र स्पिनरको सानदार बलिङको सहयोगमा अष्ट्रेलियाले पहिलो ओडिआई खेलमा घरेलु टोली पाकिस्तानलाई ८८ रनले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भ्रमण टोली अष्ट्रेलियाले १–० को अग्रता लिएको छ ।

३ सय १४ रनको बलियो विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४५.२ ओभरमा २ सय २५ रनमा अल आउट भयो । पाकिस्तानका ओपनर इमाम उल हकले ९६ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक १ सय ३ रनको शतकीय इनिङ खेले । उनको ओडिआई करिअरको सातौं शतक हो । उनी नाथन एलिसको बलमा बोल्ड आउट भए । कप्तान बाबर आजम ७२ बलमा ६ चौकासहित ५७ रनमा आउट भए ।

ओपनर फखार जमान १८ रनमा आउट भएपनि इमाम उल हक र बाबरले दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । बाबर स्पिनर मिचेल स्वीपसनको बलमा एलबीडब्लू आउट भए । त्यसपछि पाकिस्तानले लगातार विकेट गुमाएको थियो । साउद सकिल ३, मोहम्मद रिजवान १०, इफ्तिखर अहमद २ र खुसदील शाह १९ रनमा आउट भए ।

अष्ट्रेलियाका लेग स्पिनर एडम जाम्पाले १० ओभरमा ३८ रन खर्चेर ४ विकेट लिए । मिचेल स्वीपसन र ट्रविस हेडले २–२ विकेट लिए । शेन एबोट र नाथन एलिसको नाममा १–१ विकेट रह्यो ।

त्यसअघि गद्दाफी स्टेडियम लाहोरमा टस हारेर ब्याटिङको निम्तो थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय १३ रन बनाएको थियो । अष्ट्रेलियाका ओपनर हेडले ७२ बलमा १२ चौका र ३ छक्कासहित १ सय १ रनको शतकीय इनिङ खेले ।

उनको यो ओडिआई करिअरको दोस्रो शतक हो । पहिलो विकेटका लागि कप्तान आरोन फिन्च र ट्रविस हेडले १४.४ ओभरमा १ सय १० रनको उत्कृष्ट शतकीय साझेदारीका साथ सुरुवात दिलाएका थिए । फिन्च ३६ बलमा १ छक्कासहित २३ रनमा आउट भए । बेन म्याकमेरमोट ७० बलमा ४ चौकासहित ५५ रनमा आउट भए ।

मार्नस लाबुसेन २५, मार्कस स्टोइनिस २६, शेन एबोट १४ र एलेक्स केरी ४ रनमा आउट भए । डेब्यु खेल खेलेका युवा अलराउन्डर क्यामरन ग्रिनले ३० बलमा ३ चौका र १ छक्कासहित ४० रनमा अविजित रहे । पाकिस्तानका जहिद मोहम्मदले १० ओभरमा ५९ रन खर्चेर २ विकेट लिए । हरिस रौफले ८ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । खुसदील शाह र इफ्तिखर अहमदले १–१ विकेट लिए । दोस्रो खेल बिहीबार हुनेछ ।

June 29, 2024

टि-ट्वान्टी विश्वकपको फाइनलमा भारतले पहिला ब्याटिङ गर्ने

एजेन्सी + आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को फाइनल खेलमा भारतले दक्षिण अफ्रिका विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । भारतका कप्तान रोहित शर्माले बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । फाइनलमा दुवै टोलीले कुनै परिवर्तन गरेका छैनन् । सेमिफाइनलमा जित हासिल गरेका टोली नै फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । भारत: रोहित […]

June 29, 2024

टि ट्वान्टी विश्व कप फाइनल- भारत र दक्षिण अफ्रिका भिड्दै

एजेन्सी – आइसिसी टि ट्वान्टी विश्वकपको शनिबार हुने फाइनलको एक टोलीले अपराजित रहँदै उपाधि उचाल्नेछ। बार्बाडोसस्थित किङ्सटाउन क्रिकेट रंगशालामा हुने फाइनलमा भारत र दक्षिण अफ्रिकाबीच फाइनल हुनेछ। जारी विश्वकपमा यी दुई टोली मात्र अपराजित रहँदै अन्तिम दुईमा पुगेका हुन्। दक्षिण अफ्रिकाले खेलेका सबै ८ खेल जितेको थियो। समूह चरणमा क्यानाडा सँगको खेल रद्द भए बाहेक […]

June 28, 2024

भारत टि-ट्वान्टी विश्वकपको फाइनलमा

एजेन्सी – इङ्ल्यान्ड माथि फराकिलो जित दर्ता गर्दै भारत आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ । गयानामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत तेस्रो पटक टि-ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो । भारतले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड खराब ब्याटिङ प्रदर्शन गर्दै १६.४ ओभरमा १ […]

Success

Thank you for your time.