default_image

2 years ago

March 29, 2022

विलियम्सनको कप्तानी सामु उपाधि दाबेदार राजस्थानको परिक्षा

71 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा उपाधिको दाबेदार मानिएको राजस्थान रोयल्सले आज सनराइजर्स हैदराबादसँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणमा सुरुहुनेछ ।

राजस्थान यस सिजनमा बलियो र उपाधिको दाबेदार टोली हो । तर सनराइजर्स हैदराबाद केन विलियम्सनको कप्तानीमा उत्कृष्ट सुरुवात सोचमा छ । विलियम्सन वर्तमान समयका एक उत्कृष्ट कप्तान हुन् । उनले आफ्नो कप्तानीमा खेललाई मोड्ने गर्दछन् । हैदराबादमा विलियम्सन, निकोलस पुरन, एडेन माक्ररम र ग्लेन फिलिप्स जस्ता प्रसिद्ध ब्याटर छन् । पुरन र फिलिप्स आक्रामक ब्याटरका लागि चिनिन्छन् । माक्ररम मध्यक्रमका भरपर्दा ब्याटर हुन् । यी तीनै खेलाडी उच्च लयमा छन् ।

वेस्टइन्डिजका अलराउन्डर रोमारियो शेफर्ड हैदराबादका हतियार हुन् । तल्लोक्रममा शेफर्ड आक्रामक ब्याटिङ गर्ने गर्दछन् । युवा अलरान्डर अब्दुल सामद, प्रियम गर्ग, अभिषेश शर्मा लगायतका खेलाडी छन् । यी तीनै खेलाडीले तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । तीव्र गतिको बलरमा मार्को ज्यानसन, टि नटराजन, उमरन मलिक र कार्तिक त्यागि छन् ।

दक्षिण अफ्रिका युवा स्टार ज्यानसन र नटराजन घातक बन्न सक्छन् । स्पिनरमा वासिन्टन सुन्दर छन् । हैदराबादको टोली औसत छ । विलियम्सन आफ्नो कप्तानीमा कमजोर टोलीलाई पनि उत्कृष्ट बनाउँदै आएका छन् । कुनैपनि टोलीलाई जितको लागि उत्कृष्ट खेलाडी मात्र भएर हुँदैन । कप्तान पनि त्यतिनै उत्कृष्ट चाहिन्छ । विलियम्सन त्यसका लागि माहिर छन् ।

यता राजस्थानमा स्टार खेलाडीको भरिभराउ छ । ब्याटिङमा देवदत्त पाडिक्कल, यशस्वी जैसवाल, जस बटलर, सन्जु स्यामसन, शिम्रन हेटमायर र रास्सी भान डर डुसेन जस्ता खेलाडी हुँदा मजबुत छ । आक्रामक र संयमित ब्याटर दुबैको सन्तुलन छ । बटलर र स्यामसन विष्फोटक ब्याटिङ गर्ने गर्दछन् ।

अलरान्डरमा रियान पराग, नाथन कुल्टर नाइल, जिमी निसम र ड्र्याल मिचेल जस्ता खेलाडी छन् । बलिङ आक्रामण राजस्थानको यस सिजनकै उत्कृष्टछ । स्पिनरमा रविचन्द्रन आश्विन र युजभेन्द्र चहल छन् ।

लेगस्पिनर चहल र अनुभवी अफ अस्पिनर आश्विनले विपक्षीका मध्यक्रम धरासय बनाउन सक्छन् । दुबै भारतीय क्रिकेटका प्रमुख स्पिनर हुन् । तीव्र गतिका बलरमा न्युजिल्यान्डका ट्रेन्ट बोल्ट, भारतीय प्रसिद्ध कृष्णा, वेस्टइन्डिजका आबेद म्याकेय र नवदीप सैनी जस्ता म्याच विनर बलर हुँदा बलिङ आक्रामण मजबुत छ ।

बलियो राजस्थान र उत्कृष्ट कप्तान विलियम्सनको हैदराबादबीचको खेल रोचक हुने अनुमान गरिएको छ ।

हेड टु हेड :

आइपिएलमा यी दुई टोलीबीच कुल १५ खेल भएका छन् । हैदराबाद ८ खेलमा विजयी हुँदा ७ खेलमा पराजित भएको छ ।

July 5, 2024

क्यानले उपाध्यक्ष सिंहसहित ४ जनालाई स्पष्टीकरण सोध्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले आफ्ना उपाध्यक्षसहित ४ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। टि ट्वान्टी विश्वकप सहभागिताका दौरान विवादास्पद अभिव्यक्ति दिएको भन्दै क्यान उपाध्यक्ष रोशन कुमार सिंह, केन्द्रीय सदस्यद्वय माधव कुमार कर्माचार्य र दुर्गाराज पाठक तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई क्यानको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। बैठकपछि […]

July 5, 2024

क्रिकेटर अप्सरी निलम्बनमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गरेको छ । क्यान कार्यसमितिको बैठकले अप्सरीलाई निलम्बन गर्दै थप छानबिन गर्न अनुशासन आयोगलाई जिम्मा दिने निर्णय गरेको हो । ‘एसीसीको कार्यक्रम अनुसार यहि जुलाई १९ देखि २८, २०२४ सम्म श्रीलंकामा संचालन हुने वुमन्स टि ट्वान्टी एसिया कप क्रिकेट प्रतियोगितालाई मध्यनजर राखी हाल […]

July 5, 2024

आदिलको निलम्बन फुकुवा प्रक्रिया अघि बढ्यो

काठमाडौं (हाम्रो खेलकुद) – म्याच फिक्सिङको मुद्दाबाट सफाइ पाएका अलराउन्डर आदिल आलमको निलम्बन फुकुवा सम्बन्धी प्रक्रिया अघि बढेको छ । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समिति बैठक सफाई पाएका आदिलको निलम्बन फुकुवा सम्बन्धित प्रक्रिया अघि बढाएको छ । बैठकले अल राउन्डर आदिल निलम्बन फुकुवाको प्रकिया क्यानको अनुशासन समितिलाई १ हप्ता भित्र निर्णय गर्न जिम्मेवारी […]

Success

Thank you for your time.