default_image

3 years ago

March 28, 2022

राजविराज सप्तरी प्रिमियर लिगको फाइनलमा

196 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राजविराज द किंग सप्तरी प्रिमियर लिगको फाइनलमा पुगेको छ । सोमबार सम्पन्न दोश्रो खेलमा राजविराज द किंगले साविक विजेता बजाज खडक वारियर्सलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । वारियर्सले दिएको १ सय २३ रनको लक्ष्य द किंगले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

राजविराजका ओपनर शंकर रानाले सर्वाधिक ७४ रन बनाए । उनले ५३ बलमा ६ चौका र ६ छक्का प्रहार गरे। सन्तोष कार्कीले १९ रन बनाए। वारियर्सका बलर सर्वन यादव, अरनिको यादव, मुकुन्द यादव र सिद्धान्त लोहनीले १र१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिङ गरेको बजाज खडक वारियर्सले २० ओभरमा १ सय २२ रनमा अल आउट भयो । वारियर्सका राज वर्माले सर्वाधिक २५ रोविन सिंहले २० श्रवण यादवले १९ रन योगदान दिए। राजविराज द किंगका रुपेश कुमार सिंहले सर्वाधिक ३ विकेट लिए । अनिल यादव र फिर्दोश अन्सारीले २र२ विकेट तथा रोहित कुमार सिंह र नन्दन यादवले १-१ विकेट लिए।

पहिलो खेलमा तिलाठी कोइलाडी जायन्ट्सले टिभीएस किंग्स राजविराजलाई ५० रनले पराजित गर्यो । जायन्ट्सले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा किंग्सले २० ओभरमा ९ विकेट क्षेतीमा १ सय ४१ रन बनायो ।

टिभीएस किंग्स राजविराजका ओपनर रोहन विकले ८२ रन बनाए । विकले ५४ बलमा ११ चौका र ४ छक्का प्रहार गरे। अर्का ओपनर शेख इमरानले २३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। कप्तान महबुब आलमले ४ रन मात्र बनाउन सके।

प्लेयर अफ द म्याच समेत चुनिएका तिलाठी कोइलाडीका सुनिल धमलाले ४ विकेट लिए। योगेन्द्र सिंह कार्कीले ३ तथा रोहण विश्वकर्माले २ विकेट लिए।

टस जितेर ब्याटिङ रोजेको तिलाठी कोइलाडीले २० ओभरमा ४ विकेट क्षेतीमा १ सय ९१ रन बनायो। तिलाठी कोइलाडीका सुनिल धमलाले ४२ बलमा ८ चौका र ४ छक्का ७२ रन बनाए । रोहन विश्वकर्माले अविजित ४० रन, योगेन्द्र सिंह कार्कीले ३० रन तथा भुवन कार्कीले २४ रन बनाए। टिभीएस किंग्स राजविराजका बलर महबुब आंले २ तथा बिशाल सुश्लिंग र शेख इमरानले १र१ विकेट लिए।

September 29, 2024

टि ट्वान्टीमा पनि हारबाट नेपालको सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

रिजनलाई डेब्युमा नै विकेट

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीविरुद्ध खेलमा रिजनले डेब्यु गरेका थिए । रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट […]

Success

Thank you for your time.