default_image

3 years ago

March 28, 2022

सन्दीपको उत्कृष्ट बलिङसँगै संकटमा पपुवा न्युगिनी

91 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्युगिनी संकटमा परेको छ । १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनीले १३ ओभरमा ७ विकेट गुमाउँदै १ सय रन बनाएको छ ।

करण केसीको दोस्रो ओभरको दोस्रो बलमा ओपनर टोनी उरा ठूलो सट खेल्ने धुनमा एज लागेर लोकेश बमबाट ५ रनमा आउट भए । त्यसअघिको बलमा मिडअफबाट दीपेन्द्रसिंह ऐरीले हानेको थ्रो बलले स्टम्पनै भाचिँएको थियो । अर्को ओभरमा सोमपाल कामीले लेगा सियाकालाई आरिफ शेखबाट २१ रनमा क्याच गराए । १० बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे ।

आक्रामक ब्याटिङ गरेका चाल्र्स अमिनी अभिनाश बोहराको छैटौं ओभरको तेस्रो बलमा २२ रनमा बोल्ड भए । उनले १० बलमा ३ चौका र १ छक्का प्रहार गरे । कप्तान सन्दीपको बलमा ठूलो सट खेलेका असाद भाला लङअनमा करण केसीबाट ७ रनमा क्याच भए । सन्दीपले सेसे बाउलाई ३० रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई महत्वपूर्ण सफलता दिलाएका थिए ।

बाउले २४ बलमा ३ चौका र १ छक्का प्रहार गरे । अभिनाशको बलमा राइली हेकुरे थर्ड म्यानमा सोमपाल कामीबाट ३ रनमा क्याच आउट भए । जेसन किलालाई शून्यमा एलबीडब्लू आउट गरे ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८३ रन बनायो । नेपालका ओपनर आसिफ शेखले ३५ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४३ रनको योगदान दिए । पपुवा न्युगिनीका एली नाओ, चाद सोपर र चाल्र्स अमिनीले २–२ विकेट लिए ।

September 27, 2024

क्यानको अनुमानित बजेट ६२ कराेड

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले चालु आर्थिक वर्ष २०८१/ ८२ को लागि ६२ करोड रूपैयाँ अनुमानित बजेट पास गरेको छ। यो क्यानको इतिहासकै ठूलो बजेट हो । पोखरामा शुक्रवार सुरु भएको क्यानको वार्षिक साधारण सभामा कोषाध्यक्ष पदमबहादुर खड्काले प्रस्तुत गरेको अनुमानित बजेटलाई पास गरेको बताइएको छ। त्यस्तै गत आर्थिक बर्ष २०८०/८१ को […]

September 27, 2024

तीन खेलाडीको शतकमा श्रीलंकाको विशाल योगफल

एजेन्सी – तीन ब्याटरको शतकमा श्रीलंकाले न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा विशाल योगफल तयार गरेको छ । दुई टेस्ट सिरिजका लागि न्युजिल्यान्ड श्रीलंका भ्रमणमा छ । पहिलो खेल ६३ रनले जित्दै घरेलु टोलीले सिरिजमा १-० को अग्रता बनाएको छ । गालेमा टस जितेर ब्याटिङको सुरुवात गरेको घरेलु टोलीले पहिलो इनिङ ५ विकेट गुमाएर ६ सय […]

September 27, 2024

विश्वकप लिग टु – क्यानडाको लगातार चौथो जित

एजेन्सी – क्यानडाले विश्वकप लिग टुमा लगातार चौथो जित हात पारेको छ । विश्वकप लिग टु अन्तर्गत घरेलु मैदानमा आयोजित त्रिकोणात्मक सिरिजको ४ खेलमा क्यानडाले जित निकालेको हो । लगातार चौथो जित हासिल गर्ने क्रममा बिहीवार क्यानडाले ओमानलाई ५ विकेटले हराएको थियो । १ सय ९९ रनको लक्ष्य क्यानडाले ४५.३ ओभरमा ५ विकेट गुमाएर पूरा […]

Success

Thank you for your time.