default_image

2 years ago

March 28, 2022

नेपाल विशाल योगफलतर्फ अग्रसर

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध विशाल योगफलतर्फ अग्रसर भएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले १४ ओभरमा ४ विकेट गुमाउँदै १ सय २८ रन बनाएको छ ।

कुशल मल्ल ११ र आरिफ शेख २ रनमा अविजित छन् । ओपनर आसिफ शेख ३५ बलमा ५ चौका र १ छक्कासहित ४३ रनमा क्याच आउट भए । अर्का ओपनर कुशल भुर्तेल ११ बलमा ३ चौका र १ छक्कासहित २० रनमा आउट भए । इनिङको पहिलो बलमै छक्का प्रहार गरेका कुशल दोस्रो बलमा रन आउटबाट बचेका थिए । तर तेस्रो ओभरको तेस्रो बलमा चाद सोपरबाट रन आउटकै सिकार बने ।

रोहितले ब्यक्तिगत २९ रनमा स्लिपमा क्याच ड्रप हुँदा जीवनदान पाए । दास्रो विकेटका लागि आसिफ शेख र रोहित पौडेलले ८० रनको साझेदारी गर्दै इनिङ उकासे । आसिफ तीव्र गतिका बलर एली नाओको बलमा एज लागेर विकेटकिपर शिमोन आतीबाट क्याच हुँदा दोस्रो अर्धशतक बनाउन ७ रनले चुके ।

१३ औं ओभरको पहिलो बलमा रोहित चाद सोपरको बलमा विकेटकिपर बाटै ३४ रनमा आउट भए । २६ बलमा २ चौका र १ छक्का प्रहार गरे । १४ औं ओभरको पहिलो बलमा स्विच हिट सट खेलेका दीपेन्द्र असाद भालाबाट ४ रनमा क्याच भए ।

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

June 30, 2024

टि ट्वान्टी आईबाट विराटको सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका ब्याटर विराट कोहलीले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यासको‌ घोषणा गरका छन्। भारतलाई दोस्रो पटक टि ट्वान्टी विश्वकप उपाधि जिताउने क्रममा विराटले प्लेयर अफ दि म्याच प्रदर्शन गरेका थिए। सेमिफाइनलसम्म नचलेका कोहलीले फाइनलमा ५९ बलमा ६ चौका र २ छक्कासहित ७६ रन बनाएका थिए। भारतले १७ वर्षपछि टि ट्वान्टी र १३ […]

Success

Thank you for your time.