3 years ago
March 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – – नेपालले टि२० आई त्रिकोणात्मक सिरिज अन्तर्गत आज पपुवा न्युगिनी (पिएनजी) सँग खेल्दैछ । खेल दिउँसो १२ ः३० मा टियु मैदानमा हुनेछ ।
नेपाल दुई ओडिआई खेलमा क्लिनस्विपको बदला लिने सोचमा हुनेछ । पिएनजी भने ओडिआई खेलको नतिजाबाट मनोबल उच्च हुँदा त्यसलाई निरन्तरता दिने सोचमा मैदान उत्रनेछ । सन्दीप लामिछानेले घरेलु मैदानमा टि२० आईमा पहिलो पटक कप्तानी गर्नेछन् ।
नेपाल दुबै ओडिआई खेलमा कमजोर बलिङको कारण पराजित भएको थियो । तर टि२० आई र ओडिआईको टोली फरक छ । पहिलो खेलमा नेपाल रोहित कुमार पौडेलको १ सय २६ रनको उत्कृष्ट शतकीय इनिङका बाबजुद पराजित भएको थियो । २ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २ सय ८६ रन मात्र बनाउन सकेको थिए । अन्तिम समयमा कमलसिंह ऐरी र सोमपाल कामी फिनिस गर्न चुकेका थिए । दोस्रो खेलमा २ सय ७८ रन बनाएपछि लक्ष्य बचाउन सकेको थिएन ।
दीपेन्द्रले १ सय ५ रनको शतकीय इनिङ खेलेका थिए । टियुको ब्याटिङ सहयोगी पिचमा नेपाली बलरको प्रदर्शन कमजोर देखिएको थियो । नेपालले आज तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी र अभिनाश बोहरालाई खेलाउने सम्भावना छ । करण र अभिनाश टोलीमा फर्किदा बलिङ आक्रामण बलियो हुने अनुमान गरिएको छ ।
करण विष्फोटक ब्याटिङको क्षमता राख्ने हुँदा फिनिसिङ पनि राम्रो हुनेछ । ओपनर जोडीमा कुशल भुर्तेल र आसिफ शेख फर्किनेछन् । आसिफ ओडिआई टोलीमा भने थिएनन् । यी दुई ओपनरको पछिल्लो समय प्रदर्शन भने राम्रो छैन । गतवर्ष नेदरल्यान्ड्स र मलेसियाविरुद्ध त्रिकोणात्मक टि२० आई सिरिजबाट नेपाली टोलीमा डेब्यू गर्दै सानदार प्रदर्शन गरेका थिए ।
नेपाल त्यस्तै प्रदर्शन चाहन्छ । दुबै ओपनरलाई रन बनाउन दबाब पनि छ । कुशलले गतवर्ष पाँच मध्य ४ खेलमा अर्धशतक प्रहार गरेका थिए । आसिफ र कुशलले लगातार दुई शतकीय साझेदारी गरेका थिए । नेपालले तेस्रो नम्बरमा नेपालले लोकेश बमलाई खेलाउने सम्भावना छ । चौथो नम्बरमा दीपेन्द्रसिंह ऐरी हुनेछन् ।
पछिल्लो ओडिआई खेलमा शतक प्रहार गरेका दीपेन्द्र लयमा फर्किएको संकेत दिएका छन् । त्यसपछि नेपालले कुशल मल्ल, आदिल अन्सारी र विवेक यादवलाई खेलाउनेछ । करण र सोमपाल तल्लोक्रमका ब्याटर हुनेछन् । कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र करण केसी टोलीका प्रमुख हतियार हुन् । यी तीन खेलाडीको प्रदर्शनले धेरै महत्व राख्नेछ ।
उता पपुवा न्युगिनी ओपनर टोनी उरा र लेगा सियाकाबाट राम्रो सरुवात चाहन्छ । खराब प्रदर्शनपछि ड्रप भएका लेगा सियाका नेपाललाई दोस्रो ओडिआईमा हराउन ९० रनको इनिङ खेलेका थिए । उरा आक्रामक ब्याटिङको क्षमता राख्छन् । उराले आफ्नो शैलीको खेल खेल्न सकेका छैनन् । त्यो आलोचनालाई उनी अन्त्य गर्न चाहन्छन् । कप्तान असाद भाला चाल्र्स अमिनी पिएनजीका प्रमुख हतियार हुन् ।
यी दुई ब्याटरको प्रदर्शनले पिएनजीको नतिजामा धेरै प्रभाव पार्दछ । राइली हेकुरे र नमर्न भानुवा आक्रामक ब्याटर हुन् । तीव्र गतिका बलिङ अलराउन्डर भानुवा विष्फोटक ब्याटिङ गर्ने हुँदा नेपाललाई घातक बन्नसक्छन् । बायाँ हाते तीव्र गतिका बलर एलि नाओ र नर्मन भानुवा प्रमुख हतियार हुन् । ओडिआई सिरिज जितेको हुँदा मनोबल उच्च छ ।
नेपाल र पपुवा न्युगिनीबीच हालसम्म एक मात्र टि२० आई खेल भएको छ । २०१५ को टि२० विश्वकप ग्लोबल छनोटमा पपुवा न्युगिनीले नेपाललाई ८ विकेटले पराजित गरेको थियो । टि२० आईमा ७ वर्षपछि प्रतिस्पर्धा हुनेछ । टियुमा यी दुई टोलीबीच पहिलो पटक टि२० आई खेल हुन लागेको हो । खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्नेछ । आजको मौसम १६ देखि २५ डिग्री सेल्सियस सम्म हुनेछ ।
नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाश बोहरा, विवेक यादव, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल अन्सारी ।
टि२० त्रिकोणात्मक सिरिज
चैत १४ (मार्च २८) – नेपालविरुद्ध पपुवा न्युगिनी, दिउँसो १२:३०
चैत १६ ( मार्च ३०) – नेपालविरुद्ध मलेसिया, दिउँसो १२:३०
चैत १७ (मार्च ३१) – नेपालविरुद्ध पपुवा न्युगिनी, दिउँसो १२: ३०
चैत १९( अप्रिल २) – नेपालविरुद्ध मलेसिया, दिउँसो १२: ३०
चैत २१ ( अप्रिल ४) – फाइनल शीर्ष दुई टोली, दिउँसो १२: ३०
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको थियो । शुक्रवारको दोस्रो खेलमा विराटनगरले चितवनमाथि ५१ रनको जित हासिल गर्यो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो । चितवनका […]
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको हो । विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडे । उनले […]
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।