3 years ago
March 27, 2022
काठमाडौं (हाम्रो खेलकुद ) – चौंथो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत आइतबार बजाज खडक वारियर्स र राजविराज द किंग विजयी भएका छन् ।
पहिलो खेलमा पहिलो खेलमा बजाज खडक वारियर्सले टिभीएस किंग्स राजविराजलाई १४ रनले पराजित गर्यो। १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको किंग्सले २० ओभर ७ विकेट गुमाउँँदै १ सय ३९ रन बनायो । ओपनर शेख इमरानले ४७, महबुब आलमले ३७, सुरज कुर्मीले २३ रन बनाए । सर्वन यादवले ३, गोमानंद अमात्य र अरनिको यादवले २र२ विकेट लिए ।
टस हारेर ब्याटिङ गरेको बजाज खडक वारियर्सले १९.४ ओभरमा १ सय ५३ रनमा अल आउट भयो । खडक वारियर्सको लागि मुकुन्द यादवले सर्वाधिक ३३ रन, श्रवण यादवले २४ रन, अविनाश कर्णले २२ रन तथा राहुल मण्डल र रोविन सिंहले समान १९ रन बनाए। बलर पप्पु यादवले सर्वाधिक ३ विकेट, बिशाल सुश्लिंगले २ विकेट तथा भुलावन सहानी, पप्पु यादव र महबुब आलमले १र१ विकेट लिए।
दोश्रो खेलमा राजविराज द किंगले राजविराज ब्रदर्शलाई ३० रनले पराजित गर्यो । १ सय ५२ रनको लक्ष्य पछ्याएको ब्रदर्शले १८.२ ओभरमा १ सय २१ रनमा अल आउट भयो । ब्रदर्शको ब्याटिङमा निरज कुमार यादवले सर्वाधिक २७, प्रशन्त सिंहले २४, विकास दास, अमित यादवले १६१६ र अनुज चुनाराले १५ रन बनाए । रुपेश कुमार सिंहले सर्वाधिक ३ विकेट, फिर्दोश अन्सारीले २ विकेट, रोहित कुमार सिंह र अनिल यादवले १र१ विकेट लिए।
टस जितेर ब्याटिङ गरेको राजविराज द किंगले २० ओभरमा ८ विकेट गुमाउदै १ सय ५१ रन बनायो। फिर्दोश अन्सारीले सर्वाधिक ४०, रुपेश कुमार सिंहले ३०, सन्तोष कार्कीले २९ तथा चित्र बहादुर विस्टले १५ रन बनाए । अनुज चुनारा, दिपेश कंडेल र अजय यादवले २र२ विकेट तथा पार्थिव यादवले १ विकेट लिए। खेलको प्लेयर अफ द म्याच फिर्दोश अन्सारी घोषित भए।
जितपछि राजविराज द किंग ३ खेलमा २ जित र १ हार बेहोर्दै ४ अंकको साथ अंकतालिकाको शिर्षमा छ । समान नतिजापछि नेट रन रेटमा पछि पर्दै टिभीएस किंग राजविराज र बजाज खडक वारियर्स दोश्रो र तेश्रो स्थानमा छ। तिन वटै खेलमा हार पछि राजविराज ब्रदर्शको फाइनल पुग्ने सम्भावना समाप्त भएको छ।
प्रतियोगिता अन्तर्गत सोमबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा विहान ९ बजे टिभीएस किंग्स राजविराज र तिलाठी कोइलाडी जायन्ट्स तथा दिउँसो १ बजे बजाज खडक वारियर्स र राजविराज द किंग्स प्रतिस्पर्धा गर्नेछन्।
पाँच टिम सहभागी प्रतियोगिताको लिग चरणमा सबै टिमले एकअर्का बिरुद्ध १र१ खेल खेलेपछि उत्कृस्ट हुने दुई टिम फाइनल प्रवेश गर्नेछन्। टिभीएस किंग्स राजविराज, राजविराज द किंग, बजाज खडक वारियर्स, तिलाठी कोइलाडी जायन्टस र राजविराज ब्रदर्श प्रतियोगितामा सहभागी छन् ।
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ । टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पछिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल) को इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । बुधवार भएको इलिमिनेटर खेलमा चितवनलाई २१ रनले हराउँदै कर्णालीले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । कर्णालीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित हुने टोलीसँग खेल्नेछ । पहिलो क्वालिफायरमा आजै सुदूरपश्चिम रोयल्स […]