default_image

3 years ago

March 27, 2022

सानदार जितसँगै इंग्ल्यान्ड सेमिफाइनलमा

92 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डले अन्तिम खेलमा बंगलादेशमाथि सानदार जित निकाल्दै न्युजिल्यान्डमा जारी आइसिसी महिला एकदिवसिय विश्वकप २०२२ को सेमिफाइनलमा पुगेको छ । इंग्ल्यान्डले बंगलादेशलाई १ सय रनको फराकिलो अन्तरले पराजित गर्दै तेस्रो स्थानमा रहँदै समिफाइलमा स्थान पक्का गर्यो ।

२ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश ४८ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । बंगलादेशकी लाता मोन्डलले ४५ बलमा ३ चौकासहित सर्वाधिक सर्वाधिक ३० रन बनाइन् । शमिमा सुल्तना र शरमिन अख्तरले २३–२३ रन बनाए । इंग्ल्यान्डकी सोफी एक्लेस्टोन र चार्लोट डीनले ३–३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ३४ रन बनाएको थियो । इंग्ल्यान्डकी सोफिया डंकलीले ७२ बलमा ८ चौकासहित सर्वाधिक ६७ रन बनाइन् । नाट सेभर ४० र एमी जोन्स ३१ रनमा आउट भए । बंगलादेशकी सल्मा खातुनले सर्वाधिक दुई विकेट लिइन् ।

अष्ट्रेलिया ७ खेलमा अपराजित रहँदै १४ अंकका साथ शीर्ष स्थानमा रह्यो । दक्षिण अफ्रिका समान खेलमा ५ मा जित र १ मा हारसहित ११ अंकका साथ दोस्रो स्थानमा रह्यो । इंग्ल्यान्ड ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा रह्यो । वेस्टइन्डिज ७ खेलमा ३ मा जित र ३ मा हारसहित चौथो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको थियो । बंगलादेश भने ७ खेलमा १ मा जित र ६ मा हारसहित सातौं स्थानमा रहेर बाहिरियो ।

पहिलो सेमिफाइनलमा अष्ट्रेलिया र वेस्टइन्डिजबीच मार्च ३० मा प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच ३१ मार्चमा दोस्रो सेमिफाइनल हुनेछ । फाइनल अप्रिल ३ मा हुनेछ ।

December 16, 2024

पाकिस्तानलाई हराउॅंदै नेपाल सुपर ४ मा

काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले सुपर ४ मा स्थान बनाएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु१९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको हो । पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिँदा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा […]

December 16, 2024

नेपालले पाकिस्तानबाट पायो प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपाललाई पाकिस्तान यु१९ ले प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । मलेसियामा जारी खेलमा नेपाल यु १९ ले पाकिस्तानबाट १ सय ५ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको हो । पाकिस्तानका लागि […]

December 16, 2024

एनपिएलको प्लेअफ समीकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ समीकरण पूरा भएको छ । एनपिएलको लिग चरणको अन्तिम खेल सोमवार समाप्तिसँगै प्लेअफ समीकरण पूरा भएको हो । लिग चरणको समाप्तिमा सुदूरपश्चिम रोयल्स शीर्षमा, जनकपुर बोल्ट्स दोस्रोमा , चितवन राइनोज तेस्रो र कर्णाली याक्स चौथोमा रहेर प्लेअफमा छनोट भए । एनपिएलको प्लेअफको पहिलो खेल बुधवार बिहान […]

Success

Thank you for your time.