3 years ago
March 26, 2022
एजेन्सी – पूर्व कप्तान महेन्द्रसिंह धोनीको परिपक्क अर्धशतकको सहयोगमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को उद्धघाटन कोलकाता नाइट राइडर्सलाई १ सय ३२ रनको मध्यम लक्ष्य दिएको छ ।
वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३१ रन बनायो । चेन्नईका पूर्व कप्तान महेन्द्रसिंह धोनी ३८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५० रनमा अविजित रहे । चेन्नईमा पहिलो पटक धोनी कप्तान विनाको भूमिकाबाट खेलेका हुन् ।
२००८ देखि कप्तानी गर्दै आएका धोनीले यस सिजनमा रविन्द्र जडेजालाई हस्तान्तरण गरेका छन् । डेब्यू कप्तानी गरेका जडेजा २८ बलमा १ छक्कासहित २६ रनमा अविजित रहे । खराब प्रदर्शन गरेको चेन्नईलाई छैटौं विकेटका लागि धोनी र जडेजाले ७० रनको अविजित साझेदारी गरेका थिए । रोबिन उथप्पाले २१ बलमा २ चौका र २ छक्कासहित २८ रन बनाए ।
तीव्र गतिका बलर उमेश यादवले पहिलो ओभरको तेस्रो बलमा ओपनर ऋतुराज गायकवाडलाई शून्यमा नितिश राणाबाट क्याच गराए । युवा स्टार गायकवाड एज लागेर स्लिपमा क्याच हुन पुगे । यादवकै चौथो ओभरको पहिलो बलमा डेभन कन्वे कप्तान श्रेयस ऐरबाट ३ रनमा क्याच भए ।
स्पिनर बरुण चक्रवर्तीको बलमा उथप्पा विकेटकिपर शेल्डन ज्याकसनबाट स्टम्पिङ आउट भए । अम्बाती रायूडु १५ रनमा रन आउट हुँदा शिवम दुबे ३ रनमा क्याच आउट भए । कोलकाताका उमेश यादवले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । बरुण चक्रवर्ती र आन्द्रे रसेलले १–१ विकेट लिए ।
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले सुपर ४ मा स्थान बनाएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु१९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको हो । पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिँदा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा […]
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपाललाई पाकिस्तान यु१९ ले प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । मलेसियामा जारी खेलमा नेपाल यु १९ ले पाकिस्तानबाट १ सय ५ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको हो । पाकिस्तानका लागि […]
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ समीकरण पूरा भएको छ । एनपिएलको लिग चरणको अन्तिम खेल सोमवार समाप्तिसँगै प्लेअफ समीकरण पूरा भएको हो । लिग चरणको समाप्तिमा सुदूरपश्चिम रोयल्स शीर्षमा, जनकपुर बोल्ट्स दोस्रोमा , चितवन राइनोज तेस्रो र कर्णाली याक्स चौथोमा रहेर प्लेअफमा छनोट भए । एनपिएलको प्लेअफको पहिलो खेल बुधवार बिहान […]