3 years ago
March 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पहिलो पटक द्विपक्षीय ओडिआई सिरिजमा क्लिनस्विप हार बेहोर्न पुगेको छ । नेपाल पपुवा न्युगिनीसँग घरेलु मैदान टियुमा दुबै खेलमा पराजित भएपछि क्लिनस्विप बेहोर्न पुग्यो ।
नेपाल पहिलो खेलमा पपुवा न्युगिनीसँग ६ रन र दोस्रो खेलमा ३ विकेटले पराजित भयो । यसअघि नेपालले तीन द्विपक्षीय सिरिज खेलेपनि क्लिनस्विप र गुमाउनु परेको थिएन । नेपालले २०१८ मा नेदरल्यान्ड्ससँग दुई ओडिआई खेलको सिरिज खेलेको थियो । नेपालले २०१८ अगष्ट १ मा नेदरल्यान्ड्ससँग ऐतिहासिक ओडिआईमा डेब्यू गरेको थियो । उक्त खेलमा नेपाल ५५ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल १ रनले विजयी हुँदा सिरिज १–१ को बराबरीमा सकेको थियो ।
नेपालले २०१९ को सुरुवातमा युएईसँग तीन ओडिआई खेल खेलेको थियो । उक्त सिरिज नेपालले २–१ ले जितेको थियो । जुन नेपालले जितेको पहिलो ऐतिहासिक सिरिज थियो । उक्त सिरिजमा नेपाल पहिलो खेलमा ३ विकेटले हार्दा दोस्रोमा १ सय ४५ रन र तेस्रोमा ४ विकेटले विजयी भएको थियो ।
आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको क्रममा नेपालले गत सेप्टेम्बरमा ओमानमा पपुवा न्युगिनीसँग दुई खेल खेलेको थियो । उक्त सिरिज नेपालले २–० ले जितेको थियो । नेपाल पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा १ सय ५१ रनले विजयी भएको थियो ।
नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज पनि खेल्दै आएको छ ।
उक्त सिरिजमा पनि नेपाल हालसम्म जित बिहीन बन्नु परेको छैन । नेपालले दुबै खेलमा ब्याटिङमा सानदार प्रदर्शन गरेपनि बलिङ नचल्दा पराजित भएको हो । नेपालले पहिलो खेलमा २ सय ९३ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा ८ विकेट गुमाउँदै २ सय ८६ रन बनाएको थियो । रोहित पौडेलले १ सय ७ बलमा ७ चौका र ४ छक्कासहित १ सय २६ रनको शतकीय इनिङ खेलेका थिए । तर अन्तिममा फिनिसिङमा चुक्दा नेपाल झिनो अन्तरले पराजित भयो ।
दोस्रो खेलमा नेपालले पहिला ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा २ सय ७८ रन बनाएको थियो । दीपेन्द्रसिंह ऐरीले १ सय ४० बलमा ७ चौकासहित १ सय ५ रनको शतकीय इनिङ खेलेका थिए । देव खनालले ८६ बलमा ४ चौका र ३ छक्कासहित ७२ रनको इनिङ खेले । उक्त लक्ष्य पपुवा न्युगिनीले ७ विकेट गुमाउँदै ४८.४ ओभरमा पूरा गर्यो ।
पपुवा न्युगिनीले यसअघि २०१४ मा हङकङविरुद्ध दुई ओडिआई सिरिजमा पनि क्लिनस्विप गरेको थियो । त्यसपछि पपुवा न्युगिनीले पहिलो ओडिआई सिरिज जित्न सफल भएको छ ।
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनलमा स्थान बनाउँन जनकपुर बोल्ट्सले कर्णाली याक्सबाट सामान्य लक्ष्य पाएको छ । जारी दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीबाट १ सय १९ रनको लक्ष्य पाएको हो । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको सामान्य योगफल […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण नतिजा विहीन भएको छ । नेपाल र श्रीलंकाबीचको खेल बिहीवार वर्षाका कारण नतिजा विहीन भएको हो । यसका साथै दुवै टोलीले १-१ अंक बाडेका छन् । नेपालले समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण रोकिएको छ । समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको थियाे । नेपालले सुपर फोरको पहिलो खेलमा श्रीलंकाको यु १९ टोलीसँग पहिलो खेल खेलिरहेको थियो । टस जितेर बलिङ गरिरहेको नेपालले पहिलो ओभरको समाप्तीमा […]