default_image

2 years ago

March 26, 2022

चितवनलाई भरतपुर मेयर कप तीन दिवसीय क्रिकेट उपाधि

280 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद)– चितवनमा सम्पन्न प्रथम भरतपुर मेयर कप तीन दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि चितवनले जितेको छ । २ सय २३ रनको लक्ष्य पछ्याएको मकवानपुर आज अन्तिम दिन ३७ ओभरमा १ सय ४४ रनमा अलआउट भएपछि चितवन ७८ रनले विजयी भएको हो ।

दोस्रो इनिङमा मकवानपुरका लागि आकाश घिमिरेले ४७ र गौरव खड्काले ३४ रन बनाए । चितवनका लागि गौतम केसीले ११ ओभरमा ४७ रन खर्चिदै ६ विकेट लिए । त्यस्तै कृजन गुरुङले १५ ओभरमा ४४ रन खर्चिदै ३ विकेट लिए । पहिलो इनिङमा चितवनले ५५ ओभरमा ९ विकेटको क्षतिमा १ सय ७६ रन बनाउँदै इनिङ समाप्तीको घोषणा गरेको थियो । टोलीका लागि कप्तान दिपेश श्रेष्ठले ६७ र गौतम केसीले ३५ रन बनाएका थिए ।

मकवानपुरका लागि कप्तान रामनरेश गिरीले १३ ओभरमा ३३ रन खर्चिदै ५ विकेट लिए । त्यस्तै सुर्वण भट्टले १३ ओभर ३३ रन खर्चिदै ३ विकेट लिए । पहिलो इनिङमा मकवानपुर १ सय ३८ रनमा अलआउट भएको थियो । टोलीका लागि रामनरेश गिरीले ३१ र गौरव खड्काले २९ रन बनाएका थिए । पहिलो इनिङमा चितवनका लागि कृजन गुरुङले १४ ओभरमा २८ रन खर्चिएर ५ विकेट लिए । त्यस्तै गौतम केसीले १०.४ ओभरमा २ विकेट लिए ।

प्रतियोगितामा मकवानपुरका रामनरेश गिरीले सर्वाधिक ११ विकेट लिए भने चितवनका गौतम केसीले ८ विकेट लिदै प्लेयर अफ दि म्याच घोषित भए । चितवनका कृजन गुरुङले ८ विकेट लिए भने चितवनका प्रतिक श्रेष्ठले प्रतियोगितामा सर्वाधिक ९७ रन बनाए ।

भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरिन् । उपप्रमुख शाहले यस प्रकारको प्रतियोगिताले खेलाडीहरुलाई उत्कृष्ट प्रदर्शन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले भरतपुर महानगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेको भन्दै आगामी दिनमा पनि यस्तै सहयोग जारी राख्ने आश्वासन दिइन् ।

शाहले हाल अवरुद्ध रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य छिट्टै अघि बढाईने बताइन् । कार्यक्रम नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रा.लि.का अध्यक्ष राजु चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतियोगिताको प्रवद्र्धक संस्थामा भरतपुर महानगरपालिका रहेको थियो भने चितवन जिल्ला क्रिकेट संघले समन्वय गरेको थियो । यसप्रतियोगिता समापन भएलगत्तै सोमबारदेखि सोही खेलमैदानमा भरतपुर मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिता–२०७८ सुरु हुँदैछ । प्रतियोगिताको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले उद्घाटन गर्ने बताइएको छ ।

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

June 30, 2024

टि ट्वान्टी आईबाट विराटको सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका ब्याटर विराट कोहलीले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यासको‌ घोषणा गरका छन्। भारतलाई दोस्रो पटक टि ट्वान्टी विश्वकप उपाधि जिताउने क्रममा विराटले प्लेयर अफ दि म्याच प्रदर्शन गरेका थिए। सेमिफाइनलसम्म नचलेका कोहलीले फाइनलमा ५९ बलमा ६ चौका र २ छक्कासहित ७६ रन बनाएका थिए। भारतले १७ वर्षपछि टि ट्वान्टी र १३ […]

Success

Thank you for your time.