default_image

3 years ago

March 25, 2022

रोहितको सानदार शतकका बाबजुद नेपालको नाटकीय हार

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर रोहित पौडेलको सानदार कीर्तिमानी शतकका बाबजुद नेपाल पपुवा न्युगिनीसँग पहिलो ओडिआई खेलमा ६ रनले पराजित भएको छ ।

२ सय ९३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८६ रन बनायो । रोहितले १ सय ७ बलमा ७ चौका र ४ छक्कासहित १ सय २६ रनको सानदार कीर्तिमानी शतकीय इनिङ खेलेपनि टोलीको झिनो हार टार्न सकेनन् । नेपालको यो ओडिआई इतिहासकै सर्वाधिक ठूलो योगफल हो । ओडिआईमा यसअघि २०१९ मा युएईविरुद्ध २ सय ५५ रन थियो । पपुवा न्युगिनीसँग नेपालको ओडिआईमा पहिलो हार पनि हो ।

नेपाललाई जितको लागि अन्तिम ६ बलमा १० रन चाहिँएको थियो । नर्मन भानुवाले ३ रन दिँदै जित पक्का गराए । पहिलो बल योर्कर राख्दा कमलले एक रन बटुलेका थिए । दोस्रो बल सोमपालले डट खेले । तेस्रो बलमा लेग वाइको रुपमा एक रन बटुले । चौथो बल कमलले डट खेलेपछि नेपाललाई २ बलमा ८ रन चाहिँएको थियो । पाँचौं बलमा कमलले लङअफमा प्रहार गर्दै एक रन प्रहार गरे । अन्तिम बलमा जितको लागि ७ रन चाहिँएको थियो । अन्तिम बलमा सोमपालले एक रन बटुले पनि ५ रनले पराजित हुन पुग्यो । सोमपाल र कमल १८–१८ रनमा अविजित रहे ।

रोहितले ९१ बलमा ७ चौका र २ छक्का सहित नेपालबाट ओडिआईमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका थिए । यसअघि २०१९ मा पारस खड्काले युएईविरुद्ध तेस्रो ओडिआई खेलमा १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए । रोहित अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट सर्वाधिक रन बनाउने ब्याटर हुन् । रोहित स्पिनर असाद भालाको ४६ औं ओभरको दोस्रो बलमा मिड विकेटमा चाल्र्स अमिनीले एक हातले उत्कृष्ट क्याच लिएपछि आउट भएका थिए ।

कमजोर सुरुवात गरेको नेपाललाई पाँचौं विकेटका लागि आरिफ शेख र रोहितले १ सय ४ रनको शतकीय साझेदारी गरेका थिए । ओडिआईमा नेपालको कुनैपनि विकेटका लागि भएको सर्वाधिक साझेदारी हो । यसअघि पपुवा न्युगिनीसँग पहिलो ओडिआई खेलमा पाँचौं विकेटका लागि नै १ सय रनको शतकीय साझेदारी गरेका थिए ।

आरिफ असाद भालाको बलमा ६४ बलमा २ चौकासहित ३४ रनमा कट एण्ड बोल्ड आउट भए । ओपनर अनिल शाह र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७.३ ओभरमा ३६ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर नर्मन भानुआले सेसे बाउटबाट अनिललाई ६ रनमा क्याच आउट गराए । लगत्तै नवौं ओभरको अन्तिम बलमा डेब्यू खेल खेलेका देव खनाल शून्यमा क्याच आउट भए ।

नोसिना पोकनाको बलमा ठूलो सट खेल्ने धुनमा मिडअनमा देव हिरि हिरीबाट क्याच आउट भए । १० औं ओभरको पहिलो बलमा भानुआले भुर्तेललाई ३२ रनमा बोल्ड आउट गरेपछि नेपालले खराब सुरुवात गरेको छ । भुर्तेल २८ बलमा ६ चौका प्रहार गरे । मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरी स्पिनर चाल्र्स अमिनीको स्वलो बलमा कभरमा जेसन किलाबाट १५ रनमा क्याच आउट भए ।


तल्लोक्रमका भीम सार्की १७ र पवन सरार्फ ७ रनमा आउट भए । पपुवा न्युगिनीका नर्मन भानुआले सर्वाधिक तीन विकेट लिए । चाल्र्स अमिनी र असाद भालाले २–२ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९२ रन बनाएको थियो । ओडिआईमा पपुवा न्युगिनीको बनाएको यो हालसम्मकै ठूलो योगफल हो । यसअघि पपुवा न्युगिनीको ओडिआईमा सर्वाधिक ठूलो योगफल २०१४ मा हङकङविरुद्ध २ सय ६४ रन थियो ।

पपुवा न्युगिनीलाई कीर्तिमानी लक्ष्यमा पुर्याउन मध्यक्रमका ब्याटर चाल्र्स अमिनीले १ सय ३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ७७ रनको इनिङ खेले । नर्मनले २८ बलमा ४ चौका र ३ छक्का सहित ४७ आक्रामक इनिङ खेल्दै कीर्तिमानी योगफलमा पुर्याए । कप्तान असाद भाला ५५ बलमा ११ चौकासहित ६० रनमा आउट भए ।

तीव्र गतिका बलर सोमपाल कामीले चौथो ओभरको अन्तिम बलमा ओपनर हिरी हिरीलाई विकेटकिपर अनिल शाहबाट ४ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए । दोस्रो विकेटका लागि भाला र टोनी उराले ४९ रनको साझेदारी गरे ।

स्पिनर दीपेन्द्रसिंह ऐरीको १३ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका ओपनर टोनी उरा लङअनमा भीम सार्कीबाट ४७ बलमा ६ चौकासहित ३८ रनमा क्याच भए । तेस्रो विकेटका लागि अमिनी र भालाले ७३ रनको साझेदारी गरेपछि पपुवा न्युगिनीले मजबुत सुरुवात गरेको थियो । २६ औं ओभरको पहिलो बलमा दीपेन्द्रले भालालाई बोल्ड गर्दै साझेदारी तोडे । सन्दीपको २७ औं ओभरको पाँचौं बलमा ठूलो सट खेलेका सेसे बाउ शून्यमा कुशल भुर्तेलबाट क्याच आउट भए ।

दीपेन्द्रले १० ओभरमा १ मेडनसहित ३० रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा ८१ रन खर्चेर २ विकेट लिए । सन्दीपले १० ओभरमा ६२ रन खर्चेर १ विकेट लिए । पवन सरार्फले ५ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । कमलसिंह ऐरीले ९ ओभरमा ५६ रन खर्चेर २ विकेट लिए । दोस्रो खेल नेपालले शनिबार खेल्नेछ ।

December 14, 2024

पोखरालाई हराउँदै काठमाडौंको प्लेअफ नजिक

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर स्टेफन स्किनाजीको अर्धशतकमा पोखरा एभेन्जर्सविरुद्ध शनिवार सहज निकाल्दै काठमाडौं गुर्खाज नेपाल प्रिमियर लिग(एनपिएल) को प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा काठमाडौंले पोखरामाथि ६ विकेटको सहज जित हात पार्यो । १ सय ३९ रनको मध्यम लक्ष्य काठमाडौंले १४.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । काठमार्डौका ओपनर स्किनाजीले सर्वाधिक […]

December 14, 2024

काठमाडौंले पोखराबाट पायो मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को शनिवारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध काठमाडौं गुर्खाजले मध्यम लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा जारी खेलमा काठमाडौंले पोखराबाट १ सय ३९ रनको मध्यम लक्ष्य पाएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रनको मध्यम योगफल तयार गरेको […]

December 14, 2024

हेन्ड्रिक्सको शतकसँगै दक्षिण अफ्रिकालाई सिरिज

एजेन्सी – ओपनर रिजा हेन्ड्रिक्सको शतकमा घरेलु टोली दक्षिण अफ्रिकाले दोस्रो टि ट्वान्टी आईमा पनि शुक्रवार पाकिस्तानलाई‌ पराजित गरेको छ। योसँगै दक्षिण अफ्रिकाले अन्तिम खेलअघि नै सिरिज जितेको छ। दक्षिण अफ्रिकाले पाकिस्तानमाथि ७ विकेटको जित हात पार्यो । २ सय ७ रनको फराकिलो लक्ष्य १९.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रिकाको जितमा […]

Success

Thank you for your time.