3 years ago
March 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दुई अर्धशतक र नर्मन भानुआको आक्रामक ब्याटिङमा पपुवा न्युगिनीले पहिलो ओडिआई खेलमा घरेलु टोली नेपाललाई २ सय ९३ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९२ रन बनायो । ओडिआईमा पपुवा न्युगिनीको बनाएको यो हालसम्मकै ठूलो योगफल हो । त्यस्तै नेपालविरुद्ध पपुवा न्युगिनी ओडिआईमा सर्वाधिक रन बनाउने टोली पनि बनेको छ ।
यसअघि ओडिआईमा २०१९ मा युएईले तेस्रो ओडिआई खेलमा नेपालविरुद्ध २ सय ५४ रन बनाएको थियो । जुन नेपालले ओडिआईमा पाएको सर्वाधिक ठूलो लक्ष्य थियो ।
तर पारस खड्काको १ सय १५ रनको ऐतिहासिक शतकको सहयोगमा नेपालले उक्त लक्ष्य ४४.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । जुन नेपालले ओडिआईमा पूरा गरेको र बनाएको हालसम्मको सर्वाधिक ठूलो योगफल रहँदै आएको थियो । त्यस्तै पपुवा न्युगिनीको यो ओडिआई इतिहासकै ठूलो योगफल हो । यसअघि पपुवा न्युगिनीको ओडिआईमा सर्वाधिक ठूलो योगफल २०१४ मा हङकङविरुद्ध २ सय ६४ रन थियो ।
पपुवा न्युगिनीलाई कीर्तिमानी लक्ष्यमा पुर्याउन मध्यक्रमका ब्याटर चाल्र्स अमिनीले १ सय ३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ७७ रनको इनिङ खेले । अमिनीको अन्तर्राष्ट्रिय करिअरको उत्कृष्ट प्रदर्शन हो ।
४५ औं ओभरको पहिलो बलमा कमलसिंह ऐरीको बलमा अमिनीलाई ब्यक्तिगत ७० रनमा क्याच ड्रप गर्दै आरिफले जीवनदान दिए । तल्लोक्रममा नर्मनले २८ बलमा ४ चौका र ३ छक्का सहित ४७ आक्रामक इनिङ खेल्दै कीर्तिमानी योगफलमा पुर्याए ।
कप्तान असाद भाला ५५ बलमा ११ चौकासहित ६० जोड्दै राम्रो सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर सोमपाल कामीले चौथो ओभरको अन्तिम बलमा ओपनर हिरी हिरीलाई विकेटकिपर अनिल शाहबाट ४ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए । दोस्रो विकेटका लागि भाला र टोनी उराले ४९ रनको साझेदारी गरे ।
स्पिनर दीपेन्द्रसिंह ऐरीको १३ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका ओपनर टोनी उरा लङअनमा भीम सार्कीबाट ४७ बलमा ६ चौकासहित ३८ रनमा क्याच भए । तेस्रो विकेटका लागि अमिनी र भालाले ७३ रनको साझेदारी गरेपछि पपुवा न्युगिनीले मजबुत सुरुवात गरेको थियो ।
२६ औं ओभरको पहिलो बलमा दीपेन्द्रले भालालाई बोल्ड गर्दै साझेदारी तोडे । सन्दीपको २७ औं ओभरको पाँचौं बलमा ठूलो सट खेलेका सेसे बाउ शून्यमा कुशल भुर्तेलबाट क्याच आउट भए ।
दीपेन्द्रले १० ओभरमा १ मेडनसहित ३० रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा ८१ रन खर्चेर २ विकेट लिए । सन्दीपले १० ओभरमा ६२ रन खर्चेर १ विकेट लिए । पवन सरार्फले ५ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । कमलसिंह ऐरीले ९ ओभरमा ५६ रन खर्चेर २ विकेट लिए ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]