3 years ago
March 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पपुवा न्युगिनीसँग दुई ओडिआई सिरिज अन्तर्गत पहिलो पटक घरेलु मैदान टियुमा पहिलो खेल आज खेल्दैछ । खेल बिहान ९ बजे टियु मैदानमा हुनेछ । नेपाल घरेलु मैदान र समर्थकको दुबै फाइदा उठाउँदै उत्कृष्ट क्रिकेटका साथ लगातार छैटौं जित हात पार्ने सोचमा छ ।
पपुवा न्युगिनीलाई नेपालको मैदान र समर्थक सामू खेल्न केहि कठिन हुनसक्छ । पपुवा न्युगिनीका कप्तान असाद भालाले नेपाली समर्थक सामु खेल्न निकै उत्साहित रहेको बताएका छन् । यसअघि पपुवा न्युगिनी सन् १९९८ मा एसिसी ट्रफी खेल्न नेपाल आएको थियो । तर नेपालसँग भने खेलेको थिएन । त्यसैले टियुमा पपुवा न्युगिनीले पहिलो पटक नेपालसँग खेल्दैछ । यसै साता नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई २ विकेट र ७ विकेटले हराएको थियो ।
गत असोजमा दुबै ओडिआई खेलमा नेपाल २ विकेट र १ सय ५१ रनले हराएको थियो । २०१८ मा नेपालले एकदिवसिय विश्वकप छनोटमा जिम्बावेमा पपुवा न्युगिनीलाई ६ विकेटले हराउँदै ओडिआई मान्यता पाएको थियो । त्यसपछि नेपालले पपुवा न्युगिनीसँग हार बेहोरेको छैन । नेपाल पपुवा न्युगिनीमाथि लगातार छैटौं जित निकाल्ने सोचमा हुनेछ ।
टियुको बाउन्ड्री छोटो र ब्याटिङ उपयोगी पिच छ । त्यसैले नेपालले बलियो योगफल बनाउन सक्छ । नेपालले पछिल्लो खेलबाट तीन वा चार खेलाडी परिवर्तन गर्ने सम्भावना छ । ओपनर आसिफ शेख टोलीमा छैनन् । त्यसैले युवा ब्याटर देव खनालले नेपालको लागि डेब्यू गर्ने सम्भावना छ ।
अर्का ओपनरको रुपमा अनिल शाह छन् । विकेटकिपर विनोद भण्डारी टोलीमा नहुँदा अनिल तल्लोक्रममा खेल्नसक्छन् । अनिल २०१८ पछि टोलीमा फर्किएका हुन् । नेपाली विकेटकिपरका भविष्य मानिएका अनिल पाएको अवसरलाई सदुपयोग गर्ने सोचमा छन् । घरेलु क्रिकेटमा कभर ड्राइभ र आत्माविश्वासी मानिएका देव ठूलो इनिङ खेल्न सक्छन् ।
नेपालले आजको खेलमा पवन सरार्फलाई बेन्चमा राख्दै प्रमुख स्पिनर सागर ढकाललाई खेलाउने सम्भावना छ । टियुको पिच स्पिनर सहयोगी हुँदा नेपाल प्रमुख दुई स्पिनरका साथ मैदान उत्रनसक्छ । टोलीमा करण केसी छैनन् । त्यसैले उनको स्थानमा विक्रम सोबलाई खेलाउने सम्भावना छ । भीम सार्कीले डेब्यू गरेपनि खेल्ने अवसर पाएका थिएनन् । त्यसैले भीमलाई निरन्तरता दिने सम्भावना छ ।
नेपालका शीर्षक्रमका ब्याटर कुशल भुर्तेल, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारीका साथ ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ । आरिफ राम्रो लयमा छन् । दीपेन्द्रको युएई भ्रमण सम्झन लायक थिएन । दीपेन्द्रलाई घरेलु मैदानबाट उच्च प्रदर्शन गर्दै मनोबल फिर्ता ल्याउने समय पनि हुनेछ ।
भुर्तेलले अन्तिम खेलमा अर्धशतक प्रहार गरेपनि अन्य खेलमा प्रदर्शन सम्झन लायक थिएन । आरिफ भने राम्रो लयमा छन् । रोहित, अनिल र भीमको प्रदर्शन महत्वपूर्ण हुनेछ । तल्लोक्रममा सोमपाल कामीबाट पनि ब्याटिङको आशा गर्न सकिन्छ । रोहित, दीपेन्द्र र सन्दीप नेपालका प्रमुख हतियार हुन् । गैर जिम्मेवारी ब्याटिङ ठूलो समस्या बन्दै आएको छ ।
पपुवा न्युगिनीका ओपनर टोनी उरा र लेगा सियाका लामो समय देखि चल्न सकेका छैनन् । टियुको ब्याटिङ पिच यी दुई ओपनरको लागि उपयोगी हुनसक्छ । कप्तान असाद भाला र चाल्र्स अमिनी पपुवा न्युगिनीका प्रमुख ब्याटर हुन् । यी दुई खेलाडीको विकेट निकै महत्वपूर्ण हुनेछ । तल्लोक्रममा नर्मन भानुवा पनि राम्रो ब्याटिङ गर्ने गर्दछन् ।
एलि नाओ र काबु मोरेरा पपुवा न्युगिनीका प्रमुख तीव्र गतिका बलर हुन् । नेपालले घरेलु मैदानमा दुई वर्षपछि ओडिआई खेल खेल्नेछ । २०२० मा नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसँग खेलेको थियो । अन्तिम खेलमा नेपालले अमेरिकालाई ३५ रनमै अल आउट गरेको थियो ।
हेड टु हेड :
ओडिआईमा नेपाल र पपुवा न्युगिनीबीच चार खेल भएका छन् । चारै खेलमा नेपाल विजयी भएको छ ।
लाइभ : लाइभ कान्तिपुर टेलिभिजन र युटुबबाट हेर्न सकिनेछ ।
मौसम : आज काठमाडौंको तापक्रम १३ डिग्री सेल्सियस देखि २७ सम्म छ । वर्षाको सम्भावना छैन ।
सम्भावित कीर्तिमान :
कप्तान सन्दीपले २ विकेट लिएमा ओडिआईमा ५० विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी बन्नेछन् । सन्दीपले २० खेलमा ४८ विकेट लिएका छन् । विश्वका सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने दोस्रो बलर बन्नेछन् । रोहितलाई नेपालबाट सर्वाधिक ओडिआई रन बनाउने ब्याटर बन्न १८ रन आवश्यक छ । रोहितले ४ सय ६२ रन बनाउँदा शीर्ष स्थानका ज्ञानेन्द्र मल्लले ४ सय ८० रन बनाएका छन् । रोहितले एक अर्धशतक प्रहार गरे नेपालबाट ओडिआईमा सर्वाधिक ५ अर्धशतक प्रहार गर्ने ब्याटर पनि बन्नेछन् ।
नेपाल र पपुवा न्युगिनीबीच दुई ओडिआई खेलको टिकट मूल्य १ सय ५० रुपैयाँ तोकिएको छ । ओडिआई खेलको प्लेयर अफ द म्याचले १ सय ५० डलर अमेरिकी डलर (१८ हजार ३ सय नेपाली रुपैयाँ) पाउनेछन् । ओडिआईको प्लेयर अफ द सिरिजले ३ सय अमेरिकी डलर (३६ हजार ६ सय रुपैयाँ) पाउनेछन् ।
नेपालको ओडिआई टोली :
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, अनिल शाह, विक्रम सोब, सुशान भारी, रोहित पौडेल, पवन सरार्फ, देव खनाल, गुलशन झा र भीम सार्की ।
नेपालको त्रिकोणात्मक टि२० आई सिरिज खेल्ने टोली :
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाश बोहरा, विवेक यादव, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल अन्सारी ।
नेपाल र पपुवा न्युगिनीबीचको दुई ओडिआई सिरिज
चैत ११ (मार्च २५ नेपालविरुद्ध पपुवा न्युगिनी, टियु मैदान
चैत १२ (मार्च २६) नेपालविरुद्ध पपुवा न्युगिनी, टियु मैदान
दुबै ओडिआई बिहान ९ बजेदेखि सुरु हुनेछन् ।
टि२० त्रिकोणात्मक सिरिज
चैत १४ (मार्च २८) – नेपालविरुद्ध पपुवा न्युगिनी, दिउँसो १२:३०
चैत १६ ( मार्च ३०) – नेपालविरुद्ध मलेसिया, दिउँसो १२:३०
चैत १७ (मार्च ३१) – नेपालविरुद्ध पपुवा न्युगिनी, दिउँसो १२: ३०
चैत १९( अप्रिल २) – नेपालविरुद्ध मलेसिया, दिउँसो १२: ३०
चैत २१ ( अप्रिल ४) – फाइनल शीर्ष दुई टोली, दिउँसो १२: ३०
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ । बिहीवार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुर २ विकेटका जितका साथ फाइनल प्रवेश गरेको हो । कर्णालीले दिएको १ सय १९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । जनकपुरको जितमा जेम्स निशमले सर्वाधिक […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनलमा स्थान बनाउँन जनकपुर बोल्ट्सले कर्णाली याक्सबाट सामान्य लक्ष्य पाएको छ । जारी दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीबाट १ सय १९ रनको लक्ष्य पाएको हो । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको सामान्य योगफल […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण नतिजा विहीन भएको छ । नेपाल र श्रीलंकाबीचको खेल बिहीवार वर्षाका कारण नतिजा विहीन भएको हो । यसका साथै दुवै टोलीले १-१ अंक बाडेका छन् । नेपालले समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको […]