default_image

3 years ago

March 24, 2022

क्यानद्वारा दुई सिरिज १ करोड २० लाखमा विक्री

190 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि घरेलु मैदानमा हुने दुई सिरिजको व्यापारिक, टिकट र प्रसारण अधिकार सन्बी होल्डिङ्ग्सलाई १ करोड २० लाख रुपैयाँमा विक्री गरेको छ ।

क्यानले पपुवा न्युगिनीसँग हुने दुई ओडिआई खेल तथा पपुवा न्युगिनी र मलेसियासँग हुने त्रिकोणात्मक टि२० आई सिरिजको सम्पूर्ण टिकट, व्यापारिक र प्रसारण अधिकार एकमुष्ठ उक्त कम्पनीलाई विक्री गरेको हो । क्यानका कोषअध्यक्ष रोशन सिंहका अनुसार दुई सिरिजको कुल खर्च १ करोड ४२ लाख ६० हजार रहनेछ ।

सन्बी होल्डिङ्ग्सले १ करोड २० लाख रुपैयाँमा अधिकार खरिद गरेको छ । बाँकी २२ लाख क्यानले आफैंले बेहोर्नेछ । प्रतियोगिता प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्नेछ । नेपाल र पपुवा न्युगिनीबीच दुई ओडिआई खेलको टिकट मूल्य १ सय ५० रुपैयाँ तोकिएको छ ।

ओडिआई खेलको प्लेयर अफ द म्याचले १ सय ५० डलर अमेरिकी डलर (१८ हजार ३ सय नेपाली रुपैयाँ) पाउनेछन् । ओडिआईको प्लेयर अफ द सिरिजले ३ सय अमेरिकी डलर (३६ हजार ६ सय रुपैयाँ) पाउनेछन् । टि२० आईको प्लेयर अफ द म्याचले १ सय अमेरिकी डलर (१२ हजार २ सय नेपाली रुपैयाँ) पाउनेछन् । टि२० आई त्रिकोणात्मक सिरिजको प्लेयर अफ द म्याच ले ५ सय अमेरिकी डलर (६१ हजार १ सय नेपाली रुपैयाँ) प्राप्त गर्ने छन् ।

पपुवा न्युगिनीले पहिलो पटक नेपालमा खेल्दैछ । नेपाल र पपुवा न्युगिनीबीचको खेल शुक्रबार बिहान ९ बजे टियु मैदानमा सुरु हुनेछ ।

नेपालको ओडिआई टोली :

सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, अनिल शाह, विक्रम सोब, सुशान भारी, रोहित पौडेल, पवन सरार्फ, देव खनाल, गुलशन झा र भीम सार्की ।

नेपालको त्रिकोणात्मक टि२० आई सिरिज खेल्ने टोली :

सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाश बोहरा, विवेक यादव, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल अन्सारी ।

नेपाल र पपुवा न्युगिनीबीचको दुई ओडिआई सिरिज

चैत ११ (मार्च २५ नेपालविरुद्ध पपुवा न्युगिनी, टियु मैदान

चैत १२ (मार्च २६) नेपालविरुद्ध पपुवा न्युगिनी, टियु मैदान

दुबै ओडिआई बिहान ९ बजेदेखि सुरु हुनेछन् ।

टि२० त्रिकोणात्मक सिरिज

चैत १४ (मार्च २८) – नेपालविरुद्ध पपुवा न्युगिनी, दिउँसो १२:३०

चैत १६ ( मार्च ३०) – नेपालविरुद्ध मलेसिया, दिउँसो १२:३०

चैत १७ (मार्च ३१) – नेपालविरुद्ध पपुवा न्युगिनी, दिउँसो १२: ३०

चैत १९( अप्रिल २) – नेपालविरुद्ध मलेसिया, दिउँसो १२: ३०

चैत २१ ( अप्रिल ४) – फाइनल शीर्ष दुई टोली, दिउँसो १२: ३०

September 23, 2024

विश्व कप लिग टुमा नेपालको लगातार तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले क्यानडामा जारी आइसिसी विश्व कप लिग टुको तेस्रो खेलमा पनि हार बेहोरेको छ । सोमवार विहान सम्पन्न खेलमा घरेलु टोली क्यानडासँग नेपाल ५ विकेटले पराजित भएको छ । १ सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो । नाभिनित […]

September 23, 2024

नेपाल १ सय ८१ रनमा अलआउट, सन्दीप अर्धशतकबाट १ रनले चुके

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग टुको खेलमा क्यानडालाई १ सय ८२ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा आइतवार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा अल आउट हुँदै १ सय ८१ रन मात्र बनायो । नेपालका लागि सन्दीप लामिछानेले ४८ बलमा सर्वाधिक ४९ रन जोडे । उनले ५ चौका […]

September 22, 2024

गुलशन आउटपछि थप संकटमा नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग टुको क्यानडाविरुद्धको खेलमा सातौं विकेट गुमाएको छ । सातौ विकेटका रुपमा गुलशन झालाई गुमाएको नेपाल संकटमा परेको छ । गुलशन हर्ष ठाकरको बलमा ३४ रन बनाउँदै २७ ओभरको पहिलो बलमा आउट भए । टस जितेर ब्याटिङ गरिरहेको नेपालले २८ ओभरको समाप्तीमा ७ विकेट गुमाएर ८८ रन बनाएको छ […]

Success

Thank you for your time.