3 years ago
March 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेश धनगढीमा जारी यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता फाइनलमा पुगेको छ । समूह ए को अन्तिम खेलमा बिहीबार सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ६ विकेटले पराजित गरेपनि नेटरनरेटको कारण कर्णाली इतिहास कै पहिलो पटक फाइनलमा पुगेको हो ।
कर्णाली यसअघि कुनैपनि राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता फाइनलमा पुग्न सकेको थिएन । कर्णाली र सुदूरपश्चिमको समान ४ अंक भएपनि नेट रनरेटको कारण समूह ए बाट शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । समूह बी बाट गण्डकी प्रदेश शीर्ष स्थानमा रहँदै फाइनलमा पुगि सकेको छ । उपाधिको लागि कर्णाली र गण्डकी प्रदेशबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ ।
टस जितेर पहिला ब्याटिङ थालेको बागमती १८.३ ओभरमा ८२ रनमा अल आउट भयो । बागमतीकी हेलिसा गुरुङले २५ बलमा ३ चौकासहित २२ रन, कृष्मा गुरुङ १४ र विपिशा शाहीले ११ रन बनाइन् । सुदूरपश्चिमकी स्नेहा महरा, अनु कडायत र यशु पाण्डेले २–२ विकेट लिए । सावित्री धामी र मनिषा चौधरीको नाममा १–१ विकेट रह्यो ।
८३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले ११ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । सावित्री धामीले २४ बलमा ३ चौकासहित २३ रन बनाइन् । यशोदा विष्ट ११ बलमा २ चौकासहित १८ रनमा अविजित रहिन् । अनु ९, यशु पाण्डे १० र स्नेहा महरा ६ रन बनाइन् ।
कर्णाली ३ खेलमा २ मा जित र १ मा हार सहित शीर्ष स्थानमा रह्यो । सुदूरपश्चिम ३ खेलमा २ मा जित र १ मा हार सहित नेटरनरेटका कारण दोस्रो स्थानमा रह्यो । कर्णालीले सुदूरपश्चिमलाई ३४ रन र बागमतीलाई ९ विकेटले पराजित गरेको थियो । लुम्बिनी प्रदेशसँग ५ विकेटले पराजित भएको थियो । समूह बी मा शीर्ष स्थानमा रहेको गण्डकीले प्रदेश १ लाई १५ रन र मधेश प्रदेशलाई २० रनले पराजित भएको थियो ।
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले सेमिफाइनलमा स्थान बनाएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु१९ लाई ४ विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो । पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिदा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएको थियो। […]
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपाललाई पाकिस्तान यु१९ ले प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । मलेसियामा जारी खेलमा नेपाल यु १९ ले पाकिस्तानबाट १ सय ५ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको हो । पाकिस्तानका लागि […]
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ समीकरण पूरा भएको छ । एनपिएलको लिग चरणको अन्तिम खेल सोमवार समाप्तिसँगै प्लेअफ समीकरण पूरा भएको हो । लिग चरणको समाप्तिमा सुदूरपश्चिम रोयल्स शीर्षमा, जनकपुर बोल्ट्स दोस्रोमा , चितवन राइनोज तेस्रो र कर्णाली याक्स चौथोमा रहेर प्लेअफमा छनोट भए । एनपिएलको प्लेअफको पहिलो खेल बुधवार बिहान […]