default_image

2 years ago

March 23, 2022

दक्षिण अफ्रिकामा बंगलादेशको ऐतिहासिक जित

234 views

0 Bookmark

एजेन्सी – बंगलादेशले तेस्रो तथा अन्तिम ओडिआई खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै नयाँ इतिहास रचेको छ । योसँगै बंगलादेशले तीन ओडिआई खेलको सिरिज २–१ ले जितेको हो । बंगलादेशले दक्षिण अफ्रिकामा पहिलो पटक ओडिआई सिरिज जित्न सफल भएको हो ।

१ सय ५५ रनको सामान्य विजयी लक्ष्य बंगलादेशले २६.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । कप्तान तथा ओपनर तमिम इकबाल ८२ बलमा १४ चौकासहित ८७ रनमा अविजित रहे । लिटन दास ५७ बलमा ८ चौकासहित ४८ रनमा आउट भए । पहिलो विकेटका लागि दास र इकबालले २०.५ ओभरमा १ सय २७ रनको शतकीय साझेदारी गर्दै जित सहज बनाए ।

सकिब अल हसन २० बलमा २ चौकासहित १८ रनमा अविजित रहे । सकिबले कागिसो रबाडालाई विजयी चौका प्रहार गरेका थिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली दक्षिण अफ्रिका ३७ ओभरमा १ सय ५४ रनमा अल आउट भयो । दक्षिण अफ्रिका ओपनर जानेमान मलान ५६ बलमा ७ चौकासहित सर्वाधिक ३९ रनको योगदान दिए ।

क्विन्टन डि कक १२, डेविड मिलर १६, ड्वेन प्रेटोरिस २०, केशव महाराज २८ र कागिसो रबाडाले ४ रन बनाए । बंगलादेशका तीव्र गतिका बलर तस्किन अहमदले ९ ओभरमा ३५ रन खर्चेर ५ विकेट लिए । सकिब अल हसनले २ विकेट लिए । तस्किन प्लेयर अफ द म्याच र सिरिज दुबै चुनिए ।

बंगलादेश पहिलो खेलमा ३८ रनले विजयी हुँदा दोस्रो खेलमा ७ विकेटले पराजित भएको थियो । यी दुई देशबीच अब दुई टेस्ट खेलको सिरिज हुनेछ । पहिलो टेस्ट खेल मार्च ३१ देखि सुरुहुनेछ ।

September 20, 2024

युएईको लिग टुमा पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – युएईले आईसीसी क्रिकेट विश्वकप लिग टु मा पहिलो जित हात पारेको छ। युएईले शुक्रवार नामिबियामाथि १ विकेटको जित हात पारेको छ । विन्डोहकमा ३ सय १४ रनको लक्ष्य युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो । युएईका बिष्णु सुकुमारनले सर्वाधिक ९७ रन जोडे । उनले ९० बलमा ८ चौका […]

September 20, 2024

भारत फराकिलो अग्रतातर्फ

एजेन्सी – भारत बंगलादेशविरुद्धको पहिलो टेस्टको दोस्रो इनिङमा फराकिलो अग्रतातर्फ अघि बढेको छ । दोस्रो दिन शुक्रवार को खेल सकिदा भारतले ३ सय ८ रनको अग्रता बनाएको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश टोली भारत भ्रमणमा छ । पाहुना टोलीले १ सय ४९ रन मात्र बनाएपछि पहिलो इनिङमा २ सय २७ रनले पछि […]

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

Success

Thank you for your time.