default_image

2 years ago

March 24, 2022

आइपिएल उपाधि जित्न सक्ने ५ बलिया टोली

118 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ शनिबारदेखि भारतमा सुरु हुँदैछ । विश्वकै सर्वाधिक लोकप्रिय र धनराषि भएको आइपिएलमा यस सिजनदेखि १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

दुई नयाँ टोली थपिएसँगै आइपिएल अव समूह चरणमा हुनेछ । १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स छन् । समूह बी मा चेन्नई सुपर किंग्स, सनराइजर्स हैदराबाद, रोयल च्यालेन्जर्स बेंगलोर, पन्जाब किंग्स र गुजरात टाइटन्स छन् ।

आफ्नो समूहमा रहेका टोलीसँग सबैले दुई दुई खेल खेल्नेछन् । अर्को समूहमा रहेका टोलीसँग १-१ खेल खेल्नेछन् । एक टोलीसँग दुई बढी खेल खेल्नुपर्ने हुन्छ । यसरी कुल १४ खेल खेलेपछि प्लेअफ समिकरण भने पहिला जसरी नै हुनेछ ।

अघिल्लो महिना मेगा अक्सनबाट सबै टोलीले आफ्नो पूर्ण टोली तयार पारेका छन् । अक्सनमा खेलाडीमा गरेको लगानीले आइपिएलमा नतिजा निर्धारण गर्ने गर्दछ । सबै टोलीले ९० करोड भारु भित्रमा आफ्नो टिम निर्माण गर्नुपर्ने हुन्छ । कुनै पनि टोली कस्तो छ भनेर अनुमान गर्न त्यस टोलीमा रहेका खेलाडीलाई हेर्नुपर्छ ।

खेलाडीको पछिल्लो समयको लय, क्षमता, युवा खेलाडीको सम्भावना, प्रशिक्षक, कप्तान, व्यवस्थापन लगायत धेरै कुराले फरक पार्छ । सबै टोलीमा रहेका खेलाडीलाई हेर्दा आइपिएल २०२२ मा उपाधि जित्न सक्ने पाँच बलिया टोली यस प्रकार छन् ।

५. दिल्ली क्यापिटल्स

दिल्ली क्यापिटल्सले पछिल्लो समय लगातार राम्रो प्रदर्शन गर्दै आएको छ । पहिलो पटक उपाधि जित्ने सोचमा रहेको दिल्लीले अक्सनमा वेस्टइन्डिजका आक्रामक ब्याटर रोभम्यान पावेल, अष्ट्रेलिया डेविड वार्नर, मिचेल मार्श र बंगलादेशका मुस्ताफिजुर रहमान जस्ता म्याच विनर विश्व स्टार खेलाडीलाई किनेपछि मजबुत बनेको छ ।

दिल्लीको ओपनिङ शा र वार्नरले गर्नेछन् । दुबै आक्रामक ब्याटिङका साथ ठूलो इनिङ खेल्न सक्छन् । २०२१ मा अष्ट्रेलियाले टि२० विश्वकप जित्दा वार्नर सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । २०१६ मा हैदराबादले वार्नरको कप्तानीमा उपाधि जित्दा तीन पटक ओरेन्ज क्याप जिती सकेका छन् ।

त्यसपछि मिचेल मार्श, पावेल, ऋषभ पन्त जस्ता म्याच विनर अलराउन्डर छन् । पन्त वर्तमान समयका विष्फोटक ब्याटर हुन् । मार्शले ब्याटिङ र तीव्र गतिको बलिङ त्यतिनै उत्कृष्ट रुपमा गर्दै आएका छन् । उत्कृष्ट लयमा रहेका पावेल मध्यक्रममा स्पिनरमाथि हाबी हुँदा ठूलो इनिङ र विष्फोटक ब्याटिङको क्षमता राख्छन् ।

तल्लोक्रममा अक्षर पटेल र शार्दुल ठाकुर जस्ता अलराउन्डर हुनेछन् । तीव्र गतिका बलर एनरिच नोर्किया, ठाकुर, कमलेश नगरकोटी, मुस्ताफिजुर रहमान, चेतन सकारिया जस्ता बलर छन् । बंगलादेशका रहमानले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । सकारिया उदयीमान बलर हुन् । नोर्किया आइपिएल इतिहासकै सर्वाधिक गतीमा बलिङ गर्ने बलर हुन् । अक्षर पटेल र कुलदीप यादव स्पिनर हतियार हुन् ।

कुनैपनि टोली सफल हुन कप्तान र प्रशिक्षक पनि त्यतिनै उत्कृष्ट हुनुपर्छ । अष्ट्रेलियाका पूर्व सफल कप्तान रिकी पोन्टिङ दिल्लीका मुख्य प्रशिक्षक हुन् । पोन्टिङ वर्तमान समयका उत्कृष्ट प्रशिक्षक मानिन्छन् । उपाधिको भोक भएको दिल्ली सन्तुलन टोली र उत्कृष्ट प्रशिक्षकको सहयोगमा च्याम्पियन बन्नसक्छ ।

४. पन्जाब किंग्स

यसअघि लगातार खराब प्रदर्शन गर्दै आएको पन्जाबले अक्सनबाट मजबुत टोली निर्माण गरेको छ । पन्जाबाले अक्सनमा स्टार खेलाडी अनुबन्ध गरेको हुँदा बलियो टिम बनाएको छ । पन्जाबले अक्सनमा शिखर धवन, लियाम लिभिङस्टोन, ओडेन स्मिथ, जोनी बेयरस्टो र कासिगो रबाडा लगायतका खेलाडी किनेको थियो ।

धवन र कप्तान मयंक अग्रवालले कप्तानी ओपनिङ गर्नेछन् । जोनी बेयरस्टो, लियाम लिभिङस्टोन र शाहरुख खान जस्ता ब्याटर छन् ।लिभिङस्टोन विष्फोटक ब्याटिङका साथै लेगस्पिन र अफ स्पिन दुबै बलिङ गर्ने गर्दछन् । शाहरुख खान उत्कृष्ट फिनिसर हुन् । लिभिङस्टोन, शाहरुख खान र ओडेन स्मिथले गर्दा विष्फोटक ब्याटिङ उत्कृष्ट बनेको छ ।

राम्रो सुरुवात पाउँदा विशाल योगफलमा परिणत गर्नसक्छ । तल्लोक्रममा ओडेन स्मिथ, राज बाबा र कागिसो रबाडा हुनेछन् । वेस्टइन्डिजका युवा अलराउन्डर स्मिथ आक्रामक ब्याटिङको क्षमता राख्छन् । यू–१९ का राज बाबा पनि उपयोगी अलराउन्डर हुन सक्छन् । बाबाले यू-१९ विश्वकपमा भारतलाई उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए ।

तीव्र गतिका बलर कागिसो रबाडा पन्जाबका प्रमुख हतियार हुन् । रबाडाले आइपिएलमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । योर्कर र तीव्र गतिका माहिर रबाडाले आफ्नो उत्कृष्ट बलिङमा जित सहज बनाउन सक्छन् ।

रबाडालाई अर्शदीपसिंह र ओडेन स्मिथले साथ दिनेछन् । स्पिनरमा राहुल चाहर र हरप्रीत ब्रार छन् । ब्रार पनि राम्रो ब्याटिङ गर्न सक्छन् । रबाडा, लिभिङस्टोन, धवन र बेयरस्टो जस्ता खेलाडी हुँदा पन्जाब बलियो बनेको छ ।

३. लखनऊ सुपर जायन्ट्स

लोकेश राहुलको कप्तानीमा रहेको लखनऊमा अलराउन्डर खेलाडीको बाहुल्यता छ । टि२० क्रिकेटमा अलराउन्डर निकै महत्वपूर्ण हुन्छ । विश्व स्तरिय अलराउन्डरमा लगानी गरेको लखनऊ उपाधिको दाबेदार टोली हो । ओपनरमा राहुल र क्विन्टन डी कक छन् ।

यी दुबै म्याच विनर ओपनर हुन् । भरपर्दा ब्याटरले राहुलले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । त्यसपछि मनिष पाण्डे, मार्कस स्टोइनिस, जेसन होल्डर हुनेछन् । दीपक हुड्डा, क्रुनाल पान्ड्या, कृष्णपा गोथम, दुश्मन्था चामिरा जस्ता अलराउन्डर छन् ।

होल्डर, स्टोइनिस, आवेश खान र चामिरा तीव्र गतिको बलर हुन् । होल्डर र स्टोइनिस राम्रो ब्याटिङ गर्दछन् । दुश्मन्था पनि अन्त्य तिर ठूला सटको क्षमता राख्छन् । स्पिनरमा भारतीय लेगस्पिनर रवि विश्रोई, गोथम, पान्ड्या र हुडा छन् ।

२. राजस्थान रोयल्स

राजस्थान रोयल्स आइपिएल २०२० को उपाधिको प्रमुख दाबेदार टोली हो । राजस्थानको ब्याटिङ र बलिङ दुबै उत्कृष्ट छ । ओपनर यशस्वी जैसवाल, जस बटलर र देवदत्त पाडिक्कल शीर्ष तीन ब्याटर हुन् । इंग्ल्यान्डका आक्रामक ब्याटर बटलर एक्लै खेल जिताउन सक्ने खुबी भएका खेलाडी हुन् ।

जैसवाल र पाडिक्कलले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । मध्यक्रममा सन्जु स्यामसन, शिम्रन हेटमायर, रास्सी भान डर डुसेन र जिमी निशम छन् । तीव्र गतिका बलरमा नवदीप सैनी, प्रसिद्ध कृष्णा, ट्रेन्ट बोल्ट, नाथन कुल्टर नाइल छन् ।

स्पिनरमा युजभेन्द्र चहल र रविचन्द्रन आश्विन जस्ता खेलाडी हुँदा राजस्थान मजबुत छ । अनुभवी र युवा खेलाडीको मिश्रण हुँदा टोली मजबुत बनेको छ । बटलर, हेटमायर र स्यामसन जस्ता विष्फोटक ब्याटर टोलीमा छन् । बोल्ट, आश्विन, चहल लगायतका बलर हुँदा राजस्थान मजबुत बनेको छ ।

१. चेन्नई सुपर किंग्स

चेन्नई अनुभवी खेलाडीको बाहुल्यता भएको हो । अन्य टोली युवा खेलाडीलाई लिएर तयार पार्न खोज्छन् । जुन आफूले भने जस्तो नहुन सक्छ । तर चेन्नई प्रदर्शन र उमेर दुबैमा परिपक्क खेलाडीमाथि बढी विश्वास र लगानी गर्छ । कुनैपनि टोली सफल हुन कप्तान पनि त्यतिनै उत्कृष्ट क्षमताको हुनुपर्छ ।

जतिनै धेरै स्टार खेलाडी भएपनि उत्कृष्ट कप्तान बिना टोली सफल हुँदैन । क्रिकेटमा मैदान बाहिर र भित्र दुबैमा कप्तानको निर्णयले ठूलो प्रभाव पार्ने गर्दछ । महेन्द्रसिंह धोनी विश्व क्रिकेटकै एक उत्कृष्ट कप्तान हुन् । धोनीको कप्तानीमा चार पटक च्याम्पियन बनेको चेन्नई इतिहासमा एक पटक मात्र लिगबाट बाहिरिएको छ ।

धोनी आफूसँग उपलब्ध खेलाडीलाईनै समेटर बलियो टोली बनाउने गर्दछ । धोनी स्टार अनुबन्ध भन्दा पनि खेलाडीलाई आफैं स्टार बनाउने गर्दछन् । त्यसैले धोनीको कप्तानीमा खेल्ने धेरै खेलाडीको सपना हुन्छ । उनको उत्कृष्ट कप्तानी सामु विपक्षी टोली निराश बन्ने गर्दछन् ।

कप्तान मात्र होईन टोली अनुभवी खेलाडीले भोरिएको छ । साविक विजेता चेन्नईमा युवा स्टार ऋतुराज गायकवाड, डेभन कन्वे, रोविन उथप्पा र अम्बाती रायुडू शीर्षक्रमका ब्याटर हुन् । न्युजिल्यान्डका स्टार ब्याटर कन्वेको आगमनमा चेन्नईको शीर्षक्रम ब्याटिङ मजबुत बनेको छ । कन्वेले अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

भारतीय ओपनरका भविष्य गायकवाडले पछिल्लो दुबै सिजनमा उत्कृष्ट प्रदर्शन गरेका थिए । गत सिजनमा ओरेन्ज क्याप विजेता खेलाडी हुन् ।मोईन अली र रविन्द्र जडेजा जस्ता स्टार अलराउन्डर टोलीमा छन् । ड्वेन ब्राभो चेन्नईमा छन् । चेन्नईको टोली सन्तुलित छ । धोनी र शिवम दुबे फिनिसरको रुपमा हुनेछन् ।

चेन्नईको ब्याटिङमा गहिराई छ । चेन्नई धोनीको उत्कृष्ट कप्तानीमा पाँचौं उपाधि जित्न सक्छ । सम्भव त धोनीको यो अन्तिम आइपिएल खेल हुनेछ । धोनी उपाधिका साथ आफ्नो खेलाडी जीवनको करिअर सकाउन खोज्नेछन् ।

July 2, 2024

क्रिकेटर सन्दीप गृहजिल्ला नगदसहित सम्मानित

सुशिल पन्त क्षेत्री, चितवनक्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा समानित भएका छन् । सन्दीपलाई मंगलबार विभिन्न संस्थाले नगदसहित सम्मान गरेका हुन् । चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले उनलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ । सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । नेपाली क्रिकेटमा पुर्‍याएको योगदान […]

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

Success

Thank you for your time.