3 years ago
March 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अनुभवी ब्याटर तथा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र विकेटकिपर विनोद भण्डारीलाई बाहिर राख्दै तीन दिनपछि घरेलु मैदानमा हुने ओडिआई र त्रिकोणात्मक टि२० आई सिरिज खेल्ने दुई फरक टोली घोषणा गरेको छ ।
मंगलबारनै नेपालले पपुवा न्युगिनीसँग हुने दुई ओडिआई र पपुवा न्युगिनी, मलेसिया र नेपालबीच हुने त्रिकोणात्मक सिरिज खेल्ने १५–१५ सदस्य टोली घोषणा गरेको छ । जसमा विनोद र ज्ञानेन्द्र दुबै टोलीमा छैनन् । नेपालले मंगलबार आइसिसी विश्वकप लिग–२ मा युएई र पपुवा न्युगिनीबीचको त्रिकोणात्मक ओडिआई सिरिज सकाएको छ ।
नेपालले पपुवा न्युगिनीलाई २ विकेट र ७ विकेटले हराएको थियो । युएईसँग ९९ रन र ४८ रनले पराजित भएको थियो । युएई भ्रमणमा रहेका ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी ओडिआई र टि२० आई दुबै टोलीमा छैनन् । विनोद पहिलो खेलमा पपुवा न्युगिनीसँग ११ रन र युएईसँग दोस्रो खेलमा १२ रनमा आउट भएका थिए ।
युएईसँगको पहिलो खेलमा विनोद बेन्चमा रहँदा अन्तिम खेलमा पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्न पाएनन् । ज्ञानेन्द्र पपुवा न्युगिनीसँग ४, युएईसँग २८ रन र दोस्रो खेलमा युएईसँगनै ३० रनमा आउट भएका थिए । तीव्र गतिका बलर करण केसी भने टि२० टोलीमा मात्र छन् । आसिफ टि२० टोलीमा हुँदा ओडिआईमा छैनन् ।
लुम्बिनी प्रदेशका देव खनाल पपुवा न्युगिनीसँग हुने दुई ओडिआई सिरिजको लागि पहिलो पटक नेपाली टोलीमा परेका छन् । मदेश प्रदेशका विष्फोटक ब्याटर त्रिकोणात्मक टि२० आई सिरिजको लागि पहिलो पटक नेपाली टोलीमा छन् । नेपाली यू–१९ टोलीका कप्तान देव क्लास र कभर ड्राइभका लागि चिनिन्छन् । आदिल विष्फोटक ब्याटिङ गर्न रुचाउँछन् ।
नेपालले देव खनाल, आदिल अन्सारी, गुलशन झा, लोकेश बम र कुशल मल्ललाई दुई साताको अभ्यासको लागि भारतमा पठाएको थियो । नेपालले पपुवा न्युगिनीसँग पहिलो खेल शुक्रबार र दोस्रो खेल शनिबार टियु मैदानमा खेल्नेछ । युवा विकेटकिपर अनिल कुमार शाहले पनि नेपाली टोलीमा पूनरागमन गरेका छन् ।
अनिल २०१८ पछि नेपाली टोलीमा छैनन् । पछिल्लो समय राम्रो लयमा रहेपछि उनी ओडिआई टोलीमा फर्किएका हुन् । ओडिआई टोलीमा स्पिनर सुशान भारी र तीव्र गतिका बलर गुलशन झा पनि फर्किएका छन् ।
टि२० आई त्रिकोणात्मक सिरिजको लागि तीव्र गतिका बलर अभिनाश बोहरा, विकेटकिपर दीलिप नाथ, युवा अलराउन्डर कुशल मल्ल र लोकेश बमले पूनरागमन गरेका छन् । नेपाल पुलिसबाट घरेलु क्रिकेट खेल्ने दीलिपले लामो समयपछि सिनियर टोलीमा पूनरागमन गरेका हुन् ।
नेपालको ओडिआई टोली :
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, अनिल शाह, विक्रम सोब, सुशान भारी, रोहित पौडेल, पवन सरार्फ, देव खनाल, गुलशन झा र भीम सार्की ।
नेपालको त्रिकोणात्मक टि२० आई सिरिज खेल्ने टोली :
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाश बोहरा, विवेक यादव, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल अन्सारी ।
नेपाल र पपुवा न्युगिनीबीचको दुई ओडिआई सिरिज
चैत ११ (मार्च २५ नेपालविरुद्ध पपुवा न्युगिनी, टियु मैदान
चैत १२ (मार्च २६) नेपालविरुद्ध पपुवा न्युगिनी, टियु मैदान
दुबै ओडिआई बिहान ९ बजेदेखि सुरु हुनेछन् ।
टि२० त्रिकोणात्मक सिरिज
चैत १४ (मार्च २८) – नेपालविरुद्ध पपुवा न्युगिनी, दिउँसो १२:३०
चैत १६ ( मार्च ३०) – नेपालविरुद्ध मलेसिया, दिउँसो १२:३०
चैत १७ (मार्च ३१) – नेपालविरुद्ध पपुवा न्युगिनी, दिउँसो १२: ३०
चैत १९( अप्रिल २) – नेपालविरुद्ध मलेसिया, दिउँसो १२: ३०
चैत २१ (अप्रिल ४) – फाइनल शीर्ष दुई टोली, दिउँसो १२: ३०
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ । टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पछिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ […]