3 years ago
March 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको अर्धशतकमा आइसिसी विश्वकप लिग–२ मा पपुवा न्युगिनीले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले सानदार सुरुवात गरेको छ ।
१ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा १ विकेट गुमाउँदै ९६ रन बनाएको छ । नेपालका ओपनर कुशल भुर्तेल ६३ बलमा ४ चौका र १ छक्कासहित ५० रनमा अविजित छन् । कुशलले ६३ बलमा आफ्नो ओडिआई करिअरको दोस्रो अर्धशतक पूरा गरे । तेस्रो नम्बरका ब्याटर आरिफ शेख ५६ बलमा ३ चौकासहित ३२ रनमा अविजित छन् । ज्ञानेन्द्र मल्ललाई बेन्चमा राखेपछि आरिफलाई तेस्रो नम्बरमा ब्याटिङ गराएको हो ।
ओपनर आसिफ शेख २ रनमै आउट भए । चौथो ओभरको पहिलो बलमा आसिफलाई कावुआ मोरेआले बोल्ड आउट गरे । आसिफ आउट हुँदा नेपालले १० रन मात्र जोडेको थियो । त्यसपछि आरिफ र कुशलले ८६ रनको अविजित उत्कृष्ट साझेदारीका साथ सहज जिततर्फ अघि बढाएका छन् ।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो । पपुवा न्युगिनीका कप्तान असाद भालाले ९६ बलमा ३ चौकासहित सर्वाधिक ४५ रन बनाए ।
सन्दीपले १० ओभरमा २९ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले १० ओभरमा १ मेडनसहित ३७ रन खर्चेर २ विकेट लिए । यस त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई २ विकेटले हराएको थियो । युएईसँग ४८ रन र ९९ रनले पराजित भएको थियो ।
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोलीले आज(बिहीवार) श्रीलंकाको सामना गदैछ । मलेसियाको किन्नारा ओभल क्रिकेट मैदानमा नेपालले श्रीलंका यु १९ को सामना गर्दैछ । दुई बीचको खेल नेपाली समय अनुसार बिहान ११ः४५ मा सुरु हुनेछ । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनल प्रवेशका लागि कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । दुई टोलीबीचको दोस्रो क्वालिफायर खेल कीर्तिपुस्थित टियु क्रिकेट मैदानमा मध्यान्ह १२ बजे सुरु हुदैछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]