default_image

3 years ago

March 22, 2022

पारस दशकका उत्कृष्ट खेलाडी

193 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले दशकका उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको १८ औं संस्करणमा पारस ‘प्लेयर अफ द डिकेड’ ( दशकको उत्कृष्ट खेलाडी) अवार्डबाट सम्मानित भएका हुन् ।

गत वर्ष कोरोनाका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता नभएका कारण मञ्चले उत्कृष्ट पुरुष, महिला र प्रशिक्षक दशकको प्रदर्शनका आधारमा छनोट गरेको हो ।

पारसले पछिल्लो एक दशकमा आफ्नो कप्तानीमा नेपाली क्रिकेटलाई कठिन परिस्थितिबाट अगाडि बढाउँदै २०१४ मा ऐतिहासिक टि२० विश्वकप खेलाएका थिए । उत्कृष्ट प्रदर्शनका साथ हङकङ र अफगानिस्तानलाई पराजित गर्दा बंगलादेशसँग पराजित भएको थियो । त्यो विश्वकपमा पारसको कप्तानी र प्रदर्शन दुवे सानदार थियो । विश्वकप नेपाली क्रिकेट मात्र नभएर खेलकुदले नै पाएको सर्वाधिक ठूलो सफलताका रुपमा मानिन्छ ।

२०१८ मा पारसले नेपाललाई ऐतिहासिक ओडिआई मान्यता दिलाएका थिए । टोलीलाई ओडिआई र टि२० आई मान्यता दिलाउदा उनको आफ्नै प्रदर्शन र कप्तानी दुबै लोभ लाग्दो थियो ।

दुवैमा ऐतिहासिक शतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडी समेत हुन् । पारसले २०१९ मा युएईविरुद्ध तेस्रो ओडिआईमा १ सय १५ रनको ऐतिहासिक शतक प्रहार गरेका थिए । पारसको उत्कृष्ट सानदार शतकको सहयोगमा नेपालले तीन ओडिआई खेलको सिरिज २-१ ले जितेको थियो । जुन नेपालले जितेको पहिलो ओडिआई सिरिज थियो ।

नेपालले त्यसै भ्रमणमा तीन टि२० आई सिरिज २-१ ले जित्दा पनि पारसको प्रदर्शन उत्कृष्ट थियो । उदाहरणीय कप्तान तथा खेलाडी पारस दशकको उत्कृष्ट खेलाडी चुनिएका हुन् । पारसले २०१९ मा सिंगापुरविरुद्ध टि२० आई खेलमा नेपालको पहिलो शतक प्रहार गर्दै कीर्तिमान रचेका थिए । २०१६ मा कीर्तिपुर मैदानमा आईसिसी विश्व क्रिकेट च्याम्पियन्स लिग अन्तर्गत नामिबियासँगको दोस्रो खेलमा कप्तान पारसले शतक प्रहार गर्दै सहज जित दिलाएका थिए ।

नेपाललाई २०१८ मा पहिलो ओडिआई खेल जिताउन नेदरल्यान्ड्सविरुद्ध दोस्रो खेलमा पारसले उच्च प्रदर्शन गरेका थिए। पारसले गत वर्ष नेपाली टोलीबाट सन्न्यास लिएका थिए । पछिल्लो एक दशकमा नेपाली क्रिकेट टोलीले हात पारेका प्रमुख सफलतामा पारसको कप्तानी र प्रदर्शन दुबै उत्कृष्ट थियो ।

September 29, 2024

टि ट्वान्टीमा पनि हारबाट नेपालको सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

रिजनलाई डेब्युमा नै विकेट

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीविरुद्ध खेलमा रिजनले डेब्यु गरेका थिए । रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट […]

Success

Thank you for your time.