3 years ago
March 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आज आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध टस जितेर पहिला फिािल्डङ ग गर्ने निर्णय लिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भर्खर सम्पन्न टसमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । नेपालले तीव्र गतिका बलर विक्रम सोब र ज्ञानेन्द्र मल्ललाई बेन्चमा राखेको छ । युवा ब्याटर भीम सार्कीलाई नेपाली टोलीमा डेब्यू दिएको छ । भीमले घरेलु क्रिकेटमा पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएका छन् । उनले मध्यक्रममा ब्याटिङ गर्नुको साथै पार्टटाइम स्पिनरका विकल्प हुन् । आसिफलाई नेपालले युएईसँगको खेलमा बेन्चमा राखेको थियो । आसिफ र कुशलले ओपनिङ गर्दा भीमले सम्भव त ज्ञानेन्द्र मल्लको तेस्रो स्थान लिनेछन् ।
भीमबाट नेपालले मध्यक्रममा राम्रो ब्याटिङको आशा गरिएको छ । उनी ब्याट र बल मात्र नभई फिल्डिङ मार्फत पनि खेल जिताउन सक्ने खेलाडी हुन् । भीम वर्तमान नेपाली टोलीका उत्कृष्ट फिल्डर मानिन्छन् । २०१९ मा युएई भ्रमणमा तीन ओडिआई र तीन टि२० आई सिरिजमा पहिलो पटक नेपाली टोलीमा परेपनि उनले डेब्यू गर्न पाएका थिएनन् । गत असोजमा भएको एभरेष्ट प्रिमियर लिग(इपिएल)को उपाधि चितवन टाइगर्सलाई जिताउन भीमले प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका साथ प्रतियोगिताकै उत्कृष्ट ब्याटर चुनिएका थिए ।
भीम इपिएलमा प्रतियोगितामा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी थिए । उनले ७ खेलमा ६ इनिङमा ब्याटिङ गर्दै कुल १ सय ९६ रन बनाएका थिए । फाइनलमा भीम सार्कीले ६३ रन बनाएका थिए । पोखराविरुद्ध लिगमा भीम ५४ रनमा अविजित रहे । विराटनगरविरुद्ध ३० र ललितपुरविरुद्ध महत्वपूर्ण २७ रन जोडेका थिए ।
नेपाल पछिल्ला दुबै खेलमा घरेलु टोली युएईसँग ४८ रन र ९९ रनले पराजित भएको थियो । ब्याटिङमा नेपालको प्रदर्शन सम्झन लायक छैन । पपुवा न्युगिनीले युएईलाई ६ विकेटले हराउँदै आइसिसी विश्वकप लिग–२ मा पहिलो जित हात पारेको थियो । नेपालसँग पहिलो खेलमा २ विकेटले पराजित भएको थियो । लगातार खराब ब्याटिङ गर्दै आएको नेपालमाथि पपुवा न्युगिनी जित निकाल्ने सोचमा हुनेछ । पछिल्लो खेलमा युएईलाई हराएको हुँदा पपुवा न्युगिनीको मनोबल उच्च छ ।
नेपालको शीर्ष चार ब्याटरको प्रदर्शन सम्झन लायक छैन । कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी र आसिफ शेख चारै खेलाडी लगातार खराब सटका साथ आउट हुँदै आएका छन् । शीर्ष चार ब्याटरलाई जिम्मेवारीका साथ ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ ।
पपुवा न्युगिनीका कप्तान असाद भाला र चाल्र्स अमिनी प्रमुख हतियार हुन् । युएईलाई हराउन भालाले ६८ रनको इनिङ खेलेका थिए । अमिनीले ३६ रन जोडेका थिए । पपुवा न्युगिनी ओपनर टोनी उरा लेगा सियाकाबाट उत्कृष्ट सुरुवात चाहन्छ । सेसे बाउ र नर्मन भानुवा तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् ।
युएईलाई हराउन तीव्र गतिका बलर एली नाओले १० ओभरमा २७ रन खर्चेर ४ विकेट लिएका थिए । चाद सोपरले ३ र राइली हेकुरेले २ विकेट लिएका थिए । पपुपा न्युगिनीका यी तीन नै प्रमुख बलर हुन् ।
हेड टु हेड :
नेपाल र पपुवा न्युगिनीबीच तीन ओडिआई खेल भएको छ । तीनै खेलमा नेपाल विजयी भएको छ । यसअघि गत सेप्टेम्बरमा नेपालले ओमानमा पपुवा न्युगिनीसँग दुई अोडिआई सिरिज १ सय ५१ रन र २ विकेटले पराजित भएको थियो ।
नेपालको प्लेइङ ११ :
भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, विनोद भण्डारी (विकेटकिपर), पवन सरार्फ, आरिफ शेख, करण केसी, रोहित कुमार पौडेल, आसिफ शेख, सन्दीप लामिछाने (कप्तान) र सोमपाल कामी ।
भीमको बारे जानकारी :
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले सुपर ४ मा स्थान बनाएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु१९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको हो । पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिँदा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा […]
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपाललाई पाकिस्तान यु१९ ले प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । मलेसियामा जारी खेलमा नेपाल यु १९ ले पाकिस्तानबाट १ सय ५ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको हो । पाकिस्तानका लागि […]
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ समीकरण पूरा भएको छ । एनपिएलको लिग चरणको अन्तिम खेल सोमवार समाप्तिसँगै प्लेअफ समीकरण पूरा भएको हो । लिग चरणको समाप्तिमा सुदूरपश्चिम रोयल्स शीर्षमा, जनकपुर बोल्ट्स दोस्रोमा , चितवन राइनोज तेस्रो र कर्णाली याक्स चौथोमा रहेर प्लेअफमा छनोट भए । एनपिएलको प्लेअफको पहिलो खेल बुधवार बिहान […]