default_image

3 years ago

March 22, 2022

टमाटा दशकका उत्कृष्ट प्रशिक्षक

203 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक जगत टमाटाले दशकका उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको कोच अफ द डिकेटका रुपमा टमाटा सम्मानित भएका हुन् ।

गत वर्ष कोरोनाका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता नभएका कारण मञ्चले उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट महिला र पुरुष खेलाडीको दशकको प्रदर्शनका आधारमा उत्कृष्ट छनोट गरेको हो ।

टमाटाको मुख्य प्रशिक्षणमा नेपालले सन् २०१८ मा ऐतिहासिक ओडिआई मान्यता पाएको थियो । जिम्बावेमा भएको एकदिवसिय विश्वकप छनोटमा आठौं स्थानमा रहँदै नेपाल ऐतिहासिक ओडिआई मान्यता पाएको थियो ।

उनकै नेतृत्वमा त्यसै वर्ष नेपालले नामिबियामा डिभिजन–२ मा फाइनल सम्म पुगेको थियो । सन् २०१९ मा नेपालले युएईसँगको तीन ओडिआई र तीन टि २० आई सिरिज समान २–१ ले ऐतिहासिक रुपमा जित्दा उनी मुख्य प्रशिक्षक थिए । नेपालले उनकै मुख्य प्रशिक्षकमा २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक ओडिआई खेलमा डेब्यू गरेको थियो ।

२०१८ मा नै मलेसियामा भएको आइसिसी विश्वकप टि२० एसिया क्षेत्र छनोट बी को उपाधि जित्दा टमाटा टोलीको मुख्य प्रशिक्षक थिए । २०१६ मा नेपाली यू–१९ टोलीले विश्वकप खेल्दै क्वाटरफाइनल सम्मको यात्रा तय गरेको थियो । त्यो नै यू–१९ टोलीले खेलेको अन्तिम विश्वकप हो । उक्त विश्वकपमा नेपालले टेस्ट टोली न्युजिल्यान्डलाई हराएको थियो ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला क्रिकेट टोलीले कास्य पदक जित्दा टमाटा प्रमुख प्रशिक्षक थिए । २०१६ देखि २०१९ सम्म टमाटाले नेपाली सिनियर टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए । त्यसअघि उनी यू–१९ टोलीको मुख्य प्रशिक्षक थिए ।

पछिल्लो समय टमाटा नेपाली महिला टोलीका प्रमुख प्रशिक्षक हुन् । नेपाल क्रिकेट संघ (क्यान) आइसिसीको निलम्बनमा हुँदा कठिन समयमा टमाटाले नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको रुपमा सम्हालेका थिए । टमाटा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रमुख प्रशिक्षक समेत हुन् ।

February 11, 2025

वेष्टर्नलाई रुपन्देही सुपर लिगको उपाधि

सुमन अधिकारी,बुटवल वेष्टर्न क्रिकेट क्लबले २३ औं संस्करणको रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा शनिवार फाइनलमा लुम्बिनी खुकुरी क्लबलाई ३९ रनले पराजित गर्दै वेष्टर्नले तेस्रोपटक सुपर लिगको उपाधि जितेको हो। टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ४१ ओभरमा ४०.४ ओभर खेल्दै सबै विकेट गुमाएर २ सय २५ रन […]

February 11, 2025

गुल्सन एभिन्यु एजुकेशन कन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अल राउन्डर गुल्सन झा एभिन्यु एजुकेशन कन्सल्टेन्सी र ओएए स्टडी नेपालको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। आज आयोजित कार्यक्रममा गुल्सन र एभिन्यु एजुकेशन कन्सल्टेन्सी र ओएए स्टडी नेपालका संस्थापक रोबेन पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सोही अवसरमा गुल्सनले हस्ताक्षर गरेको जर्सी एजुकेशन कन्सल्टेन्सीलाई प्रदान गरे। सम्झौता तीन […]

February 10, 2025

म्याथ्यु बने ओडीआई डेब्यूमै सर्वाधिक रन बनाउने ब्याटर

एजेन्सी – दक्षिण अफ्रिकाका २६ वर्षीय ब्याटर म्याथ्यु ब्रिट्ज्की ओडीआई डेब्यूमै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले पाकिस्तानमा जारी त्रिकोणात्मक ओडीआई सिरिजमा न्युजिल्यान्डविरुद्ध १ सय ४८ बलमा ११ चौका र ५ छक्कासहित १ सय ५० रनको शतकीय इनिङ खेल्दै विश्व कीर्तिमान बनाए । उनले वेष्टइण्डिजका डेसमन्ड हेन्सले सन् १९७८ मा अष्ट्रेलियाविरुद्ध बनाएको १ […]

Success

Thank you for your time.