default_image

3 years ago

March 21, 2022

नेपालको हारको एकमात्र कारण : खराब ब्याटिङ

194 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा सोमबार घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँग आफ्नो इतिहासकै खराब प्रदर्शन गर्दै ९९ रनले पराजित हुन पुग्यो ।

२ सय ३ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १ सय ३ रनमा अल आउट भयो । जुन नेपालको ओडिआई इतिहासकै सबैभन्दा कम योगफल हो । यसअघि नेपालको सबैभन्दा कम योगफल युएईविरुद्ध २०१९ मा पहिलो ओडिआई १ सय १३ रन थियो । नेपालका ज्ञानेन्द्र मल्लले ६५ बलमा ३० रन, सोमपाल कामी र आरिफ शेखले १५–१५ रन बनाए । विनोद भण्डारीले १२ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । युएईका जुनैद्द सिद्दिकले ८ ओभरमा २ मेडनसहित २३ रन खर्चेर ४ विकेट लिए । कासिफ दाउद र अहमद राजाले २–२ विकेट लिए ।

त्यसअघि दुबईमा टस हारेर ब्याटिङ थालेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो । युएईका बायाँ हाते ब्याटर रोहन मुस्तफाले ७३ बलमा सर्वाधिक ६० रनको योगदान दिए । ओपनर मोहम्मद वासिम ३३, चिराग सुरी २६ र वृत्य अरविन्दले २४ रन बनाए । नेपालका सोमपाल कामीले ३, सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए ।

नेपालको हारको मुख्य र एकमात्र कारण खराब ब्याटिङ हो । ओडिआई क्रिकेटमा २ सय आसपासको योगफल सामान्य मानिन्छ । तर नेपालले १ सय रनमै संघर्ष गरेको छ । यो आफैंमा लज्जास्पद छ । यसले नेपालको ब्याटिङ स्तर प्रष्टाउँछ । खराब ब्याटिङले नेपाललाई पुन ठूलो समस्या र संकटमा पारेको छ ।

खराब ब्याटिङकै कारण नेपाल पहिलो खेलमा युएईसँग ४८ रनले पराजित भएको थियो । पपुवा न्युगिनीसँग २ विकेटको संघर्षपूर्ण जित हात पारेको थियो । हारमा बलरको प्रदर्शन र भूमिकामा प्रश्न उठाउने कुनै ठाउँ छैन । सबै जिम्मा ब्याटरले लिनुपर्छ । हारको एक मात्र कारण खराब ब्याटिङ हो । खराब ब्याटिङ हुनुका पाँच कारण भने यस प्रकार छन् ।

कमजोर मनोबल

नेपाली ब्याटरको मनोबल कमजोर देखिन्छ । सुरुवात देखिनै खेलाडीको हाउभाउ र शारीरिक चालमा आत्माविश्वास देखिदैन । म रन बनाउछु र जिताउछु भन्ने आत्माविश्वास देखिदैन । आउट हुने कु की भन्नेले डरले बढी सताएको छ । आत्माविश्वास भएको भए टिकेर डटेर सामना गर्ने थिए । अझ एकपछि अर्को खराब ब्याटिङले मनोबलमा झन् असर परेको छ ।

धैर्यताको कमी

नेपाली ब्याटरमा मैदानमा धैर्यता देखिदैन । ओडिआईमा धैर्यता चाहिँन्छ । टि२० जस्तो आक्रामक होईन । नेपाली ब्याटर सुरुवात देखिनै खराब सट छनोटको कारण आफ्नो विकेट आफैं दिँदै आएका छन् ।

दुबईको पिचमा रन बनाउन सहज छैन । त्यसको लागि क्रिजमा धैर्यता राख्न सक्नुपर्छ । धेरै समय बिताएपछि पिच र विपक्षी बलरबारे राम्रो जानकारी हुन्छ । त्यसपछि बल्ल रन बनाउन सहज हुन्छ । अर्को ब्याटरलाई खेल्न पनि सहज हुन्छ । युएईका ओपनर मोहम्मद वासिम र चिराग सुरीले १६ ओभरमा ५७ रन बनाउँदै इनिङ अघि बढाएका थिए । दुबै ओपनरले ५० भन्दा बढी बल खेलेका थिए ।

मुस्तफाले ७३ बलमा २ चौका र १ छक्कासहित ६० रन जोडे । ज्ञानेन्द्र बाहेक अन्य ब्याटरमा धैर्यता देखिएन । पवन सरार्फ ४ बलमा २ रन, कुशल भुर्तेल ७ बलमा ५ रन र दीपेन्द्र गोल्डेन डक आउट भए । रोहित २१ बलमा ९ र आरिफ ४० बलमा १५ रन बनाए । अर्कोतर्फ दुबईको बाउन्ड्री ठूलो हुँदा सट भन्दा पनि डबल सिंगलमा ध्यान दिनुपर्छ । क्रिजमा लामो समय खेल्ने धैर्यता नहुँदा नेपालले खराब ब्याटिङ गरेको हो ।

गैरजिम्मेवारी ब्याटिङ

गैरजिम्मेवारी पन खराब ब्याटिङको प्रमुख कारण हो । क्रिजमा कुनैपनि खेलाडीले जिम्मेवारी लिएर ठूलो इनिङ खेल्न सकेका छैनन् । सबै गैरजिम्मेवारी खराब सटका कारण आउट हुँदै आएका छन् । एक खेलाडीले जिम्मेवारीका साथ इनिङ बढाउन सक्ने हो भने नेपालले सहझै जित्न सक्छ । स्कोर बोर्डको कुनैपनि दबाब छैन । त्यसैले खेलाडीले जिम्मेवारीका साथ अन्तिम सम्म लगेर जान सक्छन् । तर टोलीलाई जिताउनु पर्छ भन्ने जिम्मेवारी खेलाडीमा देखिदैन । जिम्मेवारी बिना ठूलो योगफल बन्न सक्दैन । खेलाडीले जिम्मेवारी नलिदा नेपालले खराब ब्याटिङ गरेको हो ।

तालमेलको कमी

तालमेलको कमी खराब ब्याटिङको प्रमुख कारण हो । ३० औं ओभरको पहिलो बलमा बिनोद भण्डारी १२ रनमा रन आउट हुन पुगे । विनोदले दुई रन लिनेक्रममा नन स्ट्राकइकबाट सोमपाललाई कल (आग्रह) गरेपनि उनले नमान्दा रन आउट हुन पुगे । बिनोद स्ट्राइक नजिक पुगेर फर्किनेक्रममा रन आउट भएका थिए ।

जुन दुई रन सहजै पूरा हुने देखिन्थ्यो । यसको मुख्य कारण तालमेलको कमी हो । नेपाली ब्याटरबाट साझेदारी नै हुन सकेको छैन । राम्रो साझेदारीलाई खेलाडीबीच तालमेल निकै राम्रो हुनुपर्छ । एउटा खेलाडी रन बनाउन संघर्ष गर्दा अर्कोले उत्कृष्ट प्रदर्शनका साथ आत्माविश्वास दिनुको साथै दबाब मुक्त गराउनुपर्छ । तर नेपाली ब्याटरमा त्यस्तो कुनै तालमेल देखिदैन । बरु एकपछि अर्को विवेट गुमाउँदै खराब ब्याटिङ गरेका छन् ।

शीर्ष चार ब्याटरको खराब प्रदर्शन


कुनैपनि लक्ष्य पूरा गर्न शीर्ष चार ब्याटरले राम्रो सुरुवात दिनुपर्छ । जसले गर्दा मध्यक्रम र तल्लोक्रमका ब्याटर खुलेर खेल्न सक्छन् । तर नेपालको सुरुवात सम्झन लायक थिएन । ओपनर पवन सरार्फ २, कुशल भुर्तेल ५, दीपेन्द्रसिंह ऐरी गोल्डेन डक र रोहित कुमार पौडेल ९ रनमा आउट हुँदा नेपाल ८ ओभरमै २१–४ को दयनीय अवस्थामा पुगेको थियो ।

खराब सुरुवातले गर्दा अन्य खेलाडी दबाबमा परे । युएईको मनोबल उच्च भयो । यो सुरुवातले सामान्य योगफल पनि पूरा गर्न धेरै कठिन पर्छ । हारको एक कारण शीर्ष चार ब्याटरको खराब प्रदर्शन एक कारण हो ।

December 17, 2024

यु १९ महिला एसिया कप – नेपाल र भारत खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोलीको दोस्रो खेल आज रहेको छ । मलेसियाको क्वालालाम्पुरमा नेपालले भारतको यु १९ टोलीको सामना गर्दैछ । पहिलो पटक आयोजना भईरहेको यु १९ महिला एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेर सुपर ४ मा स्थान […]

December 16, 2024

पाकिस्तानलाई हराउॅंदै नेपाल सुपर ४ मा

काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले सुपर ४ मा स्थान बनाएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु१९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको हो । पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिँदा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा […]

December 16, 2024

नेपालले पाकिस्तानबाट पायो प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपाललाई पाकिस्तान यु१९ ले प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । मलेसियामा जारी खेलमा नेपाल यु १९ ले पाकिस्तानबाट १ सय ५ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको हो । पाकिस्तानका लागि […]

Success

Thank you for your time.