default_image

3 years ago

March 19, 2022

एसिया कप भदौमा हुने

95 views

0 Bookmark

एजेन्सी – एसियन क्रिकेट काउन्सिल (एसिसी) ले आयोजना एसिया कप टि२० प्रतियोगिता भदौं ११ देखि २६ गते (२७ अगष्ट देखि ११ सेप्टेम्बर) सम्म श्रीलंकामा हुने भएको छ । श्रीलंकामा शनिबार बसेको एसिसी वार्षिक साधरण सभाले उक्त निर्णय गरेको हो ।

प्रतियोगितामा एसियाका पाँच टेस्ट टोली भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसँगै छनोट हुने एक एसोसिएट टोली हुनेछन् । नेपाल भने एसिया कपको दौडबाट बाहिरी सकेको छ । युएई, सिंगापुर, कुवेत र हङकङ मध्य एक टोली एसिया कपको लागि छनोट हुनेछन् ।

नेपाल २०२० मा थाईल्यान्डमा भएको एसिसी इस्टर्न रिजनमा मलेसिया र हङकङसँग पराजित हुँदै चौथो स्थानमा रहेर बाहिरिएको थियो । एसिया कप छनोट भने अगष्ट २० देखि सुरु हुनेछ । अन्तिम पटक एसिया कप २०१८ मा भएको थियो । युएईमा सम्पन्न उक्त एसिया कपको फाइनलमा भारतले बंगलादेशलाई ३ विकेटले हराउँदै उपाधि जितेको थियो ।

यसअघि एसिया कप २०२० मा पाकिस्तानमा हुने तय थियो । तर कोरोना महामारीको कारण सरेको थियो । अव पाकिस्तानले २०२३ को एसिया कप आयोजना गर्नेछ । उक्त एसिया कप एकदिवसिय शैलीमा हुनेछ । आगमी एसिया कप १५ औं संस्करण हुनेछ ।

सन् १९८४ मा शारजाहबाट एसिया कपको सुरुवात भएको हो । साविक विजेता भारत एसिया कपको सर्वाधिक सफल टोली हो । भारतले ७ र श्रीलंकाले ५ पटक उपाधि जितेका छन् । नेपालले भने हालसम्म एसिया कप खेल्न सकेको छैन ।

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.