default_image

3 years ago

March 18, 2022

घरेलु टोली युएईलाई हराउने सोचमा नेपाल

91 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

नेपालको कप्तानी सन्दीप लामिछाने र युएईको अहमद राजाले गर्नेछन् । नेपाल युएईलाई हराउँदै अघिल्लो महिना ओमानमा आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए को सेमिफाइनलमा हार बेहोर्दै गुमाएको विश्वकप खेल्ने अवसरको बदला लिन खोज्नेछ ।

युएईले पपुवा न्युगिनीलाई ७ विकेट हराउँदा नेपालले २ विकेटको संघर्षपूर्ण जित निकालेको थियो । दुबै टोली लगातार दोस्रो जितको सोचमा हुनेछन् । नेपाल ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अंक जोड्दै छैटौं स्थानमा छ । युएई १५ खेलमा ८ मा जित र ५ मा हारसहित १८ अंकका साथ दोस्रो स्थानमा छ । युएईले नेपाललाई ६८ रनले हराउँदै टि२० विश्वकपमा पुगेको थियो ।

कमजोर मानिएको पपुवा न्युगिनीलाई हराउन नेपालले संघर्ष गरेको थियो । युवा ब्याटर रोहित कुमार पौडेलले ६० र आरिफ शेखले ४९ रन बनाउँदै नेपालको जित पक्का गराएका थिए । पाँचौं विकेटका लागि आरिफ र रोहितले १ सय रनको शतकीय साझेदारी गरेका थिए । नेपाल युएईसँगको खेलमा ओपनर आसिफ शेख र कुशल भुर्तेलबाट उत्कृष्ट प्रदर्शन चाहन्छ । आसिफ १६ र भुर्तेल १ रनमा आउट भएका थिए ।

तेस्रो नम्बरमा ज्ञानेन्द्र मल्लनै रहनेछन् । अनुभवी ज्ञानेन्द्रले जिम्मेवारीका साथ ठूलो इनिङ खेल्दै लगातार आलोचनालाई कम गर्नुपर्ने दबाब छ । दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । उनको उच्च प्रदर्शन बिना नेपालको जित कठिन पर्नेछ । शीर्ष चारका ब्याटरलाई जिम्मेवारीका साथ ठूलो इनिङ खेल्न आवश्यक छ ।

पाँचौं नम्बरमा रोहित र छैटौंमा आरिफ शेख हुनेछन् । यी दुबै खेलाडीबाट नेपाल प्रदर्शनमा निरन्तरता चाहनेछ । सातौं नम्बरका विनोद भण्डारीको स्थानमा तीव्र गतिका बलर कमलसिंह ऐरीलाई मौका दिने बलियो सम्भावना छ । कमजोर प्रदशन गर्दै आएका भण्डारी पपुवा न्युगिनीविरुद्ध २५ बलमा ११ रनमा आउट भएका थिए । उनको स्थानमा कमलले लिने देखिन्छ । कमल आउँदा नेपालको तीव्र गतिको बलिङ आक्रामण बलियो छ ।

करण केसीबाट नेपाल विष्फोटक अन्त्य चाहन्छ । बलिङमा भने सुधार गर्नुपर्ने हुन्छ । करणले ८ ओभरमा ५६ रन खर्चिदा विकेट लिन सकेका थिएनन् । स्पिनर तथा कप्तान सन्दीप लामिछानेको प्रदर्शन महत्वपूर्ण हुनेछ । सन्दीप नेपालको प्रमुख हतियार हुन् । स्पिनर सागर ढकाललाई निरन्तरता दिनसक्छ । आरिफ र दीपेन्द्र पार्टटाइम बलर हुनेछन् ।

युएईका युवा ब्याटर वृत्य अरविन्द नेपाललाई घातक बन्नसक्ने खेलाडी हुन् । सेमिफाइनलमा नेपाललाई हराउन २३ बलमा ४६ रन बनाउँदै विश्वकप सपनामा तगारो बनेका थिए । उच्च लयमा रहेका १९ वर्षीय अरविन्दले नामिबियाविरुद्ध १ सय १५ रनको उत्कृष्ट अविजित शतकीय इनिङ खेलेका थिए ।

विश्वकप छनोटमा आयरल्यान्डविरुद्ध ९७ र बहराइनविरुद्ध ८४ रनको इनिङ खेलेका थिए । आक्रामक र संयमति शैलीको क्षमता राख्ने उनले मैदानमा परिपक्क र म्याच विनिङ प्रदर्शन गर्दै आएका छन् । युएईका सबै खेलाडी लयमा छन् । ओपनर चिराग सुरी, अरविन्द, मोहम्मद वासिम, कासिफ दाउद, आसिफ खान, सिपी रिजवान, रोहन मुस्तफा र बासिल हामिद सबैले लगातार उच्च प्रदर्शन गर्दै आएका छन् ।

युएईको ब्याटिङमा गहिराई छ । सिमित ब्याटरमा निर्भर छैन । ओपनर सुरीले पछिल्लो एक महिनामा ओडिआईमा दुई शतक प्रहार गरेका छन् । यसै साता नामिबियाविरुद्ध १ सय ३ रनको इनिङ खेलेका थिए ।

चार देश सम्मिलित टि२० आई सिरिजमा सुरीले नेपालविरुद्ध ८४ रनको अविजित इनिङ खेलेका थिए । उच्च लयमा रहेका सुरीले नेपाललाई पुन निराश बनाउन सक्छन् । नामिबियाले प्रस्तुत गरेको २ सय ७ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा ५३–६ को अवस्थाबाट बासिल हामिददले ६२ र कासिफ दाउदले ७६ रन जोड्दै जित पक्का गराएका थिए ।

यी दुबै अलराउन्डर लयमा हुँदा तल्लोक्रम पनि बलियो छ । तीव्र गतिका बलर जहुर खान र जुनैद सिद्दिक युएईका प्रमुख हतियार हुन् । स्पिनरमा रोहन मुस्तफा र अहमद राजा हुनेछन् । टि२० विश्वकप छनोटको सेमिफाइनलमा नेपाललाई हराउन राजाले ५ र सिद्दिकले ३ विकेट लिएका थिए ।

युएईलाई घरेलु मैदानको थप फाइदा हुनेछ । उत्कृष्ट ब्याटिङ लाइनअप, खेलाडीको उच्च लय, सन्तुलित बलिङ आक्रामण र घरेलु मैदानले युएई मजबुत छ । नेपालले युएईलाई घरेलु मैदानमा हराउँन आफ्नो सर्वोत्कृष्ट क्रिकेट खेल्नुपर्ने हुन्छ । सामान्य प्रदर्शनले जित सम्भव देखिदैन । ब्याटिङले नेपाललाई थप चिन्ता थपेको छ । नेपालले उत्कृष्ट ब्याटिङ गर्नुपर्ने हुन्छ ।

हेड टु हेड :

नेपाल र युएईबीच चार ओडिआई खेल भएको छ । नेपाल २ खेलमा विजयी हँदा २ खेलमा पराजित भएको छ । २०१९ मा नेपालले युएईसँग तीन ओडिआई सिरिज खेलेको थियो । त्यसमा नेपालले २–१ ले ऐतिहासिक सिरिज जितेको थियो । २०१८ अगष्टमा युएईले एसिया कप छनोटमा नेपाललाई ७८ रनले हराएको थियो । उक्त खेलमा सुरीले ६५ रन बनाउँदा राजाले ४ विकेट लिँदै सिज सहज बनाएका थिए ।

सिरिजको पहिलो खेल नेपालले ३ विकेटले गुमाएपनि दोस्रो खेलमा १ सय ४५ रन र तेस्रो खेल ४ विकेटले जितेको थियो । दोस्रो खेलमा सोमपाल कामीले ५ विकेट लिँदा र रोहितले ५५ रन जोडेका थिए । तेस्रो खेलमा नेपालले युएईलाई हराउन २ सय ५५ रनको लक्ष्य पूरा गरेको थियो । कप्तान पारस खड्काले ऐतिहासिक १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए ।

लाइभ : खेलको लाइभ फ्यानकोडको युटुब र आइसिसी टिभीबाट हेर्न सकिन्छ ।

मौसम : आज खेल हुने मैदानको मौसम १८ डिग्री देखि २४ सेल्सियस सम्म तापक्रम हुनेछ ।

अंक तालिका

ओमान २७ खेलमा १७ मा जित र ८ मा हार सहित ३६ अंक जोड्दै शीर्षस्थानमा छ । युएई १५ खेलमा ८ मा जित र ५ मा हार सहित १८ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हार सहित १६ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हार सहित १४ अंक भएपनि नेटरनरेटका कारण चौथो स्थानमा छ । नामिबिया १३ खेलमा ६ मा जित र ७ मा हार सहित १२ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी १४ खेलमा १४ मानै हारका साथ पुछारमा छ ।

नेपालको तालिका

१८ मार्च नेपालविरुद्ध युएई, दुबई इन्टरनेशल क्रिकेट स्टेडियम

२१ मार्च नेपालविरुद्ध युएई, दुबई

२२ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, दुबई

यो पनि पढ्नुहोस् : चम्कँदै १९ वर्षीय वृत्य – जो नेपालको ३ विश्वकपमा तगारो बने

नेपाल विश्वकप लिग–२ मा सबैभन्दा कम खेल खेल्ने टोली

September 29, 2024

टि ट्वान्टीमा पनि हारबाट नेपालको सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

रिजनलाई डेब्युमा नै विकेट

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीविरुद्ध खेलमा रिजनले डेब्यु गरेका थिए । रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट […]

Success

Thank you for your time.