default_image

3 years ago

March 17, 2022

नेपाललाई युएईसँग बदला लिने अवसर

155 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत शुक्रबार घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११:१५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

नेपालको कप्तानी सन्दीप लामिछाने र युएईको अहमद राजाले गर्नेछन् । नेपाल युएईलाई हराउँदै अघिल्लो महिना ओमानमा आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए को सेमिफाइनलमा हार बेहोर्दै गुमाएको विश्वकप खेल्ने अवसरको बदला लिन खोज्नेछ ।

युएईले पपुवा न्युगिनीलाई ७ विकेट हराउँदा नेपालले २ विकेटको संघर्षपूर्ण जित निकालेको थियो । अंक तालिकामा नेपाल ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अंक जोड्दै छैटौं स्थानमा छ । युएई १५ खेलमा ८ मा जित र ५ मा हारसहित १८ अंकका साथ दोस्रो स्थानमा छ । युएईले नेपाललाई ६८ रनले हराउँदै टि२० विश्वकपमा पुगेको थियो । युवा ब्याटर वृत्य अरविन्द नेपाललाई घातक बन्नसक्ने खेलाडी हुन् ।

उनले नेपालविरुद्ध २३ बलमा ४६ रन बनाउँदै विश्वकप सपनामा तगारो बनेका थिए । उच्च लयमा रहेका १९ वर्षीय अरविन्दले नामिबियाविरुद्ध १ सय १५ रनको उत्कृष्ट अविजित शतकीय इनिङ खेलेका थिए । विश्वकप छनोटमा आयरल्यान्डविरुद्ध ९७ र बहराइनविरुद्ध ८४ रनको इनिङ खेलेका थिए । आक्रामक र संयमति शैलीको क्षमता राख्ने उनले मैदानमा परिपक्क र म्याच विनिङ प्रदर्शन गर्दै आएका छन् ।

ओपनर चिराग सुरी, अरविन्द, मोहम्मद वासिम, कासिफ दाउद, आसिफ खान, सिपी रिजवान, रोहन मुस्तफा र बासिल हामिद सबैले लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । युएईको ब्याटिङमा गहिराई छ । सिमित ब्याटरमा निर्भर छैन । ओपनर सुरीले पछिल्लो एक महिनामा ओडिआईमा दुई शतक प्रहार गरेका छन् । यसै साता नामिबियाविरुद्ध १ सय ३ रनको इनिङ खेलेका थिए ।

चार देश सम्मिलित टि२० आई सिरिजमा सुरीले नेपालविरुद्ध ८४ रनको अविजित इनिङ खेलेका थिए । उच्च लयमा रहेका सुरीले नेपाललाई पुन निराश बनाउन सक्छन् । नामिबियाले प्रस्तुत गरेको २ सय ७ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा ५३–६ को अवस्थाबाट बासिल हामिददले ६२ र कासिफ दाउदले ७६ रन जोड्दै जित पक्का गराएका थिए ।

यी दुबै अलराउन्डर लयमा हुँदा तल्लोक्रम पनि बलियो छ । तीव्र गतिका बलर जहुर खान र जुनैद सिद्दिक युएईका प्रमुख हतियार हुन् । स्पिनरमा रोहन मुस्तफा र अहमद राजा हुनेछन् । टि२० विश्वकप छनोटको सेमिफाइनलमा नेपाललाई हराउन राजाले ५ र सिद्दिकले ३ विकेट लिएका थिए ।

युएईलाई घरेलु मैदानको थप फाइदा हुनेछ । उत्कृष्ट ब्याटिङ लाइनअप, खेलाडीको उच्च लय, सन्तुलित बलिङ आक्रामण र घरेलु मैदानले युएई मजबुत छ । नेपालले युएईलाई घरेलु मैदानमा हराउँन आफ्नो सर्वोत्कृष्ट क्रिकेट खेल्नुपर्ने हुन्छ । सामान्य प्रदर्शनले जित सम्भव देखिदैन । ब्याटिङले नेपाललाई थप चिन्ता थपेको छ ।

पपुवा न्युगिनीलाई हराउन युवा ब्याटर रोहित कुमार पौडेलले ६० र आरिफ शेखले ४९ रन बनाएका थिए । पाँचौं विकेटका लागि आरिफ र रोहितले १ सय रनको शतकीय साझेदारी गरेका थिए । नेपाल युएईसँगको खेलमा ओपनर आसिफ शेख र कुशल भुर्तेलबाट उत्कृष्ट प्रदर्शन चाहन्छ । आसिफ १६ र भुर्तेल १ रनमा आउट भएका थिए ।

तेस्रो नम्बरमा ज्ञानेन्द्र मल्लनै रहनेछन् । अनुभवी ज्ञानेन्द्रले जिम्मेवारीका साथ ठूलो इनिङ खेल्दै लगातार आलोचनालाई कम गर्नुपर्ने दबाब छ । दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । उनको उच्च प्रदर्शन बिना नेपालको जित कठिन पर्नेछ । शीर्ष चारका ब्याटरलाई जिम्मेवारीका साथ ठूलो इनिङ खेल्न आवश्यक छ ।

पाँचौं नम्बरमा रोहित र छैटौंमा आरिफ शेख हुनेछन् । यी दुबै खेलाडीबाट नेपाल प्रदर्शनमा निरन्तरता चाहनेछ । सातौं नम्बरका विनोद भण्डारीको स्थानमा तीव्र गतिका बलर कमलसिं ऐरीलाई मौका दिने सम्भावना बलियो छ । कमजोर प्रदशन गर्दै आएका भण्डारी पपुवा न्युगिनीविरुद्ध २५ बलमा ११ रनमा आउट भएका थिए ।

पपुवा न्युगिनीविरुद्ध तीव्र गतिका बलर सोमपाल कामी र करण केसीले पहिलो पावर प्लेमा एक विकेट मात्र लिएको हुँदा कमलको सम्भावना छ । त्यो पनि १० औं ओभरमा थियो । कमलले पावर प्लेमा लगातार विकेट लिँदै आएका छन् । करण केसीबाट नेपाल विष्फोटक अन्त्य चाहन्छ । बलिङमा भने सुधार गर्नुपर्ने हुन्छ ।

करणले ८ ओभरमा ५६ रन खर्चिदा विकेट लिन सकेका थिएनन् । स्पिनर तथा कप्तान सन्दीप लामिछानेको प्रदर्शन महत्वपूर्ण हुनेछ । सन्दीप नेपालको प्रमुख हतियार हुन् । स्पिनर सागर ढकाललाई निरन्तरता दिनसक्छ । आरिफ र दीपेन्द्र पार्टटाइम बलर हुनेछन् ।

हेड टु हेड :

नेपाल र युएईबीच चार ओडिआई खेल भएको छ । नेपाल २ खेलमा विजयी हँदा २ खेलमा पराजित भएको छ । २०१९ मा नेपालले युएईसँग तीन ओडिआई सिरिज खेलेको थियो । त्यसमा नेपालले २–१ ले ऐतिहासिक सिरिज जितेको थियो ।

२०१८ अगष्टमा युएईले एसिया कप छनोटमा नेपाललाई ७८ रनले हराएको थियो । सिरिजको पहिलो खेल नेपालले ३ विकेटले गुमाएपनि दोस्रो खेलमा १ सय ४५ रन र तेस्रो खेल ४ विकेटले जितेको थियो ।

अंक तालिका

ओमान २७ खेलमा १७ मा जित र ८ मा हार सहित ३६ अंक जोड्दै शीर्षस्थानमा छ । युएई १५ खेलमा ८ मा जित र ५ मा हार सहित १८ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हार सहित १६ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हार सहित १४ अंक भएपनि नेटरनरेटका कारण चौथो स्थानमा छ । नामिबिया १३ खेलमा ६ मा जित र ७ मा हार सहित १२ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी १४ खेलमा १४ मानै हारका साथ पुछारमा छ ।

नेपालको तालिका

१८ मार्च नेपालविरुद्ध युएई, दुबई इन्टरनेशल क्रिकेट स्टेडियम

२१ मार्च नेपालविरुद्ध युएई, दुबई

२२ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, दुबई

यो पनि पढ्नुहोस् : चम्कँदै १९ वर्षीय वृत्य – जो नेपालको ३ विश्वकपमा तगारो बने

नेपाल विश्वकप लिग–२ मा सबैभन्दा कम खेल खेल्ने टोली

January 5, 2025

सन्दीपको ५ विकेटमा मधेश सस्तैमा समेटियो

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप प्रतियोगितामा कप्तान सन्दीप लामिछानेको ५ विकेट लिए पछि मधेश प्रदेश सस्तैमा समेटिएको छ । आइतवार सुरु भएको खेलको पहिलो इनिङ्समा मधेश प्रदेश १ सय २ रनमा अल आउट भएको हो । बाक्लो हुस्सु लागेका कारण करिब २ घण्टा ढिला सुरु भएको खेलमा मधेश ३५.३ ओभरमा नै अल […]

January 5, 2025

ललितको ७ विकेटमा आर्मी सस्तैमा समेटियो

काठमाडौं(हाम्रो खेलकुद) – बायाँ हाते स्पिनर ललितनारायण राजवंशी एक्लैले ७ विकेट लिएपछि नेपाल‌ पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई कम रनमा अल आउट गरेको छ । जय ट्रफी मेन्स एलिट कपको आफ्नो पहिलो खेलमा विभागीय डर्बीमा पुलिसले आर्मीलाई पहिलो इनिङ्समा १ सय २१ रनमा अल आउट गरेको हो । एउटा टोलीले पहिलो इनिङ्समा ६० ओभर खेल्न […]

January 5, 2025

भारतलाई हराउँदै अस्ट्रेलिया डब्लुटिसी फाइनलमा

एजेन्सी – पाहुना टोली भारतलाई पाँचौ टेस्टमा पराजित गर्दै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनसिप(डब्लुटिसी) को फाइनल प्रवेश गरेको छ । तीन दिनमा आइतवार सिड्नी टेस्टमा भारतलाई ६ विकेटले पराजित गर्दै जुनमा इङ्ग्ल्याण्डमा आयोजना हुने डब्लुटिसी फाइनलका लागि छनोट भएको छ । फाइनल पुग्ने अस्ट्रेलिया दोस्रो टोली बनेको छ । यसअघि दक्षिण अफ्रिकाले फाइनलमा पुगिसकेको छ । […]

Success

Thank you for your time.