default_image

3 years ago

March 17, 2022

‘बाबर विश्वका नम्बर वान् खेलाडी’

216 views

0 Bookmark

एजेन्सी – पाकिस्तानका कप्तान बाबर आजम विश्व क्रिकेटको नम्बर वान् खेलाडी रहेको विकेटकिपर मोहम्मद रिजवानले बताएका छन् । बुधबार अष्ट्रेलियाविरुद्ध चौथो इनिङमा विश्व कीर्तिमानी प्रदर्शन गरेपछि पाकिस्तानका विकेटकिपर रिजवानले उक्त प्रतिक्रिया दिएका हुन् ।

५ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले चौथो र पाँचौं दिन उत्कृष्ट ब्याटिङका साथ ४४३–७ को अवस्थामा दोस्रो टेस्ट ड्र गरेको थियो । बाबर आजमले ४ सय २५ बलमा २१ चौका र १ छक्कासहित १ सय ९६ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । जुन कप्तानको रुपमा चौथो इनिङमा टेस्ट इतिहासकै उत्कृष्ट प्रदर्शन थियो ।

‘हेर्नुस् बाबरको विश्व क्लास सबैलाई थाहा छ । बाबर विश्वको नम्बर वान् खेलाडी हुन् । यसमा कुनै कुराको आवश्यक छैन । यस बारे पाकिस्तान र विश्व सबैलाई थाहा छ, रिजवानले भने ।’

बाबर आउट भएपछि पाकिस्तानको इनिङ रिजवानले सम्हाल्लेका थिए । रिजवानले १ सय ७७ बलमा ११ चौका र १ छक्कासहित १ सय ४ रनमा अविजित रहँदै ड्र पक्का गराएका थिए । टेस्टमा विकेटकिपर त्यसमा पनि पाँचौ दिन शतक प्रहार गर्नु कुनै सामान्य कुरा होईन । अझ अष्ट्रेलिया विश्व स्तरिय तीव्र गतिको बलिङ आक्रामण सामु रन बनाउन कुनैपनि ब्याटरलाई सहज हुँदैन ।

‘पक्कै पनि टेस्टमा पाँच सेसन खेल्न र विश्वको नम्बर वान टोलीविरुद्ध खेल्न यो ठूलो कुरा हो । मेरो अनुसार यस टेस्टमा हामी अगाडि बढ्नु पर्ने थियो । अष्ट्रेलियाले जुन प्रयास गर्यो त्यो आउट क्लास थियो । किनभने उनीहरुले अन्तिम समय सम्म पूनरागमन बारे सोची राखेका थिए । स्मिथ र अष्ट्रेलिया टिमबाट मैले धेरै कुरा सिक्न पाएँ, रिजवानले खेल सकिएपछि भने ।’ ‘उनीहरुले कुनैपनि समय हिम्मत हारेनन् । खेली रहे । मैले र कप्तानले एक समय लक्ष्य पूरा गर्ने सोच बनाएका पनि थियौं । बल धेरै पूरानो थियो । तीव्र गतिमा गएको थिएन । टेस्टमा यो कुरा चलि रहन्छ, उनले थपे ।

पाकिस्तानले पहिलो इनिङमा ४ सय ८ रनले पछि परेको अवस्थाबाट उत्कृष्ट पूनरागमन परेको थियो । रिजवानले दोस्रो इनिङमा पाकिस्तानको योजना सामान्य रहेको बताए ।

‘हाम्रो योजना सामान्य थियो । पाँचौं दिन हाम्रो बहादुरी देखाउनु पर्ने थियो । टेस्टमा पाँचौं दिन खेल्न, पहिलो इनिङमा १ सय ४८ मा अल आउट हुन । सबै सेसनको सेसन खेल्न । यो कुनै सामान्य कुरा होईन । अब्दुल्लाह शफिक र कप्तानको इनिङ आउट क्लास थियो । खेल जति अन्तिम सम्म जादै थियो दबाब त्यतिनै थियो । तर मैले कहिल्यै पनि दबाब लिएन । हाम्रो हातमा मिहिनेत थियो । त्यहिँ गयौं, पहिलो इनिङमा विशाल अन्तरले पछि परेपछि टोलीको सोचबारे रिजवानले भने ।’

बाबर र रिजवानले टि२० आईमा ओपनिङ गर्दै पाकिस्तानबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । जुन साझेदारी टेस्टमा पनि त्यतिनै जमेको छ । पाँचौं विकेटका लागि १ सय १५ रनको शतकीय साझेदारी गरेका थिए । यी दुई जोडी निकै जम्दै आएका छन् । आफूहरुको कुराकानी मिल्ने र समयको माग अनुसार खेल्ने बताए ।

पाकिस्तान र अष्ट्रेलियाबीच दुबै टेस्ट खेलमा उत्कृष्ट ब्याटिङका साथ ड्र भएका छन् । तेस्रो तथा अन्तिम टेस्ट खेल २१ मार्च देखि गद्दाफी स्टेडियम लाहोरमा हुनेछ । यस प्रदर्शनले पाकिस्तानको मनोबल झनै उच्च हुनेछ । ‘अष्ट्रेलिया कुनै सामान्य टोली होईन । उनीहरु सधैं पूनरागन र जित्नेको सोच्ने राख्ने गर्दछन् । हामी पनि अर्को खेलमा आएको अवसरलाई सदुपयो गर्ने सोच्ने छौं, रिजवानले भने ।’

बाबरले विश्व क्रिकेटमा तीनै शैलीमा सानदार प्रदर्शन गर्दै आएका छन् । विश्व क्रिकेटमा तीनै शैलीमा शतक प्रहार गर्ने कप्तानको रुपमा बाबर तेस्रो खेलाडी मात्र हुन् । यसअघि यस सफलता श्रीलंका पूर्व कप्तान तिलकरत्ने दिलशान र दक्षिण अफ्रिका फाफ डु प्लेसिसले मात्र हात पारेका थिए ।

December 19, 2024

यु १९ महिला एसिया कप – नेपाल र श्रीलंका खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोलीले आज(बिहीवार) श्रीलंकाको सामना गदैछ । मलेसियाको किन्नारा ओभल क्रिकेट मैदानमा नेपालले श्रीलंका यु १९ को सामना गर्दैछ । दुई बीचको खेल नेपाली समय अनुसार बिहान ११ः४५ मा सुरु हुनेछ । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ […]

December 19, 2024

फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनल प्रवेशका लागि कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । दुई टोलीबीचको दोस्रो क्वालिफायर खेल कीर्तिपुस्थित टियु क्रिकेट मैदानमा मध्यान्ह १२ बजे सुरु हुदैछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने […]

December 18, 2024

विनोदको अर्धशतक प्रेरित सुदूरपश्चिम फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]

Success

Thank you for your time.