default_image

3 years ago

March 16, 2022

संकटमा रोहितको महत्वपूर्ण अर्धशतक

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युवा ब्याटर रोहितकुमार पौडेलले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन् ।

२ सय ५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ३२ ओभरमा ४ विकेट गुमाउँदै १ सय १९ रन बनाएको थियो । रोहित ७१ बलमा ४ चौकासहित ५० रनमा खेलेका छन् । रोहितको यो ओडिआई करिअरको चौथो अर्धशतक हो । नेपालबाट ओडिआईमा रोहित र ज्ञानेन्द्रले मात्र ४–४ अर्धशतक प्रहार गरेका छन् । आरिफ शेख २८ रनमा खेलेका छन् । खराब सुरुवात गरेको नेपाललाई पाँचौं विकेटका लागि आरिफ शेख र रोहित कुमार पौडेलले ७७ रनको साझेदारी गरि सकेका छन् ।

नेपालले ओपनर कुशल भुर्तेललाई दोस्रो ओभरको पहिलो बलमा १ रनमा गुमाएको थियो । भुर्तेललाई एलि नाओले डोगोडो बाउबाट क्याच गराए । तेस्रो ओभरको चौथो बलमा नर्मन भानुआले ज्ञानेन्द्र मल्ललाई ४ रनमा एलबीडब्लू आउट गरे । नेपालका मध्यक्रमका प्रमुख ब्याटर दीपेन्द्रसिंह ऐरीलाई राइली हेकुरेले ८ रनमा क्याच गराएपछि नेपाल २४–३ को अवस्थामा पुगेको थियो ।

असाद भालाको १५ औं ओभरको अन्तिम बलमा आसिफ शेख अघि बढेर सट खेल्नेक्रममा १६ रनमा स्टम्पिङ आउट भए । उनले ४० बलमा १ चौका प्रहार गरे ।

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो । पपुवा न्युगिनीका चाल्र्स अमिनीले ८२ बलमा ७ चौकासहित सर्वाधिक ५९ रनको योगदान दिए । चाद सोपरले ७४ बल खेल्दै २ चौकासहित ३५ रनमा सोमपाल कामीको बलमा बोल्ड भए ।

एक समय २४.४ ओभरमा ९१-४ को कमजोर अवस्थामा पुगेको पपुवा न्युगिनीलाई पाँचौं विकेटका लागि अमिनी र चाद सोपरले ७५ रनको महत्वपूर्ण साझेदरी गरेका थिए । तल्लोक्रमका नर्मन भानुवा १२ बलमा चौका र १ छक्कासहित २३ रनमा रन आउट भए ।

नेपालका लागि तीव्र गतिका बलर सोमपाल कामीले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । स्पिनर सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले १-१ विकेट लिए ।

December 18, 2024

विनोदको अर्धशतक प्रेरित सुदूरपश्चिम फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]

December 18, 2024

फाइनलमा प्रवेशका लागि सुदूरपश्चिमलाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ । टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]

December 18, 2024

पहिलो क्वालिफायरमा जनकपुरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पछिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ […]

Success

Thank you for your time.