default_image

3 years ago

March 15, 2022

सन्दीपलाई दुर्लभ विश्व कीर्तिमानको अवसर

235 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई आइसिसी विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) भ्रमणमा विश्व कीर्तिमान कायम गर्ने अवसर छ ।

ओडिआईमा डेब्यू कप्तानी गर्न थालेका सन्दीपले युएई भ्रमणमा सुरुवाती दुई खेलमा गरि ९ विकेट लिन सके ओडिआई इतिहासमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने खेलाडी बन्नेछन् । सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक ओडिआई खेलमा डेब्यू गरेका सन्दीपले १६ खेलमा ४१ विकेट लिएका छन् । बाँकी दुई खेलमा ९ विकेट लिँदा १८ खेलमै ५० विकेट पूरा हुनेछ ।

ओडिआई विश्व क्रिकेट इतिहासमा सर्वाधिक छिटो ५० विकेट १९ खेलमा श्रीलंका पूर्व स्पिनर अजान्था मेन्डिसको नाममा छ । उनले २००९ मा जिम्बाबेविरुद्ध उक्त सफलता हात पारेका थिए । सन्दीपले आइसिसी विश्वकप लिग–२ अन्तर्गत पपुवा न्युगिनी र युएईसँगको त्रिकोणात्मक ओडिआई सिरिजको सुरुवाती दुई खेलमा ९ विकेट लिए ओडिआई इतिहासकै दुर्लभ कीर्तिमान बनाउनेछन् ।

तीन खेलमा ९ विकेट लिन सके कीर्तिमान बराबर गर्नेछन् । सन्दीपले विश्वका थुप्रै स्टार खेलाडीलाई भने यस सफलतामा पछि पार्ने देखिन्छ । ओडिआईमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने दोस्रो खेलाडी भारतीय पूर्व तीव्र गतिका बलर अजित अगरकर हुन् । उनले २३ खेलमा ५० विकेट पूरा गरेका थिए । न्युजिल्यान्डका मिचेल म्याकलेनघानले २३, अष्ट्रेलियाका डेनिस लेली, पाकिस्तानका हसन अली, भारतका कुलदीप यादव र अष्ट्रेलिया स्वर्गिय शेन वार्नले २४–२४ खेलमा उक्त सफलता हात पारेका थिए ।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले २५ र अफगानिस्तानका राशिद खानले २६ खेलमा उक्त सफलता हात पारेका थिए । नेपालबाट सन्दीपपछि तीव्र गतिका बलर करण केसीले १४ खेलमा २४, सुशान भारीले ९ खेलमा १५ र सोमपाल कामीले ८ खेलमा १५ विकेट लिएका छन् । अन्य नेपाली खेलाडीले १० माथि विकेट लिन सकेका छैनन् ।

अघिल्लो महिना आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा सन्दीपले नेपालको लागि कप्तानी गरेका थिए । ओडिआईमा यसै सिरिज मार्फत गर्नेछन् । सन्दीपको ओडिआईमा उत्कृष्ट प्रदर्शन गत सेप्टेम्बरमा पपुवा न्युगिनीविरुद्ध ५.१ ओभरमा ११ रन खर्चेर ६ विकेट छ । सन् २०२० फेब्रुअरीमा अमेरिकाविरुद्ध घरेलु मैदानमा ६ ओभरमा १ मेडन सहित १६ रन खर्चेर ६ विकेट लिएका थिए ।

नेपालले पहिलो खेल पपुवा न्युगिनीसँग बुधबार खेल्दै सुरुवात गर्नेछ । दोस्रो खेल शुक्रबार युएई, तेस्रो खेल सोमबार युएई र चौथो तथा अन्तिम खेल मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ ।

January 6, 2025

पिएम कप महिला क्रिकेट – उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको पहिलो खेल गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबिचमा हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार कैलालीको फाप्ला क्रिकेट मैदानमा माघ १ गते सुरु हुने पिएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका जारी गरेको हो । माघ १२ गतेसम्म चल्ने प्रतियोगितामा ९ टोलीको सहभागिता रहनेछ […]

January 6, 2025

साहबको कीर्तिमानी बलिङका बाबजुद बराबरीमा रोकियो आर्मी

काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर साहब आलमले कीर्तिमानी बलिङ गरे पनि त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा रोकिएको छ । जय ट्रफी मेन्स एलिट कपको सोमवार सकिएको विभागीय डर्बी बराबरीमा सकिएको हो । १ सय ७२ रनको लक्ष्य पछ्याएको पुलिसले ५ विकेट गुमाएर ८८ रन जोडेको थियो । पुलिसका लागि अमित श्रेष्ठले […]

January 6, 2025

मयनको शतक बाबजुद मधेश बराबरीमा रोकियो

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको आफ्नो पहिलो खेलमा मयन यादवको शतकका बाबजुद मधेश प्रदेशले बागमती प्रदेशसँग बराबरी खेलेको छ । जनकपुरमा सोमवार सकिएको मधेश र बागमतीबिचको खेल बराबरीमा टुंगिएको हो । १ सय ६४ रनको लक्ष्य पछ्याएको बागमतीले दोस्रो तथा अन्तिम दिनको खेल सकिदा ६ विकेट गुमाएर ९७ रन मात्र जोडेपछि […]

Success

Thank you for your time.