default_image

2 years ago

March 14, 2022

दीपेन्द्रले जित्न सकेनन् आइसिसीको अवार्ड

127 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ए‍ेरीले आइसिसी प्लेयर अफ द मन्थ (महिनाको उत्कृष्ट खेलाडीको) अवार्ड जित्न सकेनन् । अघिल्लो साता महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा परेपनि उक्त अवार्ड भारतीय युवा ब्याटर श्रेयस ऐरले जितेका छन् ।

फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा दीपेन्द्रसँगै भारतका श्रेयस ए‍ेर र यूएईका वृत्य अरविन्द थिए । दीपेन्द्र र वृत्यले आइसिसी टि२० विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । श्रेयसले श्रीलंका र वेस्ट इन्डिजविरुद्ध सिरिजमा उच्च प्रदर्शन गरेका थिए । दीपेन्द्रले विश्वकप छनोटमा १ सय ५९ रन र ३ विकेट लिएका थिए ।

त्यसअघि चार देश सम्मिलित सिरिजमा १ सय ४२ रन र आयरल्यान्डविरुद्ध एकै खेलमा ४ विकेट हात पारेका थिए । दीपेन्द्रले विश्वकप छनोटमा नेपाललाई सेमिफाइनलसम्म पुर्याउन उच्च अलराउन्ड प्रदर्शन गरेका थिए । यसअघि नेपालका सन्दीप लामिछानेले सेप्टेमबर २०२१ को आइसिसी प्लेयर अफ द मन्थको उपाधि जितिसकेका छन् । कुशल भुर्तेल पनि अप्रिल २०२१ मा यस अवार्डको मनोनयनमा परेका थिए ।

अवार्ड जितेका ऐरले श्रीलंकासँगको तीन टि२० आई खेलमा २८ बलमा ५७ रन, ४४ बलमा ७४ रन र ४५ बलमा ७३ रनमा अविजित रहेका थिए । ऐर तीनै खेलमा अविजित थिए । तीन खेलमा गरि २० चौका र ७ छक्का प्रहार गरेका थिए । वेस्टइन्डिजसँग तेस्रो ओडिआईमा ८० रन जोडेका थिए ।

युएईलाई दोस्रो पटक विश्वकपमा पुर्याउन अरविन्दले छनोटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले सेमिफाइनलमा नेपालविरुद्ध ४६ रनको आक्रामक इनिङ खेलेका थिए । समूह चरणमा टेस्ट टोली आयरल्यान्डलाई हराउन ९७ रनको अविजित इनिङ खेलेका थिए । जमर्नीसँग ४० र बहराइनसँग ८४ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।

आइसिसीले हरेक महिना उत्कृष्ट प्रदर्शन खेलाडी तीन तीन खेलाडीको मनोयन सार्वजनिक गर्ने गर्दछ । यस अवार्डको विजेता आइसीसीकै प्यानल र खुला मतदानको मत अनुसार घोषणा भएको हो । आइसीसीको प्यानलमा पूर्व खेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति रहने गर्दछ । आइसीसी प्यानलको मतभार ९० प्रतिशत र खुला मतदानको १० प्रतिशत भार रहने गर्दछ ।

July 5, 2024

क्यानले उपाध्यक्ष सिंहसहित ४ जनालाई स्पष्टीकरण सोध्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले आफ्ना उपाध्यक्षसहित ४ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। टि ट्वान्टी विश्वकप सहभागिताका दौरान विवादास्पद अभिव्यक्ति दिएको भन्दै क्यान उपाध्यक्ष रोशन कुमार सिंह, केन्द्रीय सदस्यद्वय माधव कुमार कर्माचार्य र दुर्गाराज पाठक तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई क्यानको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। बैठकपछि […]

July 5, 2024

क्रिकेटर अप्सरी निलम्बनमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गरेको छ । क्यान कार्यसमितिको बैठकले अप्सरीलाई निलम्बन गर्दै थप छानबिन गर्न अनुशासन आयोगलाई जिम्मा दिने निर्णय गरेको हो । ‘एसीसीको कार्यक्रम अनुसार यहि जुलाई १९ देखि २८, २०२४ सम्म श्रीलंकामा संचालन हुने वुमन्स टि ट्वान्टी एसिया कप क्रिकेट प्रतियोगितालाई मध्यनजर राखी हाल […]

July 5, 2024

आदिलको निलम्बन फुकुवा प्रक्रिया अघि बढ्यो

काठमाडौं (हाम्रो खेलकुद) – म्याच फिक्सिङको मुद्दाबाट सफाइ पाएका अलराउन्डर आदिल आलमको निलम्बन फुकुवा सम्बन्धी प्रक्रिया अघि बढेको छ । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समिति बैठक सफाई पाएका आदिलको निलम्बन फुकुवा सम्बन्धित प्रक्रिया अघि बढाएको छ । बैठकले अल राउन्डर आदिल निलम्बन फुकुवाको प्रकिया क्यानको अनुशासन समितिलाई १ हप्ता भित्र निर्णय गर्न जिम्मेवारी […]

Success

Thank you for your time.