3 years ago
March 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना घरेलु मैदान टियुमा हुने पपुवा न्युगिनीसँगको ओडिआई, नेपाल, पपुवा न्युगिनी र मलेसियाबीच हुने त्रिकोणात्मक टि२० आई सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले पपुवा न्युगिनीसँग खेल्ने दुई ओडिआईसँगै पपुवा न्यगिनी, नेपाल र मलेसियाबीच खेल्ने त्रिकोणात्मक टि२० आई सिरिजको खेल तालिका र समय सार्वजनिक गरेको छ । नेपालले चैत ११ (मार्च २५) मा पपुवा न्युगिनीसँग पहिलो ओडिआई खेल खेल्ने छ । चैत १२ (२६ मार्च) मा दोस्रो ओडिआई खेल खेल्ने छ ।
त्रिकोणात्मक टि२० आई सिरिज भने चैत १४ देखि २१ गर्ते (मार्च २८ देखि ४ अप्रिल) सम्म टियु मैदानमा हुनेछ । त्रिकोणात्मक टि२० आई सिरिज डबल राउन्ड रोबिनको आधारमा हुनेछ । नेपालले पपुवा न्युगिनी र मलेसिया दुबैसँग दुई दुई खेल खेल्नेछ । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
नेपाली टोली श्रीलंकामा छ । चार अभ्यासको लागि अघिल्लो साता युुएई पुगेको नेपाल सोमबार युएई जानेछ । नेपालले अभ्यास खेलमा श्रीलंका नेभी स्पोर्ट्स क्लबलाई पहिलो खेलमा १ सय ११ र दोस्रो खेलमा ८२ रनले हराएको थियो । तेस्रो खेलमा श्रीलंका पुलिसलाई १ सय ४४ रनले हराउँदा श्रीलंका संयुक्त ११ सँग ९२ रनले पराजित भएको थियो ।
युएईमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएई, पपुवा न्युगिनी र नेपालबीचको त्रिकोणात्मक ओडिआई हुँदैछ । १६ मार्च देखि २२ सम्म त्रिकोणात्मक ओडिआई सिरिज खेल्ने छ । त्यसपछि नेपाल स्वदेश फर्किने छ। पपुवा न्युगिनीपनि युएईबाट सिधैं नेपाल आउनेछ।
नेपालको खेल तालिका
१६ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, शाहजाह क्रिकेट स्टेडियम
१८ मार्च नेपालविरुद्ध युएई, दुबई इन्टरनेशल क्रिकेट स्टेडियम
२१ मार्च नेपालविरुद्ध युएई, दुबई
२२ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, दुबई
नेपाल र पपुवा न्युगिनीबीचको दुई ओडिआई सिरिज
चैत ११ (मार्च २५ नेपालविरुद्ध पपुवा न्युगिनी, टियु मैदान
चैत १२ (मार्च २६) नेपालविरुद्ध पपुवा न्युगिनी, टियु मैदान
दुबै ओडिआई बिहान ९ बजेदेखि सुरु हुनेछन् ।
टि२० त्रिकोणात्मक सिरिज
चैत १४ (मार्च २८) – नेपालविरुद्ध पपुवा न्युगिनी, दिउँसो १२:३०
चैत १६ ( मार्च ३०) – नेपालविरुद्ध मलेसिया, दिउँसो १२:३०
चैत १७ (मार्च ३१) – नेपालविरुद्ध पपुवा न्युगिनी, दिउँसो १२: ३०
चैत १९( अप्रिल २) – नेपालविरुद्ध मलेसिया, दिउँसो १२: ३०
चैत २१ (मार्च ४) – फाइनल शीर्ष दुई टोली, दिउँसो १२: ३०
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण रोकिएको छ । समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको थियाे । नेपालले सुपर फोरको पहिलो खेलमा श्रीलंकाको यु १९ टोलीसँग पहिलो खेल खेलिरहेको थियो । टस जितेर बलिङ गरिरहेको नेपालले पहिलो ओभरको समाप्तीमा […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्स जितेकाे छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले बलिङ रोजेका छन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने फाइनलमा स्थान पक्का गरिसकेको […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी यु १९ महिला एसिया कपमा श्रीलंकाविरुद्ध नेपालले टस जितेको छ । मलेसियाको किन्नारा ओभलमा नेपालकी कप्तान पुजा महतोले टस जितेर बलिङ रोजेकी हुन् । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ मा स्थान बनाएका हुन् । भारत र पाकिस्तानसँग एकै समूहमा रहेको नेपालले पाकिस्तानलाई पराजित गर्दा […]