default_image

3 years ago

March 11, 2022

ब्याटिङ नचल्दा नेपाल पराजित

109 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल चौथो तथा अन्तिम अभ्यास खेलमा श्रीलंका संयुक्त–११ सँग ९२ रनले पराजित भएको छ । २ सय ३३ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपाल ३५.२ ओभरमा १ सय ४० रनमा अल आउट भयो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ६ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए ।

नेपालले ओपनर आसिफ शेखलाई सुरुवातमै ५ रनमै गुमाएको थियो । त्यसपछि कुशल भुर्तेल र ज्ञानेन्द्र मल्लले इनिङलाई अघि बढाएका थिए । कुशल ४८ बलमा ५ चौकासहित ३२ रनमा आउट भए । दोस्रो विकेटका लागि कुशल र ज्ञानेन्द्रले ५७ रनको साझेदारी गर्दै जितको आशा देखाएका थिए । दिलसान मुनाविराले कुशललाई १६ औं ओभरको पाँचौं बलमा क्याच गराएपछि नेपालले लगातार विकेट गुमाएको थियो ।

एक समय नेपाल १५.४ ओभरमा ७५-१ को बलियो अवस्थामा रहेपनि त्यसपछि लगातार विकेट गुमाउँदै पराजित भएको हो । पछिल्लो समय राम्रो लयमा रहेका दीपेन्द्रसिंह ऐरी भने २ रनमै आउट भए । आरिफ शेख १९ बलमा १३, रोहित कुमार पौडेल २१, सोमपाल कामी ८ र विनोद भण्डारी १ रनमा आउट भए । रोहितले २७ बलमा ३ चौका प्रहार गरे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका संयुक्त–११ ले ४८.२ ओभरमा २ सय ३२ रनमा अल आउट भएको थियो । संयुक्त ११ को लागि अनुक फ्रेर्नान्डोले ६९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५६ रन बनाए । ओपनर सान्दुन विराक्कोडीले ४८ बलमा ९ चौकासहित ४९ रनमा आउट भए ।

ओपनर दिलसान मुनाविरा र सान्दुन विराक्वोडीले पहिलो विकेटका लागि १०.४ ओभरमा ६१ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । त्यसपछि श्रीलंकाले निरन्तर विकेट गुमाएको थियो। मुनाविरालाई सागर ढकालले ज्ञानेन्द्रबाट क्याच गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

मुनाविरा २६ बल खेल्दै १४, श्रीलंका पूर्व कप्तान तथा विश्व चर्चित ब्याटर उपुल थरंगा ११ बलमा ३ रन र स्टार अलराउन्डर थिसेरा परेरा १३ बलमा ८ रनमा आउट भए । थरंगा आरिफ शेखको बलमा आसिफ शेखबाट क्याच आउट भए । थिसारा परेरा दीपेन्द्रको बलमा विकेटकिपर आसिफबाट स्टम्पिङ आउट भए ।

एक समय ६१–० को बलियो अवस्थामा रहेको संयुक्त ११ मध्यक्रम नचल्दा १०४–६ को कमजोर अवस्थामा पुगेको थियो । चमारा सिल्भा ६ र निसन्था १८ रनमा आउट भए । तल्लोक्रमका ब्याटर फ्रेनान्डोले अर्धशतकीय इनिङका साथ टोलीलाई मध्यम योगफलमा पुर्याएका थिए ।

कुमारस्वामी ३० र दिलरुवान परेरा १४ रनमा आउट भए । नेपालका दीपेन्द्रसिंह ऐरीले १० ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । बायाँ हाते स्पिनर सागर ढकालले ९ ओभरमा २ मेडनसहित २१ रन खर्चेर ३ विकेट लिए ।

सोमपाल कामीले ९ ओभरमा ५५ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ९.२ ओभरमा ६१ रन खर्चेर १ विकेट लिए । आरिफ शेखले ६ ओभरमा १ मेडनसहित २२ रन खर्चेर १ विकेट लिए ।

योसँगै नेपालको श्रीलंका भ्रमण सकिएको छ । नेपाल आइसिसी विश्वकप लिग २ अन्तर्गत युएई र पपुवा न्युगिनीसँगको त्रिकोणात्मक ओडिआई सिरिजको लागि सोमबार दुबई पुग्नेछ । नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका नेभी स्पोर्ट्स क्लबलाई १ सय ११ रन र दोस्रो खेलमा नेभीलाईनै ८२ रनले हराएको थियो । बिहीबार तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसलाई १ सय ४४ रनले हराएको थियो ।

विश्वकप लिग-२ मा नेपालले पहिलो खेल मार्च १६ मा पपुवा न्युगिनी (पिएनजी) सँग खेल्दै सुरुवात गर्नेछ । २२ मार्च सम्म नेपाल युएईमा रहनेछ । विश्वकप लिग-२ २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपमा पुग्ने रोडम्याप हो । विश्वकप लिग-२ मा ७ देशले प्रतिस्पर्धा गरेका छन् । शीर्ष तीन टोली २०२३ मा हुने विश्वकपको ग्लोबल छनोटमा सिधैं प्रवेश पाउनेछन् । त्यसपछि नेपाल स्वदेश फर्किनेछ । पिएनजीपनि नेपाल आउनेछ । पिएनजी र नेपालबीच दुई ओडिआई खेल हुनेछ । नेपाल, पिएनजी र मलेसियाबीच त्रिकोणात्मक टि२० आई सिरिज खेल्नेछ ।

नेपालले चैत ११ (मार्च २५ ) मा पपुवा न्युगिनीसँग पहिलो ओडिआई खेल खेल्ने छ । चैत १२ (२६ मार्च) मा दोस्रो ओडिआई खेल खेल्ने छ । त्रिकोणात्मक टि२० आई सिरिज भने चैत १४ देखि २१ गर्ते (मार्च २८ देखि ४ अप्रिल) सम्म टियु मैदानमा हुनेछ । 

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी ।

युएई भ्रमणमा नेपालको तालिका

१६ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, शाहजाह क्रिकेट स्टेडियम

१८ मार्च नेपालविरुद्ध युएई, दुबई इन्टरनेशल क्रिकेट स्टेडियम

२१ मार्च नेपालविरुद्ध युएई, दुबई

२२ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, दुबई

नेपाल र पपुवा न्युगिनीबीचको दुई ओडिआई सिरिज

चैत ११ ( मार्च २५) : नेपालविरुद्ध पपुवा न्युगिनी, टियु मैदान

चैत १२ ( मार्च २६) : नेपालविरुद्ध पपुवा न्युगिनी, टियु मैदान

अंक तालिका

ओमान २६ खेलमा १६ मा जित र ८ मा हार सहित ३४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हार सहित १६ अंकका साथ दोस्रो स्थानमा छ । युएई १३ खेलमा ६ मा जित र ५ मा हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हार सहित १४ अंक भएपनि नेटरनरेटका कारण चौथो स्थानमा छ । नामिबिया ११ खेलमा ६ मा जित र ५ मा हार सहित १२ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी १२ खेलमा १२ मानै हारका साथ पुछारमा छ ।

December 18, 2024

विनोदको अर्धशतक प्रेरित सुदूरपश्चिम फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]

December 18, 2024

फाइनलमा प्रवेशका लागि सुदूरपश्चिमलाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ । टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]

December 18, 2024

पहिलो क्वालिफायरमा जनकपुरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पछिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ […]

Success

Thank you for your time.