3 years ago
March 11, 2022
काठमाडौं(हाम्रो खेलकुद) – श्रीलंका पूर्व स्टार ब्याटर तथा विश्वकप च्याम्पियन रोशन महानमाले नेपाली क्रिकेट टोलीसँग अन्तरक्रिया गरेका छन् । आइसिसी विश्वकप लिग–२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपालले विहीबार श्रीलंका पुलिससँग अभ्यास खेल खेलेको थियो । नेपाली टोलीको खेलपछि रोशनले टोलीसँग अन्तरक्रिया गरेका थिए ।
श्रीलंकाले सन् १९९६ मा पहिलो पटक विश्वकप जित्दा टोलीका सदस्य रोशनले नेपाली टोलीको हौसला बढाउँदै अन्तरक्रिया गरेका थिए । पूर्व विश्व स्टार तथा विश्वकप च्याम्पियन उनले आफ्नो अनुभव सुनाउनुको साथै सल्लाह र सुझाव दिएका थिए । रोशनसँगको अन्तरक्रियापछि नेपाली टोलीको हौसला झनै उच्च भएको छ । नेपाली टोलीले उनीसँग अन्तरक्रियाबाट छोटो समयमा धेरै कुरा सिक्ने अवसर पाएको थियो ।
१९९६ को विश्वकपको सेमिफाइनलमा भारतलाई हराउन उनले ५८ रनको अविजित इनिङ खेलेका थिए । त्यसपछि १२ वर्ष समय उनले आइसिसीका म्याच रेफ्रीको रुपमा बिताएका थिए । उनले श्रीलंकाबाट ५२ टेस्टमा ४ शतक र ११ अर्धशतक सहित २ हजार ५ सय ७६ रन बनाएका थिए ।
२ सय १३ ओडिआईमा ४ शतक र ३५ अर्धशतक सहित कुल ५ हजार १ सय ६२ रन बनाएका थिए । ओपनिङ, मध्यक्रम र तल्लोक्रमका भरपर्दा ब्याटरको साथै उत्कृष्ट फिल्डर थिए । त्यस समय रोशन, सनाथ जयसूर्या, असांका गुरुसिंहा, अरविन्दर डि सिल्भा, कप्तान अर्जुना रणतुङ्गा श्रीलंकाका प्रमुख ब्याटर थिए ।
सन् १९९७ मा कोलोम्बोमा उनले टेस्टमा भारतविरुद्ध पहिलो इनिङमा २ सय २५ रनको करिअरको उत्कृष्ट प्रदर्शन गरेका थिए । १९९२ को नोभेम्बर र डिसेम्बरमा न्युजिल्यान्डविरुद्ध १ सय ५३ र १ सय ९ रनको लगातार शतकीय इनिङ खेलेका थिए ।
ओडिआईमा उनले जयसूर्यासँग ओपनिङ गर्ने गर्दथें । टोलीको आवश्यकता अनुसार मध्यक्रममा पनि ब्याटिङको भूमिका निर्वाह गरेका थिए । १९९४ को नोभेम्बरमा जिम्बावेविरुद्ध ओपनिङ गर्दै दुबै खेलमा शतकीय इनिङ खेलेका थिए । १९९५ मा वेस्टइन्डिजविरुद्ध शारजाहमा च्याम्पिन्स ट्रफीमा १ सय १ रनको शतकीय इनिङ खेलेका थिए ।
नेपालले श्रीलंकामा अन्तिम अभ्यास खेल शुक्रबार श्रीलंका संयुक्त–११ सँग खेल्नेछ । उक्त टोलीमा श्रीलंका पूर्व कप्तान उपुल थरंगा, थिसेरा परेरा, तीव्र गतिका बलर धाम्मिका प्रसाद लगायतका विश्व स्टार खेलाडीले खेल्नेछन् । नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका नेभी स्पोर्ट्स क्लबलाई १ सय ११ रन र दोस्रो अभ्यास खेलमा ८२ रनले पराजित गरेको थियो । तेस्रो खेलमा श्रीलंका पुलिस क्लबलाई १ सय ४४ रनले हराएको थियो । नेपाली टोली १४ मार्चमा युनाइटेड अरव इमिरेट्स (युएई) पुग्नेछ ।
विश्वकप लिग-२ मा नेपालले पहिलो खेल मार्च १६ मा पपुवा न्युगिनी (पिएनजी) सँग खेल्दै सुरुवात गर्नेछ । २२ मार्च सम्म नेपाल युएईमा रहनेछ । त्यसपछि नेपाल स्वदेश फर्किनेछ । पिएनजीपनि नेपाल आउनेछ । पिएनजी र नेपालबीच दुई ओडिआई खेल हुनेछ । नेपाल, पिएनजी र मलेसियाबीच त्रिकोणात्मक टि२० आई सिरिज खेल्नेछ ।
नेपालले चैत ११ (मार्च २५ ) मा पपुवा न्युगिनीसँग पहिलो ओडिआई खेल खेल्ने छ । चैत १२ (२६ मार्च) मा दोस्रो ओडिआई खेल खेल्ने छ । त्रिकोणात्मक टि२० आई सिरिज भने चैत १४ देखि २१ गर्ते (मार्च २८ देखि ४ अप्रिल) सम्म टियु मैदानमा हुनेछ ।
नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी ।
युएई भ्रमणमा नेपालको तालिका
१६ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, शाहजाह क्रिकेट स्टेडियम
१८ मार्च नेपालविरुद्ध युएई, दुबई इन्टरनेशल क्रिकेट स्टेडियम
२१ मार्च नेपालविरुद्ध युएई, दुबई
२२ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, दुबई
यो पनि : श्रीलंकाका विश्व स्टार क्रिकेटरले नेपालविरुद्ध खेल्ने
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]