default_image

3 years ago

March 10, 2022

करणको अलराउन्ड प्रदर्शनमा नेपालको फराकिलो जित

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – करण केसीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीका क्रममा श्रीलंका भ्रमणमा लगातार तेस्रो जित दर्ता गरेको छ ।

विहीबार श्रीलंका पुलिसमाथि नेपालले १ सय ४४ रनको फराकिलो जित दर्ता गरेको हो । नेपालले प्रस्तुत गरेको ३ सय ३२ रनको लक्ष्य पछ्याउने क्रममा पुलिस ३६.५ ओभरमा १ सय ८७ रनमा अलआउट भयो । नेपालका लागि करण केसीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे ।

श्रीलंका पुलिसका कप्तान सि सिल्भाले ६५ बलमा ८ चौकासहित सर्वाधिक ६४ रन बनाए । मदुशंका ४४ बलमा ६ चौका र १ छक्कासहित ५० रनमा अविजित रहे । विकेटकिपर वेभिता ३७ रनमा आउट भए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका करण केसीले ६ ओभरमा १ मेडनसहित २० रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरीले ७ ओभरमा १ मेडनसहित ३३ रन खर्चेर २ विकेट लिए । स्पिनर सागर ढकालले १० ओभरमा ५३ रन खर्चेर २ विकेट लिए । कप्तान सन्दीप लामिछानेले ६.५ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ३१ रन बनाएको थियो । नेपालका लागि रोहित कुमार पौडेलले ७७ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ७२ रनको योगदान दिए । ओपनर कुशल भुर्तेल ४८ बलमा ८ चौकासहित ५७ रनमा आउट भए ।

पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले १३.१ ओभरमा १ सय ७ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । आसिफ ५० बलमा ५ चौका र २ छक्कासहित ५२ रनमा राजकरुणाको बलमा बोल्ड आउट भए । आरिफ शेख २६, विनोद भण्डारी ३, भीम सार्की २ र पवन सरार्फ ३ रनमा आउट भए ।


तल्लोक्रममा करण केसीले ३६ बलमा ६ छक्कासहित ५३ रनको आक्रामक इनिङ खेलेका थिए । कमलसिंह ऐरी ३६ बलमा ४ चौका र २ छक्कासहित ४५ रनमा अविजित रहे । आठौं विकेटका लागि कमल र करणले १ सय २ रनको विष्फोटक साझेदारी गरेका थिए । श्रीलंका पुलिसका डि राजकरुणा र टि सम्पथले २-२ विकेट लिए ।

नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका नेभी स्पोर्ट्स क्लबलाई १ सय ११ रन र दोस्रो खेलमा नेभीलाईनै ८२ रनले हराएको थियो । नेपालले चौथो तथा अन्तिम खेल शुक्रबार श्रीलंका संयुक्त- ११ सँग खेल्नेछ । नेपालले अर्को सातापछि युनाइटेड अरव इमिरेट्स (युएई) मा हुने आइसिसी विश्वकप लिग -२ को तयारीको लागि चार अभ्यास खेल खेल्न श्रीलंका गएको हो । नेपाल १४ मार्चमा युएई पुग्नेछ ।

विश्वकप लिग-२ मा नेपालले पहिलो खेल मार्च १६ मा पपुवा न्युगिनी (पिएनजी) सँग खेल्दै सुरुवात गर्नेछ । २२ मार्च सम्म नेपाल युएईमा रहनेछ । त्यसपछि नेपाल स्वदेश फर्किनेछ । पिएनजीपनि नेपाल आउनेछ । पिएनजी र नेपालबीच दुई ओडिआई खेल हुनेछ । नेपाल, पिएनजी र मलेसियाबीच त्रिकोणात्मक टि२० आई सिरिज खेल्नेछ ।

नेपालले चैत ११ ९मार्च २५ ० मा पपुवा न्युगिनीसँग पहिलो ओडिआई खेल खेल्ने छ । चैत १२ (२६ मार्च) मा दोस्रो ओडिआई खेल खेल्ने छ । त्रिकोणात्मक टि२० आई सिरिज भने चैत १४ देखि २१ गर्ते (मार्च २८ देखि ४ अप्रिल) सम्म टियु मैदानमा हुनेछ ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी ।

युएई भ्रमणमा नेपालको तालिका

१६ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, शाहजाह क्रिकेट स्टेडियम

१८ मार्च नेपालविरुद्ध युएई, दुबई इन्टरनेशल क्रिकेट स्टेडियम

२१ मार्च नेपालविरुद्ध युएई, दुबई

२२ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, दुबई

नेपाल र पपुवा न्युगिनीबीचको दुई ओडिआई सिरिज

चैत ११ ( मार्च २५) : नेपालविरुद्ध पपुवा न्युगिनी, टियु मैदान

चैत १२ ( मार्च २६) : नेपालविरुद्ध पपुवा न्युगिनी, टियु मैदान

विश्वकप लिग-२ को अंक तालिका

ओमान २६ खेलमा १६ मा जित र ८ मा हार सहित ३४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हार सहित १६ अंकका साथ दोस्रो स्थानमा छ । युएई १३ खेलमा ६ मा जित र ५ मा हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हार सहित १४ अंक भएपनि नेटरनरेटका कारण चौथो स्थानमा छ । नामिबिया ११ खेलमा ६ मा जित र ५ मा हार सहित १२ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी १२ खेलमा १२ मानै हारका साथ पुछारमा छ ।

September 29, 2024

टि ट्वान्टीमा पनि हारबाट नेपालको सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

रिजनलाई डेब्युमा नै विकेट

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीविरुद्ध खेलमा रिजनले डेब्यु गरेका थिए । रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट […]

Success

Thank you for your time.