3 years ago
March 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ अन्तर्गत अर्को साता युएईमा हुने त्रिकोणात्मक ओडिआई सिरिज अघि नेपाली क्रिकेट टोली चार अभ्यास खेलको लागि श्रीलंका भ्रमणमा छ । नेपालले चार अभ्यास खेल अन्तर्गत शुक्रबार श्रीलंका संयुक्त ११ विरुद्ध अन्तिम खेल्नेछ ।
श्रीलंका संयुक्त-११ र नेपालबीचको खेल बिहान १० : १५ मा बोर ग्राउन्डमा सुरु हुनेछ । एक दिवसिय अभ्यास खेलमा श्रीलंका चर्चित स्पोर्ट्स अनलाइन द पापारे का अनुसार नेपालविरुद्ध खेल्ने श्रीलंका संयुक्त-११ मा पूर्व विश्व स्टार खेलाडीको सहभागीता रहने भएको छ । पूर्व कप्तान तथा विश्व चर्चित ब्याटर उपुल थरंगा, अलराउन्डर थिसरा परेरा, तीव्र गतिका बलर धाम्मिका प्रसाद, स्पिन अलराउन्डर दिलरुवान परेरा, दिलसान मुनाविरा, सेकुगे प्रसन्ना र विकेटकिपर सान्दुन विराक्कोडीले श्रीलंका संयुक्त–११ को टोलीबाट खेल्ने भएका छन् ।
धाम्मिका, उपुल थरंगा, मुनाविरा, विराक्कोडी र सेकुगे प्रसन्नाले गत असोजमा एभरेष्ट प्रिमियर लिग (इपिएल) खेलेका थिए । भैरहवा ग्ल्वाडियटर्सबाट धाम्मिका र थरंगाले खेलेका थिए । थरंगाले इपिएलमा ६ खेलमा १ सय ८५ रन बनाएका थिए । धामिकाले ६ खेलमा ८ विकेट लिएका थिए । बायाँ हाते विकेटकिपर थरंगाले श्रीलंकाबाट ३१ टेस्ट, २ सय ३५ ओडिआई र २६ टि२० आई खेल खेलेका छन् ।
ओडिआईमा उनले १५ शतक र ३७ अर्धशतक सहित ६ हजार ९ सय ५१ रन जोडेका छन् । उत्कृष्ट प्रदर्शन २०१३ मा भारतविरुद्ध १ सय ७४ रन अविजित छ । टि२० क्रिकेटमा दुई शतक र १९ अर्धशतक सहित ३ हजार ४ सय ५३ रन बनाएका छन् । थरंगा ठूलो इनिङका लागि चिनिन्छन् ।
धाम्मिका अघिल्लो महिना नेपाली टोलीको बलिङ कन्सल्ट्यान्टको रुपमा आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा नेपाललाई सहयोग गरेका थिए । धाम्मिका तीव्र गति र बाउन्सरको लागि चर्चित बलर हुन् । धाम्मिकाले श्रीलंकाबाट २५ टेस्ट, २४ ओडिआई र एक टि२० आई खेल खेलेका छन् ।
उनले टेस्टमा ७५ र ओडिआईमा ३२ विकेट लिएका छन् । टेस्टमा उच्च प्रदर्शन ५–५० र ओडिआईमा ३–१७ छ । उनले २००६ मा बंगलादेशविरुद्ध ओडिआईमा डेब्यू गर्दै आफ्नो करीअरको पहिलो ओभरमै दुई बलमा दुई विकेट लिँदै मेडन ओभर राखेका थिए । उनले २१ टि२० खेलमा १९ विकेट लिएका छन् ।
बायाँ हाते विराक्कोडी विकेटकिपरसँगै आक्रामक ब्याटिङ गर्ने गर्दछन् । इपिएलमा उनले ललितपुर प्याट्रियटर्सबाट ५ खेलमा १ सय ६५ रन बनाएका थिए । ललितपुरले विराटनगरविरुद्ध २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २६ रन बनाउँदा उनले ओपनिङ गर्दै ४३ बलमा १० चौका र ३ छक्कासहित ७३ रनको आक्रामक इनिङ खेलेका थिए । बायाँ हाते २८ वर्षिय उनले श्रीलंकाबाट तीन ओडिआई खेल खेलेका थिए ।
चितवन टाइगर्स अपराजित रहँदै उपाधि जित्दा प्रसन्नाले ३३ रन बनाउनुको साथै ३ विकेट लिएका थिए । उनले श्रीलंकाबाट १ टेस्ट,४० ओडिआई र २० टि२० आई खेलेका छन् । विराटनगर वारियर्सबाट इपिएल खेलेका स्पिनर दिलशान मुनाविराले १ विकेट १ सय १ रन बनाएका थिए । उनले ललितपुरविरुद्ध ३९ बलमा ५ चौका र ४ छक्कासहित ५९ रन जोडेका थिए ।
मुनराविराले २ ओडिआई र १३ टि२० आई खेल खेलेका छन् । दिलरुवान परेराले ४३ टेस्ट, १३ ओडिआई र ३ टि२०आई खेल खेलेका छन् । टेस्टमा १ सय ६१ विकेट लिएका छन्। श्रीलंका स्टार अलराउन्डर थिसारा परेराले गतवर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । ३३ वर्षिय श्रीलंका परेरा विश्वकप च्याम्पियन खेलाडी हुन् । आक्रामक ब्याटि र तीव्र गतिको बलरको रुपमा चिनिन्छन् । श्रीलंकाबाट कप्तानी पनि गरि सकेका छन् ।
सन् २०१४ मा श्रीलंकाले टि२० विश्वकप उपाधि जित्दा थिसारा परेरा टोलीका प्रमुख सदस्य थिए । फाइनलमा भारतले प्रस्तुत गरेको १ सय ३१ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा परेराले १४ बलमा ३ छक्कासहित २३ रनमा अविजित रहँदै उपाधि पक्का गराएका थिए । ओडिआई र टि२० आई क्रिकेट दुबैमा ह्याट्रिक लिएका छन् । परेराले श्रीलंकाबाट ६ टेष्ट, १ सय ६६ ओडिआई र ८४ टि२० आई खेल खेलेका छन् ।
परेराले सन् २००९ मा कोलकातामा भारतविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए । परेराले ओडिआई १ सय ७५ विकेट लिदा कुल २ हजार ३ सय ३८ रन बनाएका छन् । बलिङमा उत्कृष्ट प्रदर्शन ६–४४ र ब्याटिङमा १ सय ४० रन छ । टि२० आईमा परेराले ५१ विकेट लिदा ब्याटिङमा १ हजार २ सय ४ रन बनाएका छन् । टि२०मा उत्कृष्ट प्रदर्शन ६१ रन र ३–२४ रन छ । टेष्टमा उनले डेब्यू २०११ मा इंग्ल्यान्डविरुद्ध गरेका थिए । टेष्टमा ११ विकेट लिदा २ सय ३ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन ७५ रन र ४–६३ छ ।
सन् २०११ मा श्रीलंका विश्वकप फाइनलमा पुग्दा परेरा पनि टोलीमा महत्वपूर्ण सदस्य थिए । सन् २०१७ मा थिसारा परेराले सिमित ओभरमा श्रीलंका कप्तानी समेत गरेका थिए । परेराले सन् २०१३ मा दक्षिण अफ्रिका बलर रोविन पिटरसनलाई एकै ओभरमा पाँच छक्का, एक चौका र वाइड सहित कुल ३५ रन जोडेका थिए । श्रीलंका बोर्डसँग बिग्रिदो सम्बन्धको कारण अप्रत्याशित सन्न्यासको घोषणा गरेका थिए ।
शुक्रबार उक्त खेलपछि नेपालको श्रीलंका भ्रमणको तयारी सकिनेछ । श्रीलंकामा संयुक्त-११ नेपालले खेल्ने सबैभन्दा ठूलो टोलीसँग अभ्यास हुनेछ । नेपाल १४ मार्चमा युएई पुग्नेछ । नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका नेभी स्पोर्ट्स क्लबलाई १ सय ११ रन र दोस्रो खेलमा ८२ रनले हराएको थियो । बिहीबार तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसलाई १ सय ४४ रनले हराएको थियो ।
विश्वकप लिग-२ मा नेपालले पहिलो खेल मार्च १६ मा पपुवा न्युगिनी (पिएनजी) सँग खेल्दै सुरुवात गर्नेछ । २२ मार्च सम्म नेपाल युएईमा रहनेछ । त्यसपछि नेपाल स्वदेश फर्किनेछ । पिएनजीपनि नेपाल आउनेछ । पिएनजी र नेपालबीच दुई ओडिआई खेल हुनेछ । नेपाल, पिएनजी र मलेसियाबीच त्रिकोणात्मक टि२० आई सिरिज खेल्नेछ ।
नेपालले चैत ११ (मार्च २५ ) मा पपुवा न्युगिनीसँग पहिलो ओडिआई खेल खेल्ने छ । चैत १२ (२६ मार्च) मा दोस्रो ओडिआई खेल खेल्ने छ । त्रिकोणात्मक टि२० आई सिरिज भने चैत १४ देखि २१ गर्ते (मार्च २८ देखि ४ अप्रिल) सम्म टियु मैदानमा हुनेछ ।
नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी ।
युएई भ्रमणमा नेपालको तालिका
१६ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, शाहजाह क्रिकेट स्टेडियम
१८ मार्च नेपालविरुद्ध युएई, दुबई इन्टरनेशल क्रिकेट स्टेडियम
२१ मार्च नेपालविरुद्ध युएई, दुबई
२२ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, दुबई
नेपाल र पपुवा न्युगिनीबीचको दुई ओडिआई सिरिज
चैत ११ ( मार्च २५) : नेपालविरुद्ध पपुवा न्युगिनी, टियु मैदान
चैत १२ ( मार्च २६) : नेपालविरुद्ध पपुवा न्युगिनी, टियु मैदान
अंक तालिका
ओमान २६ खेलमा १६ मा जित र ८ मा हार सहित ३४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हार सहित १६ अंकका साथ दोस्रो स्थानमा छ । युएई १३ खेलमा ६ मा जित र ५ मा हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हार सहित १४ अंक भएपनि नेटरनरेटका कारण चौथो स्थानमा छ । नामिबिया ११ खेलमा ६ मा जित र ५ मा हार सहित १२ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी १२ खेलमा १२ मानै हारका साथ पुछारमा छ ।
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगान्डामा जारी चारदेशिय महिला टि ट्वान्टी आई सिरिजमा नामिबियाविरुद्ध नेपालले टस जितेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नामिबियाविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन् । सिरिजमा खेलेको ३ मध्ये २ मा पराजित दुवै टोली दोस्रो जितको खोजीमा रहेका छन् । सिरिज अन्तर्गत यसअघि भएको खेलमा नामिबियाले नेपाली महिला […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]