3 years ago
March 10, 2022
एजेन्सी – घरेलु टोली वेस्टइन्डिजले इंग्ल्यान्डसँग पहिलो टेस्ट खेलमा मजबुत ब्याटिङ सुरुवात गरेको छ । पहिलो इनिङमा वेस्टइन्डिज ६६.५ ओभरमा २०२–४ को अवस्थामा रहँदा दोस्रो दिनको खेल सकिएको छ ।
वेस्टइन्डिज पहिलो इनिङमा १ सय ९ रनले पछि छ । क्रिजमा जेसन होल्डर १ सय ४ बलमा ६ चौका र १ छक्कासहित ४३ रनमा छन् । नक्रुमाह बोनर ३४ रनमा क्रिजमा छन् । पाँचौं विकेटका लागि ७५ रनको साझेदारी गरेका छन् ।
ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ७० बलमा ७ चौका र १ छक्कासहित ५५ रन बनाउँदै आउट भए । अर्का ओपनर जोन क्याम्पबेल ६३ बलमा ६ चौकासहित ३५ रनमा आउट भए । शम्राह ब्रुक्स १८ र जर्मेन ब्ल्याकवुड ११ रनमा आउट हुन पुगे । इंग्ल्यान्डका क्रिस वोक्स, क्रेग ओभरटन, मार्क वुड र बेन स्टोक्सले १–१ विकेट लिएका छन् ।
त्यसअघि सर भिभियन रिचर्ड्स स्टेडियम नर्थ साउन्डमा एन्टिगुवामा टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्ड पहिलो इनिङमा ३ सय ११ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका जोनी बेयरस्टोले २ सय ५९ बलमा २१ चौकासहित सर्वाधिक १ सय ४० रनको शतकीय इनिङ खेले । बेयरस्टोले उत्कृष्ट शतकीय इनिङ खेलेपनि अन्य ब्याटरको साथ नपाउँदा इंग्ल्यान्ड विशाल योगफल बनाउन चुकेको थियो । बेयरस्टोको यो टेस्ट करिअरको आठौं शतक हो । इंग्ल्यान्डको सुरुवात भने सम्झन लायक रहेन ।
डेब्यू खेल खेलेका एलेक्स लेसलाई तीव्र गतिका बलर केमार रोचले चार रनमा एलबीडब्लू आउट गरे । जयडेन शेल्सले ज्याक क्रलीलाई आठ रनमा आउट गरे । रोचले इंग्ल्यान्डका प्रमुख ब्याटर जो रुटलाई १३ रनमा बोल्ड आउट गरेपछि समस्यामा परेको थियो । ड्यान लरेन्स २० रनमै आउट भए । इंग्ल्यान्ड एक समय १५।४ ओभरमा ४८–४ को संकट अवस्थामा पुगेको थियो ।
पाँचौं विकेटका लागि बेन स्टोक्स र बेयरस्टोले ६७ रनको साझेदारी गरे । स्टोक्स सेल्सको बलमा ९५ बलमा ४ चौकासहित ३६ रनमा बोल्ड भए । छैटौं विकेटका लागि बेन फोक्स र बेयरस्टोले ९९ रनको साझेदारी गरे । फोक्स जेसन होल्डरको बलमा ४२ रनमा एलबीडब्लू आउट भए । उनले ८७ बलमा ८ चौका प्रहार गरे ।
क्रिस वोक्स २८ रनमा आउट भए । वेस्टइन्डिजका तीव्र गतिका बलर जयडेन सेल्सले सर्वाधिक ४ विकेट लिए । केमार रोच, जेसन होल्डर र अल्जारी जोशेफले २-२ विकेट लिए ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]