default_image

3 years ago

March 7, 2022

उत्कृष्ट बलिङसँगै नेपालको फराकिलो जित

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बलरहरुको उच्च प्रदर्शनमा नेपालले पहिलो अभ्यास खेलमा श्रीलंकाको स्थानीय टोली श्रीलंका नेभी स्पोर्ट्स क्लबलाई १ सय ११ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

नेपालले प्रस्तुत गरेको २ सय १५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको घरेलु टोली नेभी २८.५ ओभरमा १ सय ३ रनमा अल आउट भयो । नेभीका लागि मधुशंकाले ६८ बलमा सर्वाधिक ३९ रन बनाए । अन्य कुनैपनि ब्याटर चल्न सकेनन् ।

नेपालका कप्तान सन्दीप लामिछानेले ७.५ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ३ विकेट लिए । ज्ञानेन्द्र मल्लले १ ओभरमा ८ रन खर्चेर २ विकेट लिए । विक्रम सोबले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए ।

करण केसीले ५ ओभरमा १ मेडनसहित २० रन खर्चेर १ विकेट लिए । कमलसिंह ऐरीले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । सागर ढकालले ५ ओभरमा २३ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ३७.१ ओभरमा २ सय १४ रनमा अल आउट भएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले ५२ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४३ रन बनाए । ओपनर कुशल भुर्तेल १३ बलमा ३ चौकासहित १६ रनमा आउट भए । अर्का ओपनर आसिफ शेख ३८ बलमा ५ चौकासहित ३६ रनमा आउट भए ।

ज्ञानेन्द्र मल्ल एक रनमा बोल्ड हुन पुगे । रोहित कुमार पौडेल १३ र विनोद भण्डारी २२ रनमा पेभेलिएन फर्के । विनोदले २५ बलमा २ चौका र रोहितले १५ बलमा २ चौका प्रहार गरेका थिए । कमलसिंह ऐरी १४ बलमा १ चौका र १ छक्कासहित १६ रनमा रन आउट भए । करण केसीले १९ बलमा २ चौकासहित १६ जोडे । सन्दीप लामिछाने र विक्रम सोबले पनि ११–११ रन बनाएका थिए । सागर ढकालले २० बलमा २ चौकासहित १३ रन जोडे । नेपालले १६ रन अतिरिक्त पाएको थियो ।

श्रीलंकाका स्पिनर अरविन्द अकुरुगोडाले ९.१ ओभरमा १ मेडनसहित ५९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । ए अवदतले १० ओभरमा १ मेडनसहित ३१ रन खर्चेरर ३ विकेट लिए ।

नेपालले अर्को सातापछि युनाइटेड अरव इमिरेट्स (युएई) मा हुने आइसिसी विश्वकप लिग -२ को तयारीको लागि चार अभ्यास खेल खेल्न श्रीलंका गएको हो । नेपालले दोस्रो अभ्यास खेलमा मंगलबार नेभीसँगनै खेल्ने छ । तेस्रो अभ्यास खेलमा मार्च ११ मा श्रीलंका पुलिस र मार्च १२ मा कोलोम्बो ११ सँग खेल्ने छ । कोलोम्बो ११ मा प्रथम श्रेणी खेल खेलेका खेलाडी हुनेछन् । जसमा श्रीलंकाबाट खेलि सकेका खेलाडी पनि हुन सक्ने अनुमान गरिएको छ । मार्च १४ मा नेपाल युएई पुग्नेछ ।

विश्वकप लिग-२ मा नेपालले पहिलो खेल मार्च १६ मा पपुवा न्युगिनी (पिएनजी) सँग खेल्दै सुरुवात गर्नेछ ।

युएई भ्रमणमा नेपालको तालिका

१६ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, शाहजाह क्रिकेट स्टेडियम

१८ मार्च नेपालविरुद्ध युएई, दुबई इन्टरनेशल क्रिकेट स्टेडियम

२१ मार्च नेपालविरुद्ध युएई, दुबई

२२ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, दुबई

September 20, 2024

युएईको लिग टुमा पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – युएईले आईसीसी क्रिकेट विश्वकप लिग टु मा पहिलो जित हात पारेको छ। युएईले शुक्रवार नामिबियामाथि १ विकेटको जित हात पारेको छ । विन्डोहकमा ३ सय १४ रनको लक्ष्य युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो । युएईका बिष्णु सुकुमारनले सर्वाधिक ९७ रन जोडे । उनले ९० बलमा ८ चौका […]

September 20, 2024

भारत फराकिलो अग्रतातर्फ

एजेन्सी – भारत बंगलादेशविरुद्धको पहिलो टेस्टको दोस्रो इनिङमा फराकिलो अग्रतातर्फ अघि बढेको छ । दोस्रो दिन शुक्रवार को खेल सकिदा भारतले ३ सय ८ रनको अग्रता बनाएको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश टोली भारत भ्रमणमा छ । पाहुना टोलीले १ सय ४९ रन मात्र बनाएपछि पहिलो इनिङमा २ सय २७ रनले पछि […]

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

Success

Thank you for your time.