default_image

3 years ago

March 7, 2022

उत्कृष्ट बलिङसँगै नेपाल जिततर्फ अग्रसर

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो अभ्यास खेलमा श्रीलंकाको स्थानीय टोली श्रीलंका नेभी स्पोर्ट्स क्लबविरुद्ध उत्कृष्ट बलिङ गर्दै जिततर्फ अग्रसर भएको छ ।

नेपालले प्रस्तुत गरेको २ सय १५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको घरेलु टोली नेभीले २० ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको छ ।नेपालका विक्रम सोब र ज्ञानेन्द्र मल्लले २-२ विकेट लिएका छन् । तीव्र गतिका बलर करण केसी, कमलसिंह ऐरी र स्पिनर सागर ढकालले १-१ विकेट लिँदै नेपाललाई जिततर्फ अघि बढाएका हुन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ३७.१ ओभरमा २ सय १४ रनमा अल आउट भएको थियो । नेपालका लागि मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४३ रन बनाए ।

युवा ओपनर आसिफ शेख ३६, कुशल भुर्तेल १३, ज्ञानेन्द्र मल्ल २ र रोहित कुमार पौडेल १३ रनमा आउट भए । तल्लोक्रमका विकेटकिपर विनोद भण्डारी २२, तीव्र गतिका बलर कमलसिंह ऐरी १५, करण केसी १६ र सन्दीप लामिछाने ११ रनमा आउट भए ।

विक्रम सोब ११ रनमा अविजित रहँदा स्पिनर सागर ढकाल १३ रनमा आउट भए । श्रीलंकाका स्पिनर अरविन्द अकुरुगोडाले ९.१ ओभरमा १ मेडनसहित ५९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । ए अवदतले १० ओभरमा १ मेडनसहित ३१ रन खर्चेरर ३ विकेट लिए ।

नेपालले अर्को सातापछि युनाइटे अरव इमिरेट्स (युएई) मा हुने आइसिसी विश्वकप लिग -२ को तयारीको लागि चार अभ्यास खेल खेल्न श्रीलंका गएको हो । विश्वकप लिग-२ मा नेपालले पहिलो खेल मार्च १६ मा पपुवा न्युगिनी ९पिएनजी० सँग खेल्दै सुरुवात गर्नेछ ।

default_image

September 21, 2024

दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानलाई एतिहासिक सफलता

एजेन्सी – अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध ओडिआई सिरिजमा एतिहासिक सफलता हासिल गरेको छ । अफगानिस्तानले शुक्रवार दोस्रो ओडिआई १ सय ७७ रनको जित निकालेसँगै एक खेलअघि नै सिरिजमा कब्जा जमाएको छ । पहिलो खेल अफगानिस्तानले ६ विकेटले जितेको थियो । दक्षिण अफ्रिका विरुद्ध अफगानिस्तानको त्यो पहिलो जित थियो । अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध सिरिज जितेको यो पहिलो […]

September 20, 2024

युएईको लिग टुमा पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – युएईले आईसीसी क्रिकेट विश्वकप लिग टु मा पहिलो जित हात पारेको छ। युएईले शुक्रवार नामिबियामाथि १ विकेटको जित हात पारेको छ । विन्डोहकमा ३ सय १४ रनको लक्ष्य युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो । युएईका बिष्णु सुकुमारनले सर्वाधिक ९७ रन जोडे । उनले ९० बलमा ८ चौका […]

September 20, 2024

भारत फराकिलो अग्रतातर्फ

एजेन्सी – भारत बंगलादेशविरुद्धको पहिलो टेस्टको दोस्रो इनिङमा फराकिलो अग्रतातर्फ अघि बढेको छ । दोस्रो दिन शुक्रवार को खेल सकिदा भारतले ३ सय ८ रनको अग्रता बनाएको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश टोली भारत भ्रमणमा छ । पाहुना टोलीले १ सय ४९ रन मात्र बनाएपछि पहिलो इनिङमा २ सय २७ रनले पछि […]

Success

Thank you for your time.