default_image

3 years ago

March 7, 2022

बलिङमा नेपालको राम्रो सुरुवात

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो अभ्यास खेलमा श्रीलंकाको स्थानीय टोली श्रीलंका नेभी क्रिकेट टिमविरुद्ध बलिङमा राम्रो सुरुवात गरेको छ ।

नेपालले प्रस्तुत गरेको २ सय १५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको घरेलु टोली नेभीले ५ ओभरमा २ विकेट गुमाउँदै १४ रन बनाएको छ । नेपालका तीव्र गतिका बलर करण केसी र कमलसिंह ऐरीले १-१ विकेट लिँदै राम्रो सुरुवात दिलाएका हुन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ३७.१ ओभरमा २ सय १४ रनमा अल आउट भएको थियो । नेपालका लागि मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४३ रन बनाए ।

युवा ओपनर आसिफ शेख ३६, कुशल भुर्तेल १३, ज्ञानेन्द्र मल्ल २ र रोहित कुमार पौडेल १३ रनमा आउट भए । तल्लोक्रमका विकेटकिपर विनोद भण्डारी २२, तीव्र गतिका बलर कमलसिंह ऐरी १५, करण केसी १६ र सन्दीप लामिछाने ११ रनमा आउट भए ।

विक्रम सोब ११ रनमा अविजित रहँदा स्पिनर सागर ढकाल १३ रनमा आउट भए । श्रीलंकाका स्पिनर अरविन्द अकुरुगोडाले ९.१ ओभरमा १ मेडनसहित ५९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । ए अवदतले १० ओभरमा १ मेडनसहित ३१ रन खर्चेरर ३ विकेट लिए ।

नेपालले अर्को सातापछि युनाइटेड अरव इमिरेट्स (युएई) मा हुने आइसिसी विश्वकप लिग -२ को तयारीको लागि चार अभ्यास खेल खेल्न श्रीलंका गएको हो । विश्वकप लिग-२ मा नेपालले पहिलो खेल मार्च १६ मा पपुवा न्युगिनी (पिएनजी) सँग खेल्दै सुरुवात गर्नेछ ।

November 11, 2024

फर्गुसनको ह्याट्रिकमा न्युजिल्याण्डको रोमाञ्चक जित

एजेन्सी – लकी फर्गुसनको ह्याट्रिकमा पाहुना टोली न्युजिल्याण्डले दोस्रो तथा अन्तिम टि ट्वान्टी आईमा श्रीलंकालाई पराजित गरेको छ । न्युजिल्याण्डले आइतवार श्रीलंकामाथि ५ रनको रोमाञ्चक जित हात पारेको हो । योसँगै दुई खेलको टि ट्वान्टी आई सिरिज १-१ को बराबरीमा सकिएको छ । १ सय ९ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंका १९.५ ओभरमा १ सय […]

November 10, 2024

दक्षिण अफ्रिकाले भारतलाई हरायो

एजेन्सी – दक्षिण अफ्रिकाले दोस्रो टि ट्वान्टी आईमा पाहुना टोली भारतलाई हराएको छ । दक्षिण अफ्रिकाले आइतवार भारतलाई ३ विकेटले हराएको हो । जितसँगै दक्षिण अफ्रिकाले ४ खेलको टि ट्वान्टी आई सिरिजमा १-१ को बराबरी गरेको छ । १ सय २५ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । दक्षिण […]

November 10, 2024

भारत सामान्य योगफलमा समेटियो

एजेन्सी – दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टि ट्वान्टी आईमा पाहुना टोली भारत सामान्य योगफलमा समेटिएको छ । भारतले आइतवार घरेलु टोलीलाई जितका लागि १ सय २५ रनको सामान्य लक्ष्य दिएको छ । सेन्ट जर्ज पार्क, ग्केबेरामा टस हारेर ब्याटिङको निम्ता पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २४ रन मात्र बनाउन सक्यो । […]

Success

Thank you for your time.