3 years ago
March 7, 2022
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका स्थानीय टोली श्रीलंका नेभीविरुद्ध कमजोर ब्याटिङ गरेको छ । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले १६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रन बनाएको छ ।
नेपालले एक सय रन बनाउन नपाउँदै आफ्ना प्रमुख चार ब्याटर गुमाएपछि समस्यामा परेको छ । नेपालले ओपनर कुशल भुर्तेललाई १३ र अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ललाई २ रनमा गुमाएको थियो । युवा ओपनर आसिफ शेख भने ३६ रनमा आउट भए । रोहित कुमार पौडेल १३ रन आउट भएपछि नेपाल दबाबमा परेको छ । क्रिजमा दीपेन्द्रसिंह ऐरी र विनोद भण्डारी छन् ।
युएईमा हुने आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई त्रिकोणात्मक सिरिज अघि नेपालले श्रीलंकामा चार अभ्यास खेल खेल्नेछ श्रीलंकामा एक हप्ताको बसाईंपछि मार्च १४ मा नेपाली टोली युएई पुग्नेछ । विश्वकप लिग–२ मा नेपालले मार्च १६ देखि २२ सम्म युएई र पपुवा न्युगिनीसँग खेल्नेछ ।
नेपालको प्लेइङ ११ : सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल भुर्तेल, आसिफ शेख, कमलसिंह ऐरी, विनोद भण्डारी, बिक्रम सोब, सागर ढकाल र रोहित कुमार पौडेल ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]