default_image

3 years ago

March 7, 2022

श्रीलंकामा पहिला ब्याटिङ गर्दै नेपाल

150 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका भ्रमणमा रहेको नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका नौसेनाविरुद्ध पहिला ब्याटिङ गर्ने गर्दैछ । नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले पहिलो अभ्यास खेलमा सोमपाल कामी, पवन सरार्फ, भीम सार्की, विवेक यादव र आरिफ शेखलाई बेन्चमा राखेको छ । युएईमा हुने आइसिसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडिआई त्रिकोणात्मक सिरिज अघि नेपालले अभ्यासको लागि श्रीलंका भ्रमण गरेको हो । श्रीलंकामा एक हप्ताको बसाईंपछि मार्च १४ मा नेपाली टोली युएई पुग्नेछ । मार्च ८ मा आजको टोलीसँग दोस्रो अभ्यास खेल खेल्नेछ । मार्च १० मा श्रीलंका पुलिस र मार्च ११ मा प्रथम श्रेणीका खेलाडी सम्मिलित संयुक्त ११ सँग खेल्ने कार्यक्रम छ ।

विश्वकप लिग–२ मा नेपालले मार्च १६ देखि २२ सम्म युएई र पपुवा न्युगिनीसँग खेल्नेछ । त्यसपछि नेपालले घरेलु मैदानमा मलेसिया र पपुवा न्युगिनीसँग टि२० आई त्रिकोणात्मक सिरिज खेल्नेछ ।

नेपालले चैत ११ (मार्च २५ ) मा पपुवा न्युगिनीसँग पहिलो ओडिआई खेल खेल्ने छ । चैत १२ (२६ मार्च) मा दोस्रो ओडिआई खेल खेल्ने छ । त्रिकोणात्मक टि२० आई सिरिज भने चैत १४ देखि २१ गर्ते ( मार्च २८ देखि ४ अप्रिल) सम्म टियु मैदानमा हुनेछ । क्यानले त्रिकोणात्मक टि२० आई सिरिजको भने खेल तालिका सार्वजनिक गरेको छैन ।

नेपालको प्लेइङ ११ : सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल भुर्तेल, आसिफ शेख, कमलसिंह ऐरी, विनोद भण्डारी, सागर ढकाल, बिक्रम सोब र रोहित कुमार पौडेल ।

नेपालको खेल तालिका

१६ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, शाहजाह क्रिकेट स्टेडियम

१८ मार्च नेपालविरुद्ध युएई, दुबई इन्टरनेशल क्रिकेट स्टेडियम

२१ मार्च नेपालविरुद्ध युएई, दुबई

२२ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, दुबई

नेपाल र पपुवा न्युगिनीबीचको दुई ओडिआई सिरिज

चैत ११ ( मार्च २५) : नेपालविरुद्ध पपुवा न्युगिनी, टियु मैदान

चैत १२ ( मार्च २६) : नेपालविरुद्ध पपुवा न्युगिनी, टियु मैदान

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी ।

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.