3 years ago
March 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले श्रीलंकामा अभ्यास खेल र आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न युएई जाने नेपाली क्रिकेट टोलीलाई बिदाई गरेको छ ।
क्यानले शुक्रबार एक कार्यक्रमकाबीच नेपाली टोलीलाई बिदाई गरेको हो । नेपाल शनिबार बिहान चार अभ्यास खेलको लागि श्रीलंका जादैछ । श्रीलंकामा एक हप्ताको बसाईंपछि मार्च १४ मा नेपाली टोली युएई पुग्नेछ । बिदाई कार्यक्रममा क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाअध्यक्ष रोशन सिंह, खेलकुद मन्त्री महेश्वर जंग गहतराज लगायतले शुभकामना दिँदै बिदाई गरेका थिए ।
श्रीलंकामा नेपालले चार एकदिवसिय अभ्यास खेल खेल्ने छ । एक टोली प्रथम श्रेणी खेल्ने रहेको क्यानले जनाएको छ । नेपालले श्रीलंकामा पहिलो खेल ७ मार्चमा श्रीलंका शसस्त फोर्सको टोलीसँग खेल्नेछ । मार्च ८ मा सोहि टोलीसँग दोस्रो अभ्यास खेल खेल्नेछ । मार्च १० मा श्रीलंका पुलिस र मार्च ११ मा प्रथम श्रेणीका खेलाडी सम्मिलित संयुक्त ११ सँग खेल्ने कार्यक्रम छ ।
विश्वकप लिग–२ मा नेपालले मार्च १६ देखि २२ सम्म पुएई र पपुवा न्युगिनीसँग खेल्नेछ । त्यसपछि नेपालले घरेलु मैदानमा मलेसिया र पपुवा न्युगिनीसँग टि२० आई त्रिकोणात्मक सिरिज खेल्नेछ ।
पपुवा न्युगिनीसँग दुई ओडिआई खेल पनि खेल्ने बुझिएको छ । नेपालले आइसिसी विश्वकप लिग–२ मा हालसम्म दुई त्रिकोणात्मक सिरिज खेलेको छ । नेपालले २०२० मा घरेलु मैदान टियुमा ओमान र अमेरिकासँग खेलेको थियो । गत असोजमा ओमानमा ओमान, नेपाल र अमेरिकाबीच त्रिकोणात्मक ओडिआई सिरिज भएको थियो ।
नेपाल आइसिसी विश्वकप लिग–२ मा ८ खेलमा ४ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ । २०२३ सम्म चल्ने विश्वकप लिग–२ का शीर्ष तीन टोलीले सोझैं त्यसै वर्ष हुने एकदिवसिय विश्वकप छनोटमा स्थान बनाउने छन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।
नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी ।
नेपालको खेल तालिका
१६ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, शाहजाह क्रिकेट स्टेडियम
१८ मार्च नेपालविरुद्ध युएई, दुबई इन्टरनेशल क्रिकेट स्टेडियम
२१ मार्च नेपालविरुद्ध युएई, दुबई
२२ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, दुबई
अंक तालिका
ओमान २३ खेलमा १५ खेलमा जित र ७ मा हार सहित ३० अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हार सहित १६ अंकका साथ दोस्रो स्थानमा छ । अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हार सहित तेस्रो स्थानमा छ ।
युएई १० खेलमा ५ मा जित र ३ मा हारसहित १२ अंकका साथ चौथो स्थाानमा छ । नामिबिया ९ खेलमा १० अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी १२ खेलमा १२ मानै हारका साथ पुछारमा छ ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]